रास्ट्रपतिकालागि गाडी आवश्यकता कि बिलासिता

हुन् सक्छ रास्ट्रपति चड्ने गाडी पुरानो भएर मर्मत सम्भार गर्दा(गर्दा हैरान पारेको छ । नयाँ गाडी नकिने नहुने अवस्था छ । त्यसैले बास्तविकता थहा नभई हचुवाको भरमा आलोचना नगरौ, किनकि यो प्राविधिक बिषय पनि हो । बरु यी तथ्यहरु जानौ, बुझौ र सम्झौ ।मानौ रसिया, चीन र अमेरिकाका रास्टपतिले नेपाल भ्रमण गर्न चाए भने के गर्ने ? गाडी पनि उतै बाट प्लेनमा हालेर ल्याउनु रास्ट्रकालागि लज्जाको बिषय होइन र? अरु देशका राष्ट्रिय ध्वजाबाहक बिमान नै एक सय देखि एक हजार ओटा सम्म छन् । हाम्रो जाबो ३ वोटा छन् । अरु देशले बुलेट ट्रेन बनाएर १ घन्टामा ३०० कि मि टाडा सजिलै पुग्छन । अरु देश रकेट बनाएर चन्द्रमामा पुगी सके । सुरक्षाका लागि अर्बौको फाइटर किन्छन, बनाउछन अनि मिसाइल परिक्षण गर्छन । तर हामि जाबो एउटा गाडी किन्ने कुरामा बिबाद गरेर बस्छौ ।

मिनबहादुर पण्डित

हाम्रो मानसिकता साँघुरो र गरिब भए सम्म देश बिकास हुदैन । देश र जनता गरिब छन्, त्यसको मतलब जहिले पनि आफ्नो औकात सानो बनाउने कि बढाउने रु रास्टपतिका लागि २ सेट गाडी किन्दा ठुला देशको रास्टपति आउदा समेत प्रयोग गर्न सकिन्छ । त्यशैले यो आवश्यकता हो बिलासिता होइन । बिदेशी रास्ट प्रमुख आउदा सुरक्षाका दृस्टीकोणले पनि बम नपड्किने जामर फिट भएका बुलेट प्रुफ गाडी चाहिन्छन । पुरानो र सस्तो गाडी लिएर एरपोर्ट लिन जादा उनीहरुले अपमानित महसुस गर्न सक्दछन । साथै बाटोमै बिग्रियो भने त् गाइजात्रा नै हुनेछ । तपाईहरुको आफन्त विदेश बाट आउदा ट्याक्सी लिएर जानु हुन्छ कि सस्तो पर्छ भनेर समान बोक्ने रिक्शा रु अहिले हाम्रो सरखारको स्थिति भनेको गरिबको घरमा पाउना आउदा छिमेकि संग सिरक डस्ना मागेर दिए जस्तो छ ।

सार्क सम्मेलनमा भारत बाट भाडामा ल्याएको गाडी पाकिस्थानका प्रधानमन्त्रीले चडन मानेनन् । के यो नेपालको लागि लज्जाको बिषय थिएन र रु तपाईं जतिनै गरिब भए पनि छिमेकीको बिहेमा जादा ऋण गरेरै भए पनि सुट वा नया कपडा किनेर लाउन बाध्य हुनु हुन्छ । देशको सबालमा पनि त्यस्तै हो । तर भएका गाडी पनि रास्टपति वा प्रधानमन्त्रीले चडन योग्य छन् भने तिनलाई नै प्रयोग गरिनु पर्दछ र पछि पनि चाहिन्छ भनेर मर्मत सम्भार गरिनु पर्दछ, हेर बिचार गरिनु पर्छ । एक चोटी काम पर्दा प्रयोग गर्ने अनि कतै लगेर ब्यवारिशे छोडीदिने प्रवृति गलत छ । भएका गाडी प्रयोग गर्न नमिल्ने भए मात्र नयाँ गाडी किन्नु पर्दछ । हो देश गरिब छ, देश भित्र हजारौ समस्याहरु छन् तर पनि गाडी त् चाहिन्छ चाहिन्छ । तर गाडी मात्र चिल्ला किनेर के गर्नु बाटो पनि चिल्लो र फराकिलो भएपो गाडी धेरै टिक्ने थियो । कच्ची र खाल्टे पिचले गर्दा १० बर्ष टिक्ने गाडी २ बर्षमै थोत्रा हुन्छन ।

गाडी चाडो थोत्रो भएर अर्को गाडी किन्ने पैशाले त बाटो चिल्लो र फराकिलो अनि गाडी हिड्ने फ्लाई ओबर बनाउन पुग्थ्यो । हो भने दुर्घटना पनि कम हुन्थ्यो र गाडी मर्मत खर्च पनि आधा घट्थ्यो । पेट्रोल खर्च घटेर भाडा पनि सस्तो पर्थ्यो । गन्तब्यमा पनि चाडो पुगिन्थ्यो । अहिले काम गर्ने २ घण्टा समय आउदा जादा बाटोमै खर्च भै रहेको छ । अर्कोतिर धुवा धुलोले हुने बिरामी उपचारमा लाग्ने अरबौ पैशा बच्न्ने थियो । खै यसतर्फ ध्यान गएको ? बिरोध गर्ने नै हो भने मन्त्रि र सचिबहरु मिलेर गरेको अर्बौ भ्रस्टचारको बिरोध गरौ, अपराधिलाइ दिएको करोडौ छेतिपुर्तिको बिरोद गरौ, बिसिस्ट व्यक्तिको नाममा विदेश उपचार गर्न गएको बिरोध गरौ, २०५ सबासदले हुने ठाउमा ६०१ बनाएकोमा बिरोध गरौ, ४० जना भन्दा बडीको मन्त्रि बनाए भने बिरोध गरौ ।

पिच गरेको एक हप्तामा खाल्टा पर्छन त्यसको बिरोध गरौ , नेपाल बन्द गर्नेको बिरोध गरौ, देश टुक्राउने अभिव्यक्ति दिनेको बिरोध गरौ , महंगीको बिरोध गरौ, ४० लाख युवा खाडी जान बाध्य पार्नेको बिरोध गरौ । देशलाई सधै अस्तिर बनाएर राजनीतिक फाइदा लिनेको बिरोध गरौ, हत्त्या र अपहरणको बिरोध गरौ, पुर्ब लडाकु क्याम्पमा भएको अर्बौ भ्रस्टचारको बिरोध गरौ । भएको नदीनाला भारतलाइ बुझाउनेको बिरोध गरौ । चीनले बनाइ दिएका ट्रली बस लगाएत डेर दर्जन उद्ध्योग बेचेर कमिसन खानेको बिरोध गरौ । मेलम्ची खानेपानीको भ्रस्टचार गरेर ९ महिना जेल बसेको व्यक्ति प्रम भएकोमा बिरोध गरौ, बल्ल त्यस्तो बिरोधको अर्थ रहन्छ । रास्टपतिको गाडीको मात्र किन बिरोध रु देशमा आमुल परिबर्तन गरौ भन्ने लहर चलाउने ओलीको मात्र किन बिरोध रु छ कुनै जवाफ ?

रास्टपति कार्यालयले पनि यो बिबादको सम्बोधन गरेर यो यो कारणले गाडी चाहिन्छ, भनेर जनतालाइ र मिडियालाई जानकारी गराउनु अत्यावश्यक थियो । किनकि राजनीति र कुटनीति अनि अन्तराष्टिय परिबेस नबुझेकाहरुले बिभिन्न कोणबाट आलोचना गर्न सक्छन । त्यसकारण कुरा बुझेर मात्र आलोचना गरौ, टिक्का टिप्पणी गरौ । बरु ६०१ को सट्टा २०५ जना साम्सद बनाउ । सक्षम १५ जनाको मन्त्रीमंडल बनाउ । ४० जना मन्त्रि मण्डल बनाएर देश बिकास हुने पनि होइन , ६०१ वा १२ सय सबासद बनाएर देश बिकास हुने पनि होइन । त्यशैले त्यता तिर खर्च घटाउ । तर कुरै नबुझी के न्यु पाउ र आलोचना गरौ जस्तो व्यवहार नगरौ । स्मरण रहोस प्रधानमन्त्रि कांग्रेसको मात्र होइनन, देश कै हुन् । रास्टपति एमालेको मात्र होइनन सम्पूर्ण देश बासी कै हुन् । तर चिल्ला गाडी चड्ने प्रधानमन्त्री र रास्टपतले पनि देश र जनताका लागि काम गर्न सक्नु पर्छ । देश धनि भयो भने यस्ता कुरा झिना मसिना हुन् जान्छन । त्यशैले जनता धनि हुने गरि काम गर्नुहोस, २० करोडको गाडी चढे पनि कुनै बिबाद आउदैन ।

प्रतिक्रिया

सम्बन्धित