महिला, वैदेसिक रोजगार र उठेका सवाल

मानव अधिकार भित्रको प्रमुख अधिकार मध्ये नागरिक अधिकार एक हो । यसभित्र पहिचानको अधिकार जोडिएर आउँछ । कुनै पनि क्षेत्रमा महिलाको स्वतन्त्र पहिचानको स्थिति पुरुष सरहको छैन । किन छैन । त्यो वृहत वहसको विषय हो । तर यसको एउटा उदाहरणको रुपमा वैदेसिक रोजगार सग जोडिएका विभिन्न सवाल लाइ लिन सकिन्छ । जो महिला र पुरुष दुवै सग सम्वन्धित छन । तर वैदेसिक रोजगारिमा गएका महिलालाइ समाजले हेर्ने दृष्टिकोण,समाज र परिवारले गर्ने व्यवहार,जाने चरण देखि विदेशबाट फर्केर आउदाको चरण सम्म भोग्नु परेका कठिनाइ लाइ लिएर नकारात्मक खण्डन र टिप्पणि बढि भएको पाइन्छ ।

तर महिलाको आप्रवासनलाइ सुरक्षित र मर्यादित बनाउँन परिवार र समाजको भुमिका के हो ? उनको योगदानले परिवारको आर्थिक सवलीकरणमा कस्तो योगदान पु–याएको छ ? गतिशिलताको अधिकारको उपभोग गर्न महिला स्वतत्र छन या छैनन ? यि विषयलाइ परिवार,समाज र सञ्चार माध्यमले गौण रुपमा ग्रहण गरेको पाइन्छ । जसले महिलाको श्रमको पहिचान माथि खिल्लि उडाइरहेको छ । त्यसैगरि अर्कोतिर वैदेसिक रोजगारिमा गएका पुरुषका श्रीमतिहरुको पीडा, समस्या र आक्कल झुक्कल केही महिलाबाट हुनेगरेको दोस्रो विवाहका घटनाको प्रचारवादी ले पनि महिला लाइ एउटा बिन्दुमा उभिएर आफ्नो पहिचानको बारेमा सोच्न बाध्य बनाएको छ ।

शोभा बजगाइ

श्रम तथा रोजगार मन्त्रालयद्धारा प्रकाशित वैदेसिक रोजगारका लागि श्रम आप्रवासन,नेपालको स्थिती प्रतिवेदन २०१४÷१५ अनुसार आर्थिक बर्ष सन् १९९३÷१९९४– २०१४÷१५ को अवधिमा सरकारद्धारा (भारत) बाहेक वैदेसिक रोजगारका लागि ३८ लाख भन्दा बढि श्रमि स्वीकृति गरिएको कुरा प्रकाशन गरिएको छ । जसले वर्तमान जनसंख्याको १४ प्रतिशत लाइ जनाउँछ । जुन संख्या अन्तर्गत उर्जाशील युवाशक्ति बढि रहेको सहजै आंकलन गर्न सकिन्छ । कति रहरले, कति बाध्यताले र कति लहलहैले नेपाली युवाहरु विदेश पलायन भएका छन ।

यि युवाशक्तिले खर्चेको श्रम र पसिनाबाट मेरो देश २९ प्रतिशत अर्थतन्त्र धानेर बाँचेको छ । यो चानचुने कुरा हैन । तर विप्रेशणको अंकगणितीय गणनाले ती युवाहरु आफ्नो परिवार, समाज र देशसंग नहुदा खड्किएको अभावलाइ पूर्ति गर्न सक्ला ?

अव यो विषय पनि वहसको रुपमा उठान गने बेला भएको छ । कुनैपनि परिवारमा बाबु,दाजु,श्रीमान,भाइ तथा अन्य पुरुष सदस्य नहुदाको पीडा उक्त परिवारलाइ मात्र थाह हुन्छ । त्यसैगरि समाजमा उर्जावान र जुझारु युवा नहुदा सामाजिक र भावनात्मक रुपमा उक्त समाजमा हुने क्षय पनि त्यस्तै भयानक हुन्छ । जुन कुरा प्रत्येक घर घरमा हरेक नेपालीले भोग्दै आएका छौ । यसको समयमै सुक्ष्म र समाजशास्त्रिय विश्लेषण गरि एउटा निचोड निकाल्नु पर्ने अवस्था बनिसकेको छ । विशेष गरि वैदेसिक रोजगारिमा जाने विवाहित पुरुष जसले श्रीमतीलाइ नेपालमा परिवारको साथमा छाडेर गएका हुन्छन ।

ती श्रीमतिहरुले दोस्रो विवाह गरेका केही घटना संचारमाध्यमबाट आउने गरेको हामीले सुनेका छौ । तर ती एकादुइ घटनालाइ आधार बनाएर सबै वैदेसिक रोजगारीमा जाने पुरुषका श्रीमति त्यस्तै हुन्छन भन्ने आम मानिसहरुले गर्ने अड्कलवाजी र अभिव्यक्तिले भने सम्पुर्ण महिलाको अस्मिता र श्रीमान श्रीमति बिचको सम्वन्धमा गम्भिर प्रश्न उव्जाएको छ । मानसिक अस्थिरता सृजना गरेको छ । यहि सेरेफेरोमा रहेर प्रतिनधिमुलक घटना र घटनासंग जोडिएको यथार्थ राख्नु सान्दर्भिक लाग्यो । सम्झना एउटी मध्यमवर्गिय परिवारकि महिला हुन उनको श्याम् संग ५ वर्ष अगाडी मागि विवाह भयो ।

जतिवेला श्याम वैदेसिक रोजगारिको क्रममा दुवइ गएर आएका थिए । विवाह पश्चात २ महिना संगै बसेर श्याम पुनः विदेश फर्के । यता सम्झना गर्भवती भइन । श्रीमान श्रीमति बिच सम्वन्ध राम्रो थियो । फोन सम्पर्क पनि नियमित थियो । यता उनीहरुको छोरो जन्मियो । अव श्यामले अलि अलि गर्दै सम्पर्क कम कम गर्न थाले । दुवइ मा रहेका अरु साथिहरु बाट श्यामले उतै कुनै केटी संग बस्न थालेको खवर सम्झनालाइ आयो । तर श्रीमान भने पुर्णत सम्पर्क विहिन थिए । विस्तारै विस्तारै परिवारमा वस्न सक्ने वातावरण नभएपछि उनी छोरो लिएर बेग्लै डेरामा बस्न थालिन । अहिले उनलाइ बुझ्ने कुनै पुरुषलाइ सहयात्रिको रुपमा स्किारेर आफ्नो बच्चा सहित विवाहित जीवन बिताइरहेकी छन ।

यहाँनेर सम्झनाको विवाहलाइ ठुलै सवालको रुपमा उठान गरिन्छ । तर उनका श्रीमानले विदेशमै विवाह गरेको विषयलाइ गौण रुपमा ब्याख्या गरिन्छ । किनकी सामाजिक,पारिवारिक र सांस्कृतिक दायित्व पुरा गर्ने काम भने महिलाको मात्र ठेक्का हो भन्ने मान्यता हाम्रो समाजमा स्थापित छ । महिलाको ठाउँमा रहेर हेर्दा उनी र उनका श्रीमान बिचमा सम्वन्ध कस्तो थियो ? उनीप्रतिको परिवारको व्यवहार कस्तो थियो ? किन दोस्रो विवाह गर्न बाध्य भइन भन्ने कोणबाट विश्लेषण कमै मात्रामा हुन्छ । तर यहि स्थितिमा पुरुषले दोस्रो विवाह गर्दा सहज रुपमा स्विकारिन्छ भने, महिलाले दोस्रो विवाह गरेका घटनाले खल्लिवल्लि मच्चाउछन ।

यस्ति र उस्ति भनेर लाञ्छना लाइन्छ । यसो भनिरहदा महिला गलत हुदै हुन्नन भन्ने किमार्थ पनि हैन । तर पुरुषले सहज रुपमा विवाह गर्नु हुन्छ भने महिलाले किन नहुने ? यस्ता घटनाहरुबाट महिला माथि लाग्ने आक्षेप अनुसन्धान र तथ्यको आधारमा भएमात्र सकारात्मक रुपमा मात्र ग्रहण योग्य हुन्छन अन्यथा महिला भएकै कारणले समाजले कमजोर बनाउन प्रयोग गरिएको एउटा रणनीति हो भन्दा अत्योक्ति नहोला । श्रीमान वैदेसिक रोजगारमा गएका महिलाले किन दोस्रो विवाह गरे र यो क्रम साच्चै नै बढिरहेको छ भने, यो परिवारको मात्र चासोको विषय हैन । परिवार,समाज र सिङ्गो राज्यको चासोको विषय बन्नु पर्छ एकातिर भने भने अर्कोतीर महिलाले दोस्रो विवाह गर्नु भनेको नराम्रो काम नै हो भन्ने मानसिकता बाट पनि हामी वाहिर आउन जरुरि छ चाहे श्रीमान विदेशमा होस या स्वदेशमा । अन्यथा यि र यस्तै खालका घटनाहरुप्रति हुनेगरेको हाम्रो सतही विश्लेषणले आम महिलाको अस्मिताप्रति प्रश्न जन्माउने क्रम बढिनै रहनेछ ।

वैदेसिक रोजगारिमा गएका पुरुषका श्रीमतिले विवाह गर्नै नहुने बाध्यात्मक र पितृसत्तात्मक सोचको अवधारणा समस्याको समाधानको बाटो पक्कै हैन । उर्जाले भरिएको युवाशक्तिको सिप र दक्षतालाइ समयमै पहिचान गर्ने दायित्व राज्यको हो । जसले यौवनको उत्कर्षको समयमा श्रीमान र श्रीमति सगै बस्ने वातावरण समेत निर्माण गर्नेछ । अर्कोतीर पारिवारकि दायित्व,सामाजिक उक्तरदायित्व र सम्वन्धप्रतिको दायित्व भुलेर हुने गरेका गलत निर्णयमा महिलामात्र दोषी हुदैनन भन्ने सोचको विकास हुनु पर्छ । जसले यस प्रकारका घटनाको गहन विश्लेषण गर्ने परिपाटिको विकास हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित