इटहरीमा काँग्रेसको पल्ला भारी हुँदै

इटहरीः दोस्रो चरणमा हुने निर्वाचनलाई लिएर सवैको ध्यान एक मात्र महानगरपालिका पछि इटहरी उपमहानगरपालीकामा केन्द्रित हुँदैछ । छोटो समयमा आफ्नो विकास गर्न सफल इटहरीले पुरानो शहर विराटनगर र साँस्कृतिक शहर धरानलाई पछि पार्दै एक नम्बर प्रदेशको राजधानी दावी गर्दै छ ।  यहाँका राजनितिक दलहरुले पनि यस्तै साझा एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् । दलहरु एजेण्डा सहित इटहरीमा आफ्नो प्रभाव जमाउने अन्तिम कसरतमा लागेका छन् । इटहरी उपमहानगरपालिकामा दुई पक्षिय भिडन्त देखिएको छ । विशेष गरी दुई ठुला पार्टीहरु नेकपा एमाले र नेपाली काँग्रेस वीच नै भिडन्त देखिएको छ ।

हुन त यो क्षेत्र विगतमा एमालेको प्रभाव क्षेत्र हो । उनीहरुकै भाषामा लाल किल्ला हो । पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा जित निकाल्दै लाल झण्डा फहराउन सफल भएको हो एमाले । योसँगै करिव २० बर्ष अघि भएका स्थानिय तहको निर्वाचनमा पनि एमालेले नै विजयी भएको थियो । तर २० बर्ष पछि अहिले भने केही कुराहरु बदलिएका छन् । हिजोको लालकिल्ला अव रुपान्तरित हुने संकेतहरु देखिएका छन् । लालकिल्लाका लालहरुका मन बदलिएका कारण अव चार तारे झण्डा फहरिने संकेतहरु देखिएका छन् ।

एक हप्ता अघि सम्म इटहरीको माहोल अर्कै थियो तर एक हप्ता पछि फेरिएको छ । हप्ता अघि सम्म आक्रमक बनेको एमाले विस्तारै रक्षात्मक बन्दैछ भने रक्षात्मक नेपाली काँग्रेस आक्रमक बन्दैछ । दुवै दलहरुका रणनितिहरु फेरिदँैछन् ।

आक्रमक काँग्रेस

इटहरीको राजनितिमा काँग्रेस रक्षात्मक हुने गर्दथ्यो तर अहिले भने काँग्रेस आक्रमक रणनितिमा लागेको छ । पछिल्लो समय उसको रणनिति बदलिएको हो । नेपाली काँग्रेस भित्र पनि टिकटलाई लिएर तिव्र असन्तुष्टि थियो । त्यो एमालेको भन्दै धेरै थियो । त्यो सडकमै पोखिएको थियो । तर त्यो असन्तुष्टिको समाधान भएपछि अहिले काँग्रेस आक्रमक भएको छ ।

हेमकर्ण पौडेलले टिकट पाउनुपर्छ भन्ने आमकार्यकर्ताको मनोभावना नबुझ्दा असन्तुष्टि सडकमा पोखिएको थियो । त्यो असन्तुष्टिले नराम्रो नतिजा पनि ल्याउन सक्ने धेरैको आकलन थियो । तर काँग्रेसले असन्तुष्ट पक्षहरुको सहि सम्बोधन गरेको छ । मेयरका प्रमुख दावेदार मानिएका हेमकर्ण पौडेल ठुलो छाति बनाएर रोहित प्रसाईको पछि लागेर भोट माग्दैछन् । रोहित पनि असन्तुष्ट पक्षलाई समेटेर लाने पक्षमा हरसम्भव प्रयत्न गरिरहेका छन् । उनको व्यवहारले पनि आम कार्यकर्ताले त्यो महसुस गरेका छन् । दुवै पक्ष एक भएपछि काँग्रेस बलियो अवस्थामा पुगेको छ । दुवैलाई सुनसरी तरुण दलका अध्यक्ष सिजन गुरुगंको साथ पनि उत्तिकै छ । काँग्रेसमा यतिबेला सवै पक्ष एक जुट भएर लालकिल्ला तोड्ने दाउमा लागेका छन् । काँग्रेसमा हिजो मुख फर्काएर हिँड्ने नेताहरु एक ठाउँमा उभिएका छन् ।सवै पक्ष एक जुट भएर बलियो बनेको काँग्रेस आक्रमक अवस्थामा पुगेको छ ।

एमाले रक्षात्मक रणनितिमा

बलियो मानिएको एमाले अहिले कसरी कमजोर भयो ? प्रश्न सवैलाई आश्चर्य लाग्न सक्छ । केही कारणहरु यस्ता छन् जसका कारण पछि सहज लाग्न सक्छ ।
पहिलो कारण हो असन्तुष्टि । असन्तृष्टि त सवै पाटिमा छन्, एमाले कसरी कमजोर ? हो सवै पार्टिमा असन्तुष्टि छन् । धेरै आकाक्षी हुँदा त्यो स्वभाविक हो । इटहरीमा एमालेका जिल्ला अध्यक्ष द्धारिकलाल चौधरी, खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाई, र पूर्वमेयर सर्वध्वज साँवा मेयरका आकाक्षी थिए । द्धारिकले दुईलाई उछिने । तर त्यस पछि असन्तुष्ट बनेका पक्षलाई सम्बोधन नै गरेनन् ।द्धारिकले इटहरी खम्बा मानिएका रामप्रसाद चौलागाई र सर्वध्वाज साँवालाई बाईपास गर्दै एक्लै मैदानमा उत्रिए ।

उनको यो एक्लो प्रवृत्ति देखेका सचेत आम कार्यकर्ता आश्चर्यमा परे । सम्झाउने प्रयत्न गरे । एमालेका एक नेताले नाम नबताउने सर्तमा भने ,हामीले सम्झाउने प्रयत्न गयौँ । तर पार लागेन । त्यस पछि उहाँ आफ्नै बाटो हामी हाम्रै बाटोमा छौँ ।  ती नेता भने हामीले असहयोगै गरेका छैनो तर जति सक्रिय हुनुपर्ने हो त्यो छैन । एमालेमा मौन बस्नेको संख्या बढ्दै गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित