देशमा अर्काे गृह युद्ध हुदैछ – तेन्जी लामा ( केन्द्रीय सचिव ) राजपा

मुलुक परिर्वतन र लाेकतन्त्र स्थापनामा मधेसी जनताकाे पनि उत्तीकै अमुल्य याेग्दान  रहेकाे छ । राजतन्त्रकाे समाप्तीपछि स्थापित गणतन्त्रलार्इ संूथागत गर्नमा पनि मधेसी बाहुलीयताकाे उत्तीकै भुमिका छ जसकाे हामिले प्रसंसा गर्नैपर्छ तर मधेस अान्दाेलनकाे क्रममा भएका ज्यादतीमा मधेसी नेता तथा समुदायभित्रका केही नकरात्मक तत्वकाेपनि त्यतीकै बिराेध गर्न जरूरी छ । देश यतीबेला मधेस् जनताकाे सवालमा अाएर राजनीति स्थिरता उत्पन्न भएकाे छ । एकातर्फ मधेस अान्दाेलनकाे जायज मुद्धाहरू अाेझेलमा पर्ने डर मधेसी सम्रदायमा छ त अर्काे तर्फ मधेसी दलबाट गठबन्धन हुदै राष्ट्रिय जनता पार्टी (राजपा )बनेकाे छ । पार्टी त गठनभयाे तर देशलार्इ राजनीति स्थिरताबाट मुक्ती दिलाउन सकेन अझ राज्यकालागि संकट खडा गरीदियाे । उनै मधेस अान्दाेलनकाे बिषयलार्इ लिएर मधेसी समुदाय लगायत तिन कराेड नेपालीकाे हकहित उनिहरूले न्याय नपाए सम्म अाफुहरू लडिरहने बताउदै अाएकाे राजपा पछिल्लाे समय सरकारसंग अली लचिलाे देखिउकाे छ ।

पहिलाे चरणकाे स्थानीय तहकाे निर्वाचन र दाेश्राे चरणकाे स्थानीय निर्वाचनमा सहभागीता नजनाएकाे राजपा प्रदेश नं २ मा अब हुने निर्वाचनमा भने भाग लिने या नलिने अाफै दाेधारमा छ । स्थानीय तहमा स्थानीय नेताहरू चुनावमा जुटेकाे छन भने केन्द्रीय स्तरका नेताहरू संविधान संसाेधन पछिबाट निर्वाचनमा भाग लिनेभन्दै अडानमा बसेका छन जसकाकारण देशमा राजनीतिक स्थिरता अझै जटील बन्दै गएकाे छ । यसै समसामयि बिषयबस्तुहरूसंग अाधरीत रहेर राजपाका केन्द्रीय सचिव तेन्जी लामासंग गरिएकाे कुराकानी

अाजभाेली कता हुनुहुन्छ ?

अहिले पार्टी सुढृडीकरण संगै पूर्वाञ्चल दाैडहा र सामाजीक कामतिर ब्यस्त छु ।।

पार्टी सुढृडीकरण भन्नाले कस्ताे याेजना हाे ?

पूृवाञ्चल क्षेत्रमा हालै गठन भएका पार्टीमा अावद्ध युवाहरूलार्इ सकृय गरार्इ मधेसी समुदाय लगायत तिन कराेड नेपालीकाे अधिकारकाे रक्षाकालागि मैदानमा उतार्ने काम हुदैछ । याे एउटा अभियान हाे । मेचिदेखी महाकाली सम्मका नेपाली जनताहरूलार्इ एकै ठाउमा एउटै मालामा उन्ने अभियान हाे ।

मधेसी जनताकाेलागी अधिकार दिलाउने कुरा गर्नुभयाे ! अहिले सम्म कुन चै मधेसी जनताले न्याय पाएका छैनन र ?

राजतन्त्रकाे अन्त्यपछि मुलुकमा स्थापीत लाेकतन्त्र र गणतन्त्र संस्थागत गर्नेबेला जाे मधेसी समुदाय अान्दाेलनमा हाेमिए ति मधेसी जनताले खाेइ न्याय पाएकाे राज्यले उनिहरूलाृइ खाेइ सम्मान गर्न सकेकाे , उल्टै मधेसी समुदायलार्इ दाेष देखाएर छानी छानी जेलमा काेच्ने काम गर्दैछ याे सरकार तपाइ भन्नुहुन्छ कुन न्याय ? कुन चे मधेसी जनताले राज्यबाट सम्मानजनक न्याय पाएका छन त्याे भन्नुस न ।।

पछिल्लाे समय पूृवाञ्चलमा पनि एउटा अभियान थाल्नुभएकाे थियाे त्याे अभियान अहिले कहाँ पुग्याे ? 

त्याे अभियान भनेकाे पार्टी सुढसडीकरण र संगठनलार्इ बलियाे बनाउने हाे । त्यतीबेला राम्रै सुरूवात गरीयाे र अभियानले सफलता पनी पायाे । अहिले पूर्वमा हाम्राे पार्टीप्रतीकाे अास्था बढेकाे हामिले देखेका छाै । ठाउ ठाउमा कमीटी गठन भइरहेकाे छ याे हाम्राेलागि सफलताकाे बिषय संगै खुशीकाे कुरा पनि हाे ।

मुलुकमा पहिलाे र दाेश्राे चरणकाे स्थानीय निर्वाचन सकिएकाे छ अब प्रदेश नं २ मा तेश्राे चरणकाे निर्वाचन हुन लागेकाे छ तर राजपाभित्र दुर्इटा चरीत्र देखिदैछ एक निर्वाचनमा जाने र अर्काे नजाने यस्ताे बेला अब पार्टीले के गर्छ ?

राजपाभित्र दुइटा धार छ भन्नु गलत हाे । जब सम्म राजपाले उठाएकाे मागहरू सरकारले सम्बाेधन गर्दैन तब सम्म कुनैपनि हालतमा सरकारसंग झुकेर शिर निउराएर चुनावमा भाग लिदैन र जाे भाग लिन्छ त्यसलार्इ पार्टीले कार्वाही गर्छ ।

 स्थानीय निर्वाचनले त मधेसी जनताकाे अधिकारलार्इ शुनिस्चित गर्छ हैन र अनी फेरी जुन अधिकारकाेलागी तपाइहरू सरकारसंग लडीरहनुभएकाे छ त्याे पाउने बेलामा चै फेरी किन अडचन थापिदिने त ?

हामिले कहाँ अडचन गरेका छाै र राजपालार्इ पनि निर्वाचनमा भाग लिन मन छ नी ! पहिला सरकारसंग भएका अघिल्ला सम्झाैताहरू पुरा गरीनुपर्याे नी ! सहमती चै गर्ने अनी अधिकार दिने बेलामा चै पर पर सर्ने , याे मधेसमा हुने निर्वाचनले मधेसी जनताकाे अधिकार शुनिस्चित कसरी गर्छ जब सरकार बाेलेकाे बचन नै पुरा गर्न सक्दैन भने अधिकार त परै जाअाेस !

तर सरकारले त राजपाकै अनुराेधलाृइ सम्मान गर्दै तेश्राे चरणकाे निर्वाचनकाे मिति अशाेज २ मा पूर्याएकाे हैन र ? कतीपय मागहरू त सरकारले पुरा गरेकाे छ त ?

कुन चै माग पुरा गरेकाे छ अहिले सम्म मधेस अान्दाेलन चलेकाे बेला प्रहरीलगाएर गाेली ठाेक्न लगाउने , मान्छे मार्ने मधेसी जनतालार्य नै अपराधी बनाएर जेलमा काेच्ने काम गरीरहेकाे छ सरकार अनी तपाइ भन्नुहुन्छ सरकारले माग पुरा गरीदियाे । याे जतीपनि निर्वाचन भयाे र हुदैन सब ३ कराेड नेपाली जनताकाे अाँखामा धुल झाेक्ने काम मात्रै हाे ।

राजपाले सरकार समक्ष राखेकाे खास माग चै केहाे ? जुन अहिले सम्म पुरा हुन सकेन त ?

मधेस अान्दाेलनकाे क्रममा सहादत प्राप्त गरेकाहरूलार्इ सम्मान स्वरूप सरकारले शहिद घाेषणा गर्नुपर्याे , घाइतेहरूकाे उपचार गरिनुपर्याे जतीपनि अपराधी भन्दै जेलमा काेचेकाे छ नी ति सबैलार्इ सम्मान स्वरूप हिरासत मुक्त गरीनुपर्याे घाइते र मृतकका परिवारलार्इ उचित क्षतीपूर्ती दिनुपर्याे । र राजपासंग भएकाे समझदारी त्याे पुरा गरिनुपर्याे बस हामिलार्इ केही चाहिएन ।चाहियाे त ३ कराेड नेपालीकाे खुशी

भनेपछि माग पुरा नगरे सम्म चुनाव हुन नदिने पार्टीकाे याेजना हाेला हैन त ? चुनाव पनि हुन नदिने , अनी राजनीतिक गतिराेध अन्त्यपनि नहुने यसरी देश कसरी बिकास हुन्छ त ?

याे हाम्राे कारणले कहाँ भएकाे हाे र याे त सरकार अाफैले यस्ताे गरीरहेकाे छ नी हेर्नुस जब सम्म सरकारले हाम्राे यानी की राजपाकाे मागहरू पुरा गर्दैन तब सम्म हामी तिन कराेड नेपालीलाृइ लिएर अान्दाेलन गरिरहन्छाै र अान्दाेलनकाे क्रममा राजय तर्फबाट दमन भए मुलुकमा छिट्टै अर्काे गृह युद्ध मचिन्छ । सायद त्याे दिन पनि नजिक अाउदै छ अब सरकारले माग पुरा गरेर नेपाली जनतालार्इ न्याय दिलाउनुपर्छ ।

चुनाव पनि हुन नदिने अनी देशलार्इ यतीकै अल्झाएर राख्दा समस्याकाे सामधान हाेला र नेता ज्यु ?

मैले अघीपनि भनीसके नी याे सबै नेपाली मिडीयाकाे प्रचारबाजी हाे क्या जस्ले राजपाकाे त कुरै सुन्न चाहेन हामिले देशलार्इ निकास दिन खाेजेकाे हाे उल्टै सरकारले निकास खाेज्ने कुनै उपाय अपनाउदैन त हामी के गर्ने ? अब हेर्नुस पहिलाे र दाेश्राे चरणकाे निर्वाचन सम्पन्न भयाे त्यसमा हामिले कतै दखल अन्दाजी गरेनाै हामी गर्दैनाै पनि तर मधेसकाे अान्दाेलनकाे मुद्धालार्इ पाखा लगाएर फेरी त्यही मधेसमा तेश्राे चरणकाे निर्वाचन गर्न खाेजेर सरकारले नयाँ नाटक रचेकाे चै किन नदेखेकाे ? ल त्याेपनि ठिक छ तर यतिका हुदाहुदैपनि सरकारले अशाेज २ गते प्रदेश नं २ मा निर्वाचन गराउन सकेन भने याे देशमा साताै पटक ल्याएकाे संबिधान ध्वस्त हुन्छ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

नेपाली जनताकाे हक अधिकार जब सम्म उनिहरूले न्याय पाउदैनन तब सम्म हामी लडिरहन्छाै । जब सम्म नेपाली जनता सक्षम र निडर भएर अघी बढदैनन तब सम्म याे देशकाे बिकास हुदैन । त्यसैले जनता जाग्नुपर्छ ।देशलार्इ समृद्धी बनाउनु छ भने सुरू अाफैबाट गर्नुपर्छ । र अन्त्यमा मेराे छाेटाे भनार्इ तपाइकाे मिडिया मार्फत जनतामाझ पूर्याउने अवसर प्रदान गरीदिनुभएकाेमा यहालार्य धेरै धेरै धन्यवाद छ । जय नेपाल जय मधेस

 

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…