विराटनगर देशकै एकमात्र नमुना महानगर हुनेछ – भीम पराजुली ( कांग्रेसबाट मेयरका उम्मेदवार, विराटनगर महानगरपालिका )

युवा पुस्ताबाट उदाएको विराटनगरको चकिला नक्षत्र हुन् भीम पराजुली । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा उनी सक्रिय भएको दुई दशक नाघिसकेको छ । शान्त, सरल, शात्विक स्वभावका पराजुलीले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैका प्रियपात्रका रूपमा आफूलाई स्थापित गराएका छन् ।

विराटनगर कांग्रेसको इतिहासमै पराजुलीजस्ता अग्रज र उदीयमान नेता प्रशस्त भए पनि महानगरको मेयर पदमा उनको नाम आउनु नगरवासीकै अपेक्षाअनुकूल भएको देखिन्छ । आफूले टिकट पाएको कुरालाई अवसरभन्दा पनि जिम्मेवारी हो भन्छन् पराजुली । उनी अग्रजहरूले स्नेहपूर्ण समर्थन गरिदिनुभएका कारण नै अवसर पाएको भन्छन् ।

दर्जनौं आकांक्षीहरूको सदासयता नभएको भए उम्मेदवार हुने सम्भव थिएन भन्ने उनी अग्रज नेता र नेतृहरूप्रति आभारी रहेको बताउँछन् । कांग्रेसले उठाएको मेयरले सम्पूर्ण नगरवासीहरूप्रति पार्टीभन्दा माथि उठेर सम्मानजनक व्यवहार गर्न सक्नुपर्छ भन्ने मान्यता राख्छन् पराजुली । मेयरमा विजयी भएपछिका योजना, चुनावी एजेण्डालगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सार

मेयरको टिकट पाउनुभयो यसलाई कसरी लिनुभएको छ ?

पार्टीले मेरो इमान्दारी, समर्पण र निष्ठाको सम्मान गरेको हो भन्ने बुझेको छु ।

निकै संघर्ष गर्नुभयो रे नि टिकट पाउन ?

संघर्ष त जीवनको पर्याय हो तर तपाईंले सोच्नु भएजस्तो केही होइन । सक्षम व्यक्तित्वहरूको भीडभित्रबाट मैले टिकट पाएँ । यसमा संघर्षभन्दा पनि सबैको सद्भावले बढी भूमिका खेल्यो ।

दर्जनौं आकांक्षीका बीच फुत्त आउनुभयो भन्ने सुनिन्छ नि ?

राजनीतिमा प्रायः निर्णयहरू फुत्त आउँछन् । तर मेरो त्यस्तो होइन । मेरो दिनरातको काम र विकासप्रतिको समर्पणले सबैको सम्मान गर्न सक्यो, त्यसको प्रतिफल पाएँ ।

तपाईं विजयी बन्ने आधारहरू के के हुन ?

म काल्पनिक कुरा गर्दिन । भ्रमको खेती गर्दिन । झूठा सपना बाँडेर जनतालाई निराश बनाउँदिन । सिंगै राज्य संयन्त्र लाग्दा त दमकमा एउटा आकाशेपुल बनाउन ३ वर्ष लाग्यो । सत्य बोल्छु । गर्न सक्ने मात्र बोल्छु अनि बोलेको कुरा दिनरात गरेर भए पनि पूरा गर्छु । सबैले भन्छन् ‘भीम पराजुली बचनको पक्का छ’ यही नै मेरो चुनाव जित्ने आधार हो ।

के–के गर्नुहुन्छ त जिते पछि ?

घोषणापत्रमार्फत मेरा सबै प्रतिबद्धता सार्वजनिक हुँदैछन् । सबै वर्ग, क्षेत्र, पेशा, व्यवसायमा सहजीकरण चाहिएको छ । सक्षेपमा भन्न पर्दा सामाजिक सुरक्षा, सुशासन, मैत्रीपूर्ण समाजिक सद्भाव रोजगारी र आपङ्गमैत्री सहर मेरो प्राथमिकतामा पर्छन् ।

अलि खुलाएर भन्नुस् न !

विपन्न वर्गका नगरवासीहरूको हितमा सम्पन्न वर्गका नगरवासीहरूको पूँजीलाई परिचालन गराइ रोजगारमूलक व्यवसाय सञ्चालनमा ल्याउने र विदेशीको भाँडा माझ्ने बाध्यताबाट युवा पुस्तालाई मुक्त गर्नु मेरो प्राथमिक प्रयास हुनेछ । प्रत्येक कार्यालयमा जाँदा आफूलाई निरीह पाउने नागरिकहरूको आत्मसम्मान उठाउनेछु अनि सुशासनको प्रत्याभूति दिलाउनेछु । यो कामको सुरुवात महानगरबाटै हुनेछ त्यो पनि मैले जितेको १ महिनाभित्र नै ।

तपाईं विजयी बन्ने अन्य आधारहरू के–के छन् ?

मेरो निष्पक्ष व्यवहार, पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्ने बानी शात्विक जीवनशैली र बोलेको कुरा पु¥याएरै छोड्ने हठ नै विजयका आधारहरू हुन् ।

विकास निर्माणको कुरा त अन्य उम्मेदवारले पनि गरेकै छन् नि ? तपाईंलाई नै किन जनताले छान्ने ?

अरूले विकासको कुरा गरेका छन् । त्यसप्रति मेरो पूर्ण समर्थन छ तर मैले अन्य उमेदवारको
सिर्जनात्मक उर्जालाई पनि आत्मसात गरेको छु । म नागरिकलाई समयसीमाभित्रको योजना
बाँड्नेछु । लक्ष्यसहितका कार्यक्रम पस्किने छु । पार्टीको होइन नगरवासीको मेर बन्ने छु ।
भ्रष्ट्राचाररहित नगरको अनुभूति दिलाउने छु । सबै क्षेत्र, वर्ग, लिङ्ग, सम्प्रदाय र धर्मको
संरक्षणमा प्रतिबद्ध छु । म कम बोल्छु बढी गर्छु । अरूका आ–आफ्नै विशेषता होलान् । म नगरवासीको नयाँ आशा र भरोशाको केन्द्रमा छु । मेरो लागि मेयर पदभन्दा पनि नगरवासीको हित सर्वेपरि हो यसर्थ जित मेरो हुन्छ अर्थात मेरो जीतमा प्रत्यके नगरवासीले आफूले जितेको अनुभूति गर्नु हुनेछ ।

महानगर साँच्चिकै महानगर बन्छ त ?

हेर्नुस, यहाँ विकासका लागि पैसाको अभाव कहिलै भएको छैन् । तर भ्रष्टाचार र अपारदर्शी क्रियाकलापले सधैं स्रोतको दुरूपयोग हुन पुगेको हो । मैले अघि नै भनी सकें सुशासन र भ्रष्टचाररहित महानगर मेरो सपना हो । जनताको स्वाभिमानलाई महानगरको गेटले पनि सम्मान गर्नुपर्छ । नगरवासी महानगरको मालिक हो । उसको हरेक सरकारी काममा सहज पहुँच हुनुपर्छ । भौतिक निर्माण मात्रै थोपरेर महानगर बन्दैन । असल शासनको अनुभूति हरेकले पाउनुपर्छ । यो सुकर्मको अनुभूति महानगरकै कार्यालयबाट मैले जितेको १ महिनाभित्र तपाईंले प्राप्त गर्नु हुनेछ । ढुक्क हुनुस् विराटनगर देशकै एकमात्र नमुना महानगर हुनेछ ।

विराटनगर त औद्योगिक नगरी हो, यसतर्फ के छन् योजना ?

विराटनगरबाट सबैभन्दा पहिला औद्योगिक क्रान्ति सुरु भएको हो । पछिल्लो समय औद्योगिक नगरीको पहिचान मेटिँदै गएको छ विराटनगरको । पहिचान फर्कानेछु । विराटनगरमा थुपै्र सरकारी जग्गा छ । त्यो जग्गामा विशेष आर्थिक क्षेत्र स्थापना गर्न पहल गर्नेछु । विराटनगर सुगर मिल र साल्टटे«निङको जग्गामा प्रक्रिया पूरा गरेर विशेष आर्थिक क्षेत्र स्थापनाका लागि काम गर्नेछु । देशकै पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालनका लागि सम्बन्धित निकायमा दबाब सिर्जना गर्नेछु ।

घोषणपत्रमा चाहिं के–के समेट्नु भएको छ ?

घोषणपत्रमा धेरै कुरा समेटिएको छ । ती मध्ये विराटनगरलाई प्रादेशिक राजधानी बनाउने, हरेक वडामा सुपथ मूल्यको पसल, हरेक वडामा पुस्तकालय, विराटनगरमा सञ्चालित सञ्चारमाध्यमलाई अनुदान, बाइपास रोड, सहरको सौन्दर्यलाई नै बिगार्ने थोत्रा र पुराना गाडीको व्यवस्थापन, नगरका विभिन्न स्थानमा सस्तो मूल्यमा भोजनालय, औद्योगिक प्रदर्शनीस्थल निर्माण, रंगशालाको स्तरोन्नति, विदेशी महानगरसँग भगिनी सम्बन्ध कायम, महानगरका प्रमुख स्थानमा आकाशेपुल, संग्राहालय, सरकारी जग्गाको खोजी गरी संरक्षण गर्ने, ग्राभेल भएका सबै सडकलाई पिच र नभएका कच्ची सडकलाई ग्राभेल, बुधहाट चोकस्थित ए प्लट र वी प्लटमा सुपरमार्केट निर्माण, ज्येष्ठ नागरिकका लागि आराम गर्ने श्रद्धाश्रमलगायत छन् ।

मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

झण्डै २० वर्षपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि जनतामा निकै उत्साह छ । निर्वाचन कहिले आउँछ र भोट हालौं भनेर मतदाताहरू आतुर छन् । मैले विराटनगरवासीलाई हरेक दुःख र सुखमा साथै दिँदै आएको छु । दुई कार्यकाल नेपाली कांग्रेसको नगर सभापति भएर काम गर्दा म नगरवासीको हरेक घरमा पुगेको छु । म जनताको काम गर्दा कहिल्यै पनि दिक्क मान्दिन । कसैले समस्या परेर राति १२ बजे फोन गर्दा पनि उठाउँछु । यो त मैले भनिरहनु पर्दैन । अधिकांश नगरवासीलाई थाहा छ । यसले गर्दा मतदाताले म लगायत मेरो पार्टीले उठाएका सबै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु । मतदाताहरूबाट पनि त्यही किसिमको आश्वास पाइरहेको छु ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…