सलाम इटहरी सुधार्ने डिएसपी साहेब !

इटहरीका डिएसपी नरेश सुवेदी केहि दिन पछि सरुवा भएर कुनै अर्को ठाउँमा जादैछन । संगठनको निर्देशन वमोजिम उनी सरुवा भएर इटहरी आउँनु र यहाँबाट जानु ठुलो कुरो भएन तर इटहरी वसुनञ्जेल डिएसपीको भुमिकामा रहेका सुवेदीको काम भने प्रशंसा गर्ने लायक छन । इटहरी केहि वर्ष यता पूर्वको हब बन्दै गएको शहर हो । इटहरी इलाकालाई जिल्लाले मात्र हैन क्षेत्रीय कार्यलय हुदै प्रहरीको केन्द्रिय कार्यलयको सम्मले इटहरीको राम्रो कामको जस लिने गरेको छ भन्दा फरक नपर्ला । एक वर्ष महिना अगाडी इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी सुवेदीले एक वर्षभर कुनै विवादित नभई राम्रा राम्रा काम गरेर इटहरीवासीको मन जितेका छन ।

कुनै राजनिति दल,ब्यावसायी कसै सँग कुनै विवाद नभई केहि दिन पछि कुम्लोकुटुरो वोकेर अन्य कुनै ठाउँ जादैछन । इटहरीमा हुने अधिकांस ठुला घट्नामा सफलता नै इटहरी वसाईको सफलता रह्यो । खनारमा चार जना डाकाहरुलाई ४ वटा पेस्तोल सहित पक्राउ गदै सहकारी लुट्ने देखि आफ्नै मातहतका एक सई र एक सिपाहीको जागिर समेत खाईदिए । सिमाला तस्करीमा संलग्न रहेर प्रहरीको वदानाम गर्ने प्रहरीलाई कार्वार्ही गर्ने उनी आफैमा एक स्वच्छ प्रहरी अधिकृत हुन ।

धनबहादुर पुरी

संगठन भित्र मात्र हैन उनको काम प्रति वाहिर पनि त्यतीकै चर्चा छ । मुद्धा फाटमा वसेर सर्वसाधरणबाट विभिन्न वहानमा पैसा असुल्ने सईलाई समेत कार्वार्ही गर्ने डिएसपी आफैमा हाईहाई छन । कुनै ब्यावसायीबाट एक पैसा नलिई काम गरेको भनेर उनको चर्चाले इटहरीबासी दंग छन । नराम्रो काम गर्नलाई छोड्नु हुन्न भन्ने सोचाई भएका डिएसपी सुवेदी संगठनमा निकै इमान्दार प्रहरी अधिकृत गनिन्छन । सर्वसाधरणबाट पैसा नलिने अधिकृतको रुपमा चिनिदै छन ।

प्रहरीले घुस खाएर मात्र काम गर्छ भन्ने नजर उनलाई भेटे पछि आम जनताको नजर फरक हुन्छ । संगठन सुधार्नु पर्छ भन्ने स्वभावका डिएसपीले जनताको पैसा लिएको गाईगुई पनि सुनिएन यो सबैभन्दा राम्रो कुरा हो । इटहरीमा सरुवा भएर आउँने प्रहरी अधिकृतहरु गोजी कसरी भर्ने भन्ने दाउँमा हुन्छन तर उने इटहरीमा गरेको ब्यावहार साच्चै उदाहरणीय छैन र ? हो उनको कार्य साच्चै उदाहरणीय छन यसको सिको इटहरीमा आगमी दिनमा आउँने अधिकृतहरुले पनि सोचुन । अख्तियार तथा अपराध अनुसन्धानमा काम गरीसकेको उनी अहिले पूर्वकै एक उत्कृष्ट डिएसपी छाप छोडेर जादै छन । प्रहरी संगठन सुधार्ने अझै आवश्यकता छ । नामी नामी इलाका तथा जिल्ला प्रहरी कार्यलय ताकेर पैसा कमाउँन जाने प्रहरी अधिकृतहरुले डिएसपी सुवेदीको सिको सिकुन ।

पैसा जिवनमा सबैथोक पनि हैन । पैसा कमाउँन प्रहरीले केहिलाई पाखा केहिलाई काखा गर्ने पर्न वाध्यता छ । यसरी जनताबाट जनताबिच विवाद हैन सबैको हाईहाई भएर आफ्नो कतब्र्य निर्वाह गरे भविष्यमा सफलता पाउँने पक्का छ । निकट भविष्यमा प्रहरी प्रमुख सम्म हुने हैसियत राख्ने इटहरीका डिएसपी नरेशको भुमिकाको आम जनताले प्रशंसा गनै पर्छ । पूर्वको विभिन्न शहरमा यौनकर्मी महिलाहरु (कल गर्ल) भए । इटहरी आसपासको क्षेत्रमा प्रहरीले कल गर्ल खोजे इटहरी आफैमा अरु शहरहरुको तुलनामा अलि फरक छ ।

यहाँ सम्पन्न परीवार देखि दाउरा वेचेर जिविकोपार्जन गर्नेहहरुको वसोवास छ । खुल्ला सिमाना नजिक तथा अन्य ठाउँवाट समेत यस क्षेत्रमा आई अपराधिक गतिविधि गर्ने सम्भवना धेरै रहन्छ । त्यस कारण इटहरीवासीले संकास्मक ब्यक्तिहरुको वारेमा प्रहरीलाई जानकारी गराउँनु पर्छ । इटहरी आपासको क्षेत्रमा चोरी तस्करी र गुण्डागर्दी रोक्न सामाजिक क्षेत्रबाट समेत दवाव दिन आवश्यक छ ।

साना हतियार, लागु औषधको कारोवार र चोरी तस्करीवाट हुने सजिलो आम्दानीका कारण हुने अन्य सामाजीक अपराध नियन्त्रणमा प्रहरीले जनता सँग हातेमालो गर्नु पर्छ । इटहरी प्रहरीले लामो समय देखि गर्ने नसकेको ठुला अपराधीक गिरोहहरुलाई पक्राउ गर्ने कामले इटहरीवासी उत्साहित भएका छन । जनताले शान्तीसुरक्षाको अनुभुति दिन इटहरी प्रहरी जुन कदम देखाएको छ त्यो राम्रो छ ।

अपराधिक गतिविधि गर्नेहरुको टान्जिट पोईन्ट वन्दै गएको इटहरी पछिल्लो समयमा सुध्रदै सुधार्नु र विभिन्न अपराधीहरु लुक्ने ठाउँको रुपमा विकास भईरहेको इटहरीमा अहिले अपराधीहरुको सुरक्षीत हुने ठाउँ नपाउँनु इटहरीवासीको लागी खुसी हैन र ? निस्वार्थ रुपमा काम गर्दा कुनै वदनाम हुनु पदैन रहेछ भन्ने उदाहरण सुवदीले दिएका छन । यसरी नै सुवेदी पछि आउँने डिएसपीले पनि सकरात्मक काम गरेर समाज सुधारमा लाग्ने अभियानलाई साथ दिन आवश्यक छ । इटहरीका जनताको मन जित्न आवश्यक छ ।

 

प्रतिक्रिया

सम्बन्धित