इटहरीमा कांग्रेसकाे जित पक्का छ – राेहित प्रसार्इ (भिडियाे सहित)

इटहरीमा रहेर लामाे समयदेख राजनीतिसंगै सामाजिक कार्यमा क्रियाशिल भुमिका निर्वाह गर्दै अाइरहनुभएका इटहरी उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य राेहित प्रसार्इ कुनै नाैलाे नाम हइन । पहिलाे चरणकाे स्थानीय निर्वाचन सम्पन्न लगत्तै सुरू हुन लागेकाे दाेश्राे चरणकाे निर्वाचनकालागी नेपाली कांग्रेसकाे तर्फबाट इटहरी उपमहानगरपालिकाबाट मेयरकाे टिकट पाएसंगै इटहरीकाे समग्र बिकासकासाथै मुलुककै नमुना सहर बनाउने घाेषणा गरेका प्रसाइसंगै गरिएकाे संक्षिप्त कुराकानी ।

पार्टीले तपाइलार्इ याेग्य ठानेर मेयरकाे टिकट दिलाएकाे छ !कस्ताे अनुभव गरिरहनुभएकाे छ ?

एउटा ठुलाे जिम्मेवारी बढेकाे महसुस भइरहेकाे छ । इटहरी उपमहानगरपालिका भनेकाे करीब अढाइलाख जनसंख्या भएकाे सहर त्यसमा पनि ७८ हजार बढी मतदाता रहेकाे स्थान हाे । पूर्वकै ब्यापारीक केन्द्र पनि मानिन्छ इटहरी र यहि इटहरीबाट पार्टीले मेयरकाे उम्मेद्वार बनाएर जुन जिम्मा दिएकाे छ त्यस्लार्इ सामानय रूपमा हेर्न मिल्दैन । याे जिम्मेवारसंगै इटहरीकाे समग्र बिकासकालागि मैले केही महत्वपूर्ण थप भुमिका निर्वाह गर्नुपर्छ भन्ने अाभास गरेकाे छु ।

यतिबेला घरदैलाे अभियानमा जुटीरहनुभएकाे छ,  नगरवासीहरूबाट के कस्ताे प्रतिक्रिया पाइरहनुभएकाे छ ?

एकदम उत्सुकता जागेकाे छ । मतदाताहरू हर्षीत छन ।गाउँ गाउँबाट कांग्रेसमा अाउनेहरूकाे जनलहर बढदाे छ । ति लहरले इटहरीकाे बिकास खाेजिरहेकाे छ परिवर्तन खाेजिरहेकाे छ । जुन नेतृत्व खाेजिरहेका छन त्याे खालकाे नेतृत्व मैलु बुझेकाे छु ।

बिगतमा तपाइ दुर्इ पटक इटहरी उद्याेग बाणिज्य संघमा अध्यक्ष रहनुभयाे त्याे बेला तपाइले गरेकाे केही परिर्वतनका कामहरू  छन भने बताइदिनुस न ?

त्याे त संस्थागत रपमा अाफू दरराे भइयाे भने नेतृत्वपनि बलियाे हुन्छ इटहरीमा म दुइपटक उद्याेग बाणिज्य संघकाे अध्यक्ष हुदा धेरै सुधारात्मक कार्यहरू भएका छन । पहिलाे त उद्याेग बाणिज्य संघकाे भवन थिएन मेरै पालामा भवन बन्न सुरू भयाे त्याे मेरै फयाेजना थियाे जुन अहिले मेरा साथीहरूले त्यसलार्य पुर्रा गरिदिदै हुनुहुन्छ , अर्काे अर्काे कुरा समग्र इटहरीमा उद्याेग ब्यवसायिकाे मात्रै मुद्धा बाेकेर हिडने बताावरण थिएन यस ठाउका ब्यवसायीहरूकाे पनि भावना बुझ्दै समग्र इटहरीकाे बिकासमा , सरसफाइमा लगायत महत्वपूर्ण कुराहरूमा एक अभियान चलायाै जुन अभियानले सफलता पनि पाएकै छ । अर्काे कुरा इटहरीलाृइ प्लास्टिक मुक्त बनायाै , इटहरीलार्इ हरितनगरी बनाउनुपर्छ भन्ने अभियान हामिले नै ल्याएका हाै । यस्ता कार्यहरू धेरै छन जुन यहाका जनताहरूले मुल्यांकन गरिरहेका छन ।

तपाइले देख्नुभएकाे इटहरीकाे मुख्य चुनाैतीहरू चै के के हुन ?

पहिलाे त हामिले अाफ्नै उपमहानगर क्षेत्रमा थुप्रै कुराहरू सुधार गर्नुपर्ने देखिन्छ जस्तै जनताहरू नगरपालिका अाउदा उनिहरूले पाउनुपर्ने सेवा सुविधाका कुरा , पूर्वाधार बिकासकालागि छनाैटका बिषयहरू भए ,नगर प्रसाशनलार्इ चुस्त दुरूस्त बनाउने बिषय भए ,समग्र इटहरीकाे बिकासकाे परिकल्पना गर्दै गर्दा यस्ता चुनाैतीहरूकाे चाङ लाग्छ तर यसता चुनाैतीहरूलार्य पाखा लगाउदै समग्र नगर बिकासमा सबैले ध्यान पूर्याउनुपर्छ ।

इटहरी कांग्रेसमा दुर्इपक्ष देखियाे जुन सडकसम्मै पुगेर छताछुल्ल भयाे नी ? याे बिषयमा के भन्नुहुन्छ ?

याे समस्या यहाकाे मात्र हैन पार्टीले टिकट बाडदै गर्दा धेरै जसाे स्थानमा देखिएकाे हाे फरक यति मात्रै हाे की कुनैकाे सडकमा देखियाे र कुनैकाे देखिएन ।याे पार्टीभित्र देखिएकाे बिकराल समस्या हैन कुनै ब्याक्तीलाइ पार्टीले उम्मेद्वार ताेकेकाे छ भने केहीले बाटाेमा पुगेर त्याे टिकट अर्काेलार्इ दिनुपर्छ भनेर बिराेध जनाएकाे मात्रै हाे । नेपाली कांग्रेस एउटा यस्ताे पार्टीहाे जसले चित्त नबुझेकाे कुराेकाे खुलेरै बिराेध गर्न पाउछन ।  हिजाे सडकमा बिराेध भयाे अाज सबै मिल्याे राेहित प्रसाइपनि ठिकै मान्छे भन्दै बिराेधमा लागेका साथीहरूकाे पनि अाज साथ पाएकाे छु ज्यादै खुशि लागेकाे छ ।

अाम कार्यकर्ताहरूमा दाेधार भएकाे जस्ताे पाे देखियाे त ?

त्याे भ्रम मात्रै हाे । कुराे मिलिसक्याे अब त धेरै पर गइसक्याे नी जाे साथीहरू बाटाेमा अाउनुभयाे ति साथीहरू नै मलार्इ बिभिन्न कार्यक्रममा लिएर जानुहुन्छ मेराेलागि भाेट माग्दिनुहून्छ त्याे भन्दा ठुलाे कुराे के हुन्छ मेराे लागी ।सबैले एउटा कुराे बुझे भाे अब इटहरीमा नेपाली कांग्रेस एक ढिक्का भइसक्याे अब कांग्रेसलार्इ हल्लाउन जाे काेहीले सक्दैनन ।

पछिल्लाे समय इटहरीमा जनसंख्याकाे चाप बढदाे छ , बिशेषगरी माअाेवादी दव्न्द पश्चात पहाडी भेगबाट इटहरीमा बसाइसरी अाउनेहरूकाे संख्या पनि बाक्लिदाे छ संगसंगै यस क्षेत्रका अादिवासीहरूपनि ! अब यि दुइ समुदयलार्इ कसरी मिलाएर लैजानुहुन्छ तपाइ ?

इटहरी भाैगाेलिक दृष्टिकाेणकाे हिसाबमा शान्त र शुन्दर छ त्यसैले यहाँ बसाइसरी अाउनेहरूकाे संख्यापनि बाक्लिदाे छ याे यथार्थ पनि हाे । पहिलाे कराे उहाहरूकाे दुखेकाे घाउमा मलम लगाउनुपर्छ भन्ने मुल शन्देस हाे । इटहरी मिश्रीत बसाेबास भएकाे ठाउ हाे ।नेपाली कांग्रेस कुनै जाती बिशेष , कुनै जात बिशेष , समुदाय बिशेषलार्इ पूर्वाग्राहि राखेर काम गर्दैन सबैलाृय मिलेर जान र अापसमा सदभाव कायम गर्दै राष्ट्रीय एकताकाे बलियाे अाधार बनिन उत्प्रेरीत गरिरहन्छ ।

इटहरी नगर बिकासकालागि यहाकाे अागामी याेजनाहरू चै के के छन ? 

अल्पकालिन ५ वर्ष र दिर्घकालिन बिकासका याेजनाहरू हामिले घाेषणा गरिसकेका छाै । इटहरीकाे बजार क्षेत्रलार्इ एउटा ट्रेड सिटिकाे रूपमा बिकास गर्ने लक्षय बाेकेका छाै । इटहरीलार्इ ब्यवसायिक रूपमा पूर्वकाे हब बनाउने लक्ष लिएकाे छाै । २४ घण्टा जागा रहने सहरकाे रूपमा बिकास गर्ने याेजना छ । यहाकाे श्राेत र साधनलार्य अझ ससक्त बनाइ नगर बिकासमा लगाउने जमर्काेका साथ याेजना बनाइएकाे छ । शान्तिशुरक्षामा सुधारात्मक कार्यहरू अघी बढाइने , हामिले थुप्रै राम्रा कुराहरूलार्इ मुद्धा बनाएर उठाएका छाै । इटहरीलार्इ प्रदेश नं १काे राजधानी बनाउने याेजना बनाएका छाै । प्त्येक बर्ष बर्षाकाे समयमा इटहरी जलमग्न हुनेगरेकाे छ । त्यसकाे राेकथामका उपायहरू अघी ल्याएका छाै । यस्तै यस्तै महत्वपूर्ण याेजनाहरू अघी बढाएका छाै ।

अन्त्यमा इटहरी उपमहानगरवासीहरूलार्इ के भन्न चाहनुहुन्छ ?

इटहरीका जनताहरूसमक्ष मैले इमान्दारसाथ एउटा कुरा राख्नै पर्छ इटहरीकाे समग्र बिकासकालागि मात्र नभइ सिंगाे नेपालकै नमुना सहर निर्माण एवम जंगलभित्रकाे हरियाली तथा शुन्दरनगरी सहर निर्माणकालागि मैले उम्मेद्वारी दिएकाे छु । इटहरीकाे स्वरूप परिर्वतनकालागि एक पटक अवसर दिनुस । म तपाइहरूकै छाेरा , भाइ भतिज हु एउटा वाड घुम्न १५ दिन लाग्छ पूरै वाड घुम्न एक बर्षै लाग्ने भाे त्यसैले यहि शन्देसबाट म भन्न चाहन्छु मलाइ एक पटक अवसर र कामगर्ने माैका दिनुस तपाइहरूकाे दुखेकाे घाउमा मलम लगाउन अवस्य अाउनेछु । मलार्इ अमुल्य मत दिर्इ अत्याधिक बहुमतले बिजयी गराइदिनुस । जय नेपाल

भिडियाे हेर्नुस 

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…