मलाई ढाकाटोपी किनिदिनुन बुवा ……

बुवा, सधै जिन्स र कर्टराइज अनि कटन र उलनका पहिरन मात्र डिमाण्ड गर्ने मेरो छोरोले यस्पालीे किन ढाकाटोपीको रहर गर्योरुू भनेर उदेक लाग्दैहोला हजुरलाई । सोच्नुहुंदो हो कसरी झर्यो मेरो छोरो त्यस्तोबाट यस्तोमारुू भनेर । म झर्न खोजेको हैन बुवा, बरु चढ्न खोजेको चै पक्कै हो । आज यतिका बर्षपछी मैले, ति महंगा महंगाा जिन्स, कर्टराइज, कटन, उलनका सर्ट पेन्टहरुको सट्टा ढाकाटोपीको मात्र रहर गरे बुवा । उसो त कतिपटक फाटेको लाउनु भो होला आफुले, तर जिन्स, कर्टराइज, कटन, उलनको हाम्रो रहर कहिल्यै फाट्न दिनुभएन र आजसम्म दिनुभको छैन ।

ढाकाटोपी नै किनरुू प्रश्न स्वभाविकरुपमा उब्जेको हुनसक्छ हजुरको मनमा । विचलित भएको छु राष्ट्रिय एकताको प्रतिक भनेर चिनिने नेपाली ढाकाटोपीको पहिचान नै नामेट हुने अवस्था श्रृजना हुंदै गएकोमा, बुवा । सगरमाथा झै उचो शान बोकेर, हरेक नेपालीको शिरमा ठडिने त्यो ढाकाटोपी, आज हनबेर्नो मात्रमा परिणत हुनसक्ने संभाव्यता बढ्दै गएकोमा उकुसमुकुस भएको छ यो मानसपटल ।

सोध्नुहुंदो हो दोष कस्लाई दिन्छस् त केट्टारु ? कतिपय त ूनयां जमाना(नयां फेसनका नारा कुर्लदै, स्वनामधन्य भावु बोकीहिड्ने, नयां नश्लका, हामीजस्ता ूढोल न ढ्याङ्ग्राका काठेझाक्रीू हरुको हेपाईमा परेर यस्को अस्तित्व धुमिल हुंदैछ ।
कतिपय भने, कहिले नझुकेको हाम्रो गर्विलो नेपाली आन(बान(शानलाई, जगतप्रसिद्ध हाम्रो नेपाली एकतालाई, देख्खि नसकेर, त्यस्लाई धुलिसात गर्न प्रायोजित रुपमै लागिपरेका केहि स्वदेशी तथा विदेशीहरुको ब्वांसेझुण्डको घेराउमा परेर यस्को अस्तित्व चरमसंकटमा परेको छ ।

 निरज पाेख्रेल

तिमी आप्नो ढाकाटोपीलाई माया गर ।तिमीले टोपी लाउंदा तिम्रो नेपाली शान अझ उचो हुन्छ ।नेपाली मनहरुको एकताको द्वोतक हो ढाकाटोपी । भनेर कुनै भारतिय धर्मगुरु (पण्डित श्री श्री रविशंकर) ले आएर सम्झाउनु पर्ने अवस्था आएको छ आज यो देशमा । फलानो दिन नेपाली टोपी दिवस मनाउनु ।आग्रह सहितको अनुरोध गर्छन् उनि । तर दुखलाग्दो कुरो, त्यस्तो अनुरोधको पनि विरोध हुन्छ यहां ।

ढाकाटोपी भनेको राजाको पहिरन हो । हिन्दुराष्ट्र फर्काउने चाल हो यो पण्डितको ।यो सब, गणतन्त्र मासेर राजतन्त्र  ब्युत्याउने, मास्टर प्लान हो पंचेहरुको ।संघियता आउन नदिने प्रपंच हो यो ।विरोधीहरुको थरिथरिको तर्क । सुन्दा पनि कानै पाक्यो होला पण्डित रविशंकरको । उनको अभिष्टसुू छ कि  कालान्तरले देखाउनेनै छ । तर विडम्बना त यो छ कि हामी नेपालीहरु त्यस्तोखाले विरोधको विरोध गर्नुको सट्टा उल्टो त्यस्को समर्थनमा थपडि बजाउछौं, सिट्टि फुक्छौ र रमाउदै चिप्लेटी खेल्छौ त्यो ब्वांसेझुण्डले लोभ्भिदै काढेको ¥यालमा । हामीलाई हेक्का सम्म हुन्नकी त्यो ¥याले चिप्लोमा चिप्लिएर कुनै दिन, काहा नराम्रोसंग बजारिन्छौ र चेतशुन्य भै ूम को हुंरुू भन्ने पहिचान विहिन अवस्थामा पुग्नेछौ ।

सबैभन्दा ह्दय विदारक विडम्बना त यो छ की, एकाध् लाई छोडेर हाम्रा अहिलेका अधिकांश राजनेताहरु, राष्ट्रप्रमुखहरु समेत यस्लाई पहिरनु आप्mनो शानको खिलाफ सम्झन थालेका छन् । ति मध्ये कोहि कोहि छन् दिनै लगाउने, नछ्छोडी, तर लाउछन् त केवल खुइलेको तालु छोप्नका लागि मात्र न कि कुनै श्रद्धाले या राष्ट्रियताको भावनाले सरोवर भएर ।
अन्तराष्ट्रिय सम्मेलनहरुमा, कुटनितिक भेटघाटहरुमा, शिखर सम्मेलनहरुमा अन्य राष्ट्रका प्रमुखहरु आप्mनो देशको राष्ट्रिय पोशाक पहिरिएर गौरवान्वित महशुस गर्ने गर्छन । यता हाम्रा भने महंगा विदेशी टाई सुटमा ठाटिनुलाई गौरव ठान्छन् र दंग परिरहेका देखिन्छन् । उसो त देशको झण्डा जस्तो कुरो त फेर्नै पर्च ( फेर्नै पर्चू भन्दै बुरुक बुरुक उफ्रेर रड्डाको मच्चाउने निर्लज्ज नेताहरु नै बरम्बार, घुमिफिरी राष्ट्रप्रमुख हुने हाम्रो जस्तो देशमा, यो सब अनपेक्षित भने लाग्दैन नै ।

संगसंगै, देशको बागडोर नै भारतलाई सुम्पिएर ूकसरी गद्दिसिन भैरहने रुू भनेर बाह्रैमास तिकडमबाजीमा लिप्त रहने, देशका पुराना पार्टिहरु भनाउंदाका लम्पट नेताहरुकै मात्र सधै हालिमुहाली रहने यो देशमा राष्ट्रिय पोशाक। ढाकाटोपीको बारेमा त के सोच्नु र, जबकी राष्ट्रियता नै लिलामीमा परिसकेको छर्लङ्गै छ । अझ ूपिंडो माथिको साप्रोू भने झै एकथरि नेताहरुको झुण्ड त यस्तो छ कि शिरमा ढाकाटोपी लाउदा अपमान महशुस गर्छ र गान्धि टोपी लाउदा सम्मान । जवाहारी कोट (भारतका भू.पु. प्रधानमन्त्री जवाहारलाल नेहरुले लाउने स्टाईलको कोट) मा ठाटिएर गलामा भारतको झण्डा (तिरंगा) जस्तै रंगको गलबन्दि बेरेर गमक्क पर्छ । यो भूमीलाई पराई भूमी ठान्छ अनि पराई भूमीलाई आफ्नो ।

त्यस्ताहरुबाट त झन् के नै पो अपेक्षा गर्नु र । ूनेताको त खोइरो नै पो खनेछ त यस्ले१ू भनेर सोच्दै हुनुहुंदो हो बुवा । खोइरो खनेको हैन बुवा, सत्य कुरो औल्याएको मात्र मैले । नेता भनेका त जनताका अभिभावक झै हुन् नि त । पथ प्रदर्शक हुन । रोल मोडल हुन । राष्ट्र र राष्ट्रियताका संरक्षक हुन् । अधिकांशतः उनिहरुको विचार अभेद्य अनि आदेश अकाट्य हुन्छ जनताका लागि । उनिहरुले माया गरिदिए जनताले पनि अवश्य माया गर्ने थिए हाम्रो ढाकाटोपीलाई भन्ने मेरो बुझाई हो बुवा । त्यसोहुंदा उनिहरु प्रतिको चित्त दुखाईबाट प्रतिपादित भडास मात्र हो यो मेरो ।

हुन त दोष नेताहरुलाई मात्र किन दिनु र रु जस्ले जनमानसलाई, भिडलाई सजिलै अभिप्रेरित गर्नसक्छ, प्रभाव पार्न सक्छ त्यस्ता अधिकांश व्यक्तित्वहरुले पनि परहेज नै गरेको देखिन्छ हाम्रो ढाकाटोपीलाई । जस्तैःम हुं नेपाली बाबुू भन्दै गाउंदै नाच्दै हिड्ने हाम्रा कलाकारहरु नै नलाउने । नेपाललाई संसार सामु चिनाउछुू भन्दै हिड्ने हाम्रा खेलाडीहरु नै नलाउने ।
ूराष्ट्रको चौथो अङ्ग हुंू भन्दै ह्डिने हाम्रा संचारकर्मीहरु नै नलाउने । राष्ट्रियताको जगेर्ना गर्छुू भन्दै हिड्ने देशका प्रतिष्ठित व्यक्तिहरु नै नलाउने । राष्ट्र प्रति सधै वफादार रहने छुू भन्दै हिड्ने देशका उच्च ओहोदाकाहरु नै नलाउने । नेपाल आमाको जय होस्ू भन्दै पुराण वाचन शुरु गर्ने ब्यासमा बस्ने हाम्रा पण्डितहरु नै नलाउने । नेपाल मेरी आमाू भन्दै राष्ट्रप्रेमले ओतप्रोत, जनसाधारणको मनै छुने, आंखै रसाउने कवितारलेख लेख्ने, वाचन गर्दै हिड्ने हाम्रा कविरसाहित्यकारहरु नै नलाउने ।
हाम्रो भाषा हाम्रो भेषको संरक्षण गर्नुपर्छू भन्दै पढाउदै हिड्ने हाम्रा शिक्षकहरु नै नलाउने । हुंदाहुंदा त ूड्रेसकोडू मा नै ढाकाटोपी भएका ूम राष्ट्रको सेवक हुंभन्दै हिड्ने देशका कर्मचारीहरु समेत नलाउने .. ११ भनेपछि साधारण जनताको त झन के कुरा गर्नु र रु कहांबाट अभिप्रेरित हुने जनताले रु अनि हुने भएन त हाम्रो ढाकाटोपी हनबेर्नोमा परिणतरु यद्यपी ढाकाटोपी नलाएकै कारणले वहांहरु या अरु कोहिपनि अराष्ट्रिय हुनुहुन्छ भनेर दोषारोपण गर्न खोजेको चांही अवश्य हैन मैले । सधै नभएपनि सभा(समारोह, चाडपर्व, मेला(उत्सवहरुमा मात्र भएपनि वहांहरु जस्तो अनुकरणीय व्यक्तित्वहरुले लगाईदिए ढाकाटोपी प्रतिको जनभावनामा सकारात्मक प्रभाव पर्ने थियो भन्ने मेरो मनोभाव हो ।

धन्न पो हाम्रा किरांती दाजुभाईहरुले यसको साख गिर्न दिनुभएको छैन आप्mना हरेक धार्मिक, सांस्कृतिक, पारिवारिक कार्यक्रमहरु तथा क्रियाकलापहरुमा सहभागि हुंदा यस्लाई शिरोधार्य गरेर । त्यसैगरि नेवार समुदायका दाजुभाईहरुले पनि आप्mना जात्रा, पर्व, उत्सवहरुमा यस्लाई आप्mनो शिरमा शोभायमान गर्ने गर्नुभएको छ । अनि प्रवासी । आप्रवासी नेपालीहरुमा पनि धेरथोर देखिन्छ प्रेम यो प्रति । उसो त सबै जातजातीका बुढापुरानाहरुले भने शिरोभुषण नै सम्झेर पहिरिरहनु भएको छ आजका दिनसम्म ढाकाटोपीलाई । अफशोच, वहांहरुको पुस्ताको शेषपछि निरन्तरता दिने पुस्ताको चै भने खडेरी नै परेको झै लाग्छ बुवा ।

सोच्नुहुंदो हो ूयो मुले जस्तो ल्वांगेलाई यस्तो राम्रो चेत कसरी खुलेछ रु अस्तिसम्म त आफै जिस्काउदै हिड्थ्यो त कसैले ढाकाटोपी लाको देख्दा हो बुवा, कसैलाई जिस्काउनेक्रममा नै मेरो चेत खुलेको हो । केहिदिन अघिको कुरो हो बुवा, सांझपख, तल्लो टोलको तानाहाङ्ग मामासंग भेट भयो निकै दिन पछि । सबिनदाईको दोकानमा । ब्रिटिस सैनिकको पेन्सनर हुनुहुन्छ वहां । उमेरका हिसाबले झण्डै हजुरहरु कै दौतरी । व्यबहारका हिसाबले हाम्रो दौतरी । साथी नै जत्तिको । सारै दिलदार, सारै मिलनसार । उसो त हजुरलाई पनि थाहै छ मतवालीहरु कति दिलदार, कति मिलनसार हुन्छन् (कोही कोही अपवाद छोडेर) । त्यस्मा पनि वहां चै अब्बल मै पर्नुहुन्छ ।

भेट्दावर्दा सधै जिस्किने बानी, त्यो दिन पनि मैले जिस्किदै गिज्याउने पाराले भने ूहन हौ बुढा१ टोपी त खप्पर मै छ…., ढाक्कर चैन् कहां पो बिसाईपठायौ हौहौ …..११ तों जोस्तो मुलोंखोरेलाई के था योउ् टोप्पीको महोत्तो ।ू आफुले लाएको टोपीतिर आंैल्याउंदै हल्का झोक्किए मामा । लु ह्या बस् । ताें लाई मों सुनउंछु यस्को महोत्तो ।ू छेवैको मुडा तानेर बसाउदै अझ तात्तिदै भने ूहौ सबिन भान्जा११ लु चिस्सो ब्यार ल्याउत दुइटा ।गर्मीमा चिसो बियर भेटेको… हजुरको यो बिगडल छोरोले के छोड्थ्यो बुवा । त्यो पनि फिरिमा । त्यस्माथी मामाको वाकशैली बडो कर्णप्रिय छ । सधै सफा कुरा । रमाइलो लाग्छ वहांसंग गफ गर्दा । बसे म पनि ।

मामाको कथा अनुसार मलायो युद्धमा लडाई गर्दा वहांलाई उत्कृष्ट सैनिकको तक्मा मिलेछ । विभुषित हुन महारानी सामु पुग्दा महारानीले मुस्कुराउंदै सोधिछन् “Who are You?”

“I’m a Gurkha!!”उनले तिनिक्क छात्ती तानेर उत्तर दिएछन् । But you seem like Malay or like Indian or any others. How can I know your Identity? भनेर फेरि सोध्यो मुसुमुसु हास्दै……. । होइट्  मो त Looking को Looking नि हौ । बिस(तिस जना दुश्मोनसोङ एक्कुलै लोडेर ढालुन्जेल सम्मम् नलागेक्डर रानीको सवालको ज्वाफ दिनु नसोक्दा चैन् लाग्यो हौ केट्टा ।वहां कथा जोड्दैहुनुन्थ्यो अगाडि ।

You are Gurkha that is why you are Brave. You are Brave that is why you are Gurkha!! Gurkha and Bravery are synonyms. भोनेर रानीले सिरेस भोएर भन्दा तो…. योउ् छात्ति तो…. अक्कास जोत्रो भोर फुलेक्थ्यो हौ ।ू वहां सुनाउदै हुनुन्थ्यो छात्ति फुलाउदै नै । जति वहांको छाती फुलेको थियो मेरो पनि फुलेको महशुस गरे यी हरफहरु सुनेर । रक्तकोषिकाहरु यसरी तरङ्गीत भए कि सिरिङ्ग भएर जिउभरि कांडै उम्रिएर आए मेरा त… गर्वानुभूतिले…. ।

But….. you are never or you will never be a ‘Complete Gurkha’ without this.. भोनेर मेरो कोटको पाकेटमा राखेको ढाकाटोपी निकालेर पो लाइदियो मेरो टउकोमा रानीले तो … मो त छक्क । फेरि पो Looking को Looking नि हौ ।कत्ति बेला पो हेरेछ मेरो कोटको खोल्ती कुन्नी !! दंग परेर सुनाउनु हुंदैथ्यो वहां । संगसंगै मपनि दंगै परेर सुन्दैथे ।
ूतों(हामी जत्ति बहादुर भएम्, जत्ति जे मा नाम कमाएम् हामी(ताें हर्लाई नेप्पाली अथ्वा गोखर््खाली भनेर चिनउने चैन् ढाकाटोपी नै रैछ हौ । त्यौ दिन तो…. रानीले मेरो आख्खै खोल्द्यो हौ केट्टा ।

हुनुत पहिलेम् मो लोगाउथे ढाकाटोपी धेरैजोसो । नलाएम् गोजीमा बोकिहिड्थे । तरो…., हौ त्योउ् दिन देखिन् चैन् कहिलेम् छोडिन हौ । कत्ति महोत्तो रैछ यस्को भन्ने कुरो बुझे । होइट् ११ सारो माया लाग्छ हौ योउ् टोपीको ।ू भावुक हुनुभो वहां ।
मामाको उत्तिबेलाको कथा की रानीले मामाको मात्र हैन आज आएर मेरोसम्म चेत खोलिदिइन् । एउटी विदेशीले त्यसरी सम्मान गरिन् हाम्रो टोपीको । ढाकाटोपीको महत्व कति रहेछ भनेर बुझाइन् । अनि… यता म जस्ता लठुवा चै खुद्दै नेपाली हुंदाहुंदै पनि आधुनिकताको नाममा, अर्काले बर्गलाएको भरमा यस्लाई तिरस्कार र हेयको दृष्टिले हेर्दो रैछु…..। नेपाली हुनुको गर्वानूभुतिले यस्लाई शिरको शोभा ठानी शिरोधार्य गर्नेहरुलाई नै पो ूढाक्रे, कोदे, टोप्पा, पाखेू भन्दै गिज्याउंदै हिड्दो रहेछु विवेकहिन भएर । यस्तै यस्तै पश्चातापको भावनाले क्षुब्ध हुंदै ूहाम्रो प्यारो ढाकाटोपीलाई सधैं माया र सम्मान गर्नुपर्ने रहेछू भन्ने चेत यसरी खुलेको हो बुवा मेरो ……।

प्रतिक्रिया

सम्बन्धित