मनकारी मणिराम !

मणिराम श्रेष्ठ इटहरीका लागी कुनै नौलो नाम हैन । समाजसेवामा अग्रनी भुमिका खेल्दै आएका मणिराम आफैमा स्वच्छ र स्पष्ट वत्ता हुन । नेपाली काग्रेसको क्षेत्रीय सभापति मणिराम अहिले गरीव र मुसहर वस्तीका लागी भगवान हुन भन्दा फरक नपर्ला । नेपाली काग्रेसको राजनिति सँगै समाजका तल्लो तह सम्म भिजेका मणिराम अहिले चर्चा थप चुलिएको छ । तरहरा क्षेत्रमा उनको योगदान निकै ठुलो छ ।

पार्टी भन्दा माथि उठेर समाजिक काममा उनी सधैै खटिरहन्छन । भर्खरै सम्पन्न निर्वाचनमा उनले ल्याएको मतले पनि उनी अन्यपार्टीमा पनि उतिकै लोकप्रिय छन भन्न सकिन्छ । इटहरीको वडानम्वर २० मा वडाअध्यक्ष भएका मणिराम मेयर हुने सम्भावना धेरै थियो । युवाहरुमाझ निकै लोकप्रिय मणिराम दिनभर सामाजिक कार्य सँगे पार्टीको काममा खट्ने गर्छन ।

धनबहादुर पुरी

भर्खरै नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वा्चित प्रधानमन्त्री,प्रजातन्त्रको स्थापना गर्ने महामानव बीपी कोइरालाको ३५ औं स्मृति दिवसमा मुसहर बस्तीहरुमा झुल वितरण गरे । करीव १ सय ५० घर परिवारलाई उनले यो गुन यसपाली मात्र गरेका हैनन् । जाडोको मौषममा कम्वल लगायतका सामाग्रीहरु उनी बर्षेनी बाढ्ने गर्छन । यसरी तल्लो तहका जनताको मनजितेका मणिराम इटहरीका अहिले सम्म दाग नलागेका युवा नेता हुन ।

तरहरा तथा आसपासको क्षेत्रमा विकास निमार्णकोे काममा उनको भुमिका सर्बाधिक छ । केन्द्र तथा स्थानीय स्तरमा उनको योगदान अहम छ । लामो समय देखि इटहरीको विकासमा लागी परेका मणिराम वडानम्वर २० मा मात्र सिमित हुने नेता हैनन् । इटहरी मात्र हैन सुनसरीको राजनितिक परिवेश हाक्न सक्ने क्षमता भएका मणिराम गरीब र धनीलाई एकै नजरले हर्ने मनकारी मणिराम ।

सबैलाई समान ब्यावहार

नेपाली काग्रेसको जिम्मेवार ठाउँमा भएर पनि सबै पार्टीलाई समान ब्यावहार गर्नु पर्छ भन्ने मणिराम अहिले सबैका नेता भएका छन । पार्टी भित्र पनि गुटको कुरामा नलाग्ने उनी स्पष्ट वत्ताको रुपमा परिचित छन । दुःख सुखमा सबैलाई साथ दिनु पर्छ भन्ने स्वभावका उनी हो लाई हो हैनलाई हैन भन्न बाकी राख्दैनन् । कसैलाई नविराउँने कसैलाई नपिराउँने उनलाई पार्टी भित्रकाले मात्र हैन पार्टी वाहिरका अधिकांस युवा र बृद्धहरुको साहरा हुन । लामो समय देखि समाजसेवामा खटिएका मणिराम अहिले भने दिनभरी वडाकार्यलयमा जनताको सेवा गर्छन भने विहान वेलुका सामाजिक काममा कुर्दछन् । अहिले पनि दैनिक जसो गरीव वस्तीमा हेल्लो हाई नमस्कार गदै पुग्ने गर्छन । दिनभर काम गरेर वेलुकाको छाक टार्नहरु पनि मणिरामको कामले मख्ख हुन्छ । जनतालाई समान ब्यावहारमा हेर्ने मनिरामलाई सलाम ।

जनजनमा मणिराम

मणिराम नेपाली काग्रेसको क्षेत्रीय सभापति हुदा हुदै बडामा आएर चुनाव लडे र जिते पनि । तर मणिरामले वडामा चुनाव नउठेको र मेयर लड्ने मैदानबाट नवाहिरिएको भए पार्टीबाट उनको मेयरको टिकट पक्का थियो । देउवा प्यानलबाट आफ्नो टिकट पक्का हुदा हुदै मनकारी मणिराम मेयरमा रोहित प्रसाईलाई समर्थन गर्द वाहिरिए । अहिले पनि मणिरामले टिकट पाएको भए मेयरमा चुनाव जित्थ्यो भन्नेहरुको संख्या कम छैन । किन मेयरमा टिकट छोडेको ? चुनाव उठ्नु पर्थेनी भन्नेहरुको जमात उनका अगाडी पछाडी धेरै छन ।

हो त्यो सत्य हो र हुन्थ्यो पनि । वास्तवमा मणिराम श्रेष्ठले क्षेत्रीय सभापति भएको हैसियतले पनि टिकट पाउँने सम्भावना निकै थियो रोहित प्रसाईको भन्दा । मणिरामको वडामा सबैभन्दा धेरै मत मेयर सहित प्यानलनै जिते पछि उनको चर्चा थप वलियो भयो । लामो समय सम्म एमालेले रा जगदै आएको वडामा मणिराम चुनाव लड्दै गर्दा हार्छ भन्नेहरुको संख्या पनि कम थिएन,त्यसको विपरीत अत्याधिक मतले चुनाव जिते सँगै पार्टी र पार्टी वाहिर उनको प्रशंसा चुलियो ।

मणिरामका चुनौती

मणिरामले अहिले वडानम्वर २० मा चुनाव जिते सँगै त्यहाँको बजार ब्यावस्थापन गर्ने उनलाई मुख्य चुनौती छ भन्दा फरक नपर्ला । लामो समय देखि तरहरा क्षेत्रमात्र हैन रामधुनि नगरपालीकाका वासिन्दाहरुको समेत बजार रहेको तरहराको बजार ब्यावस्थापन उनका लागी चुनौती वनेको छ । विहिवार र सोमवार बजार लाग्ने ठाउँलाई अन्यत्र सारेर बजार लगाउँनु सक्नु पर्छ । सरकारी ऐलानी जग्गा तथा पैनी मिच्नेहरुलाई कार्वार्ही गदै उनले सरकारी जमिनमा बगौचा वनाउँनु सक्नु पर्छ । सुकुम्वासी वस्तीहरुको उचित ब्यावस्थापन गदै तरहरा क्षेत्रमा विकासको मुल फुटाउँनु सक्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित