चौथो शेरबहादुर देउवा

कांग्रेस माओवादी गठबन्धन सरकारको आलोपालो नेतृत्व गर्ने समजदारी बाट सहज रुपमा झण्डै दुई तिहाई मत प्राप्त गरि कांग्रेस सभापति शेर बहादुर देउवाआफ्नो जिबनको चौथो पटक र नेपालको ४० औ प्रधानमन्त्री भएका छन । पहिलो दोस्रो तेस्रो प्रधानमन्त्री रहदा निकै आलोचित प्रधानमन्त्री देउवा दोस्रोप्रधानमन्त्री रहदा आफैले संसद बिघटन गरेका थिए भने तेस्रो पटक राजाले ‘कु’ गरेर हटाइएका थिए । यिनै पृष्ठभुमिमा सत्ताको आयु लम्ब्याउने, संसदकिनबेचको प्रथा सुरु गराएको, लोकतन्त्र लाई दरवारमा बुझाएको जस्ता अनेकन आलोचनात्मक टिप्पणी उनि उपर रहेका छन ।

लोकतान्त्रिक आन्दोलनमा आफ्नो जिबनलाई पुर्ण रुपमा होमेका देउवा प्रधानमन्त्रीको कुर्सीमा आय संगै बिगतका उन्का कमि हरु फेरि संकास्पद बनेर आयका छन । भारतको बिश्वास पात्रका रुपमा चिनियका शेर बहादुर देउवाको पुनरामनले कस्तो अबस्था सिर्जना गर्छ भनेर भारतको नाकाबन्दी बाट प्रताडित जनता चनाखो भएका छन । संविधान जारीपछि भारत संगको छिमेकी सम्बन्ध निकै चिसिएको थियो त्यो अहिले केही सुदृढीकरणतर्फ अगि बडेको छ ।

खेमराज दाहाल

चीन संगको नयाँ आयम हरुलाई अरु थप सुदृढ बनाउदै लैजानु उन्को सफलता मानिने छ । भारतले नेपालमा चिनको उपस्थिति लाई खासै रुचाएको छैन यस अबस्थामा दुबै देश संगको आपसी सम्बन्धलाई देउवाले कसरी सन्तुलित बनाउछन भन्ने नै रहेको छ । नाकाबन्दीको कठिन अबस्थामा पनि देशको स्वाभिमानमा आँच आउन नदिएका प्रतिपक्षदलका नेता केपी ओलि सरकारको अडान लाई कसरी सम्बोधन गरि बिध्यमान राजनितीक परिस्थिति लाई पार लगाउन सक्छन ? योजनताको सबै भन्दा बडि चासोको बिषय रहेको छ 

संविधान जारी भए संगै संबिधानका केही अन्तरबस्तु संग असन्तुष्टि राख्दै आन्दोलनमा होमिएका मधेसबादी दल अहिले सम्मपनि संविधान संशोधन र आन्दोलन कै पक्षमा छन । लामो समय पश्चात देशमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । दुई चरणमा बाडिएको निर्वाचन देशको आदिभागमा नै भएपनि बडो उत्साहका साथ सम्पन्न निर्वाचनमा ८०% भन्दा बडि जनताले भाग लिए । र अब दोस्रो चरणको निर्वाचनको तयारी भै रहेको छ ।

यस्मापनी जनताको उत्साह र सकृयता लाई हेर्ने हो भने दुनियाँको कुनै शक्तिले निर्वाचनलाई रोक्न नसक्ने देखिन्छ । यस्तो अबस्थामा संविधान संसोधन को पक्षमा रहेको दल राजपार मधेसबादी दलहरुले संविधान संसोधन नभए चुनाबमा भाग नलिने र आन्दोलनमा जाने जनाएको छ । देशको नेतृत्व सम्हालेका देउवाले अब ति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याइ दोस्रो चरणको निर्वाचन लाई शान्ति पुर्ण ढंगले गराउन सक्छन् सक्दैनन् भन्ने प्रश्नको जवाफ देउवा ले दिन जरुरी छ ।

देउवाको चौथो प्रधानमन्त्रीको कुर्सीमा पुनरागमन संगै देउवा को बिदेश निति संग धेरै प्रश्न हरु उब्जिएका छन । नेपाल-भारत सम्बन्धको पुनरावलोकन गर्न गठित नेपाल भारत प्रबुद्ध समूह (इजिपी)को प्रतिबेदनका लागी महत्त्वपूर्ण काम देउवा सरकारका पालामा हुने देखिन्छ । यस्ले आगामी दिनका लागी नेपाल-भारत सम्बन्धको आधारशिला तय गर्नेछ । अघिल्ला सरकार कै पालामा अतिबिबादित र देउवा संगै जोडिएको द्रुतमार्ग र बुढिगण्डकि जस्ता महत्त्वपुर्ण योजनाको निर्णय भै सकेको छ देउवाले अब कुनै महत्त्वपूर्ण बिषयमा निर्णय लिन पर्ने छैन । बिगतमा देउवाकै पालामा भएको महाकाली सन्धिका आधारमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माण प्रारम्भ हुने सम्भावना हुदै देउवा प्रधानमन्त्री बनेका छन ।

यसरी हेर्दा देउवा संग बर्तमान परिस्थितिको निराकरण गरि भारत संग कुटनैतिक सन्तुलन कायम राख्न अबसर जुरेको छ । उत्तरि छिमेकी मुलुक चीन संग प्रचण्ड नेतृत्व सरकारले ओबिओआर योजनामा हस्ताक्षर गरि सकेको छ । अब चीन संगको थप कनेक्टिभिटी , ब्यापार , पर्यटन ,उर्जाजस्ता परियोजनाको लगानिका लागी उचित बाताबरण बनाउन थप छलफल र सम्जौताका लागी देउवा सरकारले प्रयास गर्नु पर्ने छ ।

राष्ट्रियता र प्रजातन्त्रलाई मुलमन्त्र ठान्ने कांग्रेसको नेतृत्व समेत गरेका देउवा अहिले सरकारको नेतृत्व गरिरहेका छन ।देउवाले प्रधानमन्त्रीको सफथ लिय संगै राजनीतिले केही स्थाइत्व लिने र संविधान कार्यान्वयनमा जानेमा धेरै जनता बिश्वस्त छन । संबिधानलाई सर्बस्वीकार्यता प्रदान गर्दै मुलुकका सबैक्षेत्र बर्ग,लिँग,जातजाति र भाषाभाषीलाई संविधानको अपनत्व गराउदै समान नागरिक भएको अनुभुती गराउनु देउवाको प्रमुख काम हुनेछ ।

राजनीतिक दलहरू बिच सत्ताको खेल चलि रहदा अन्योलमा परेको शान्ति प्रक्रिया लाई निस्कर्शमा पुर्याउन देउवाको अहम भुमिका हुन पर्ने छ । चौथोपटक प्रधानमन्त्री बन्दै गर्दा देउवा लोकप्रिय भएर हैन उन्को राजनीतिक पावरका कारण हो । धेरै हदसम्म जनताबाट अनुमोदित प्रधानमन्त्री हैनन देउवा , उनी संग धेरै राजनीतिक र कुटनैतिक चुनौती होलान तर जनताले सबैभन्दा कम आश राखेको नेतृत्व देउवा सरकार नै हो ।

तर यी सबै संदेहको उत्तर दिने क्षमता र अबसर देउवा संग छ । यश भन्दा अगाडि नै तीन पटक प्रधानमन्त्री बनी सकेका देउवा लाई कसरी र कस्तो मन्त्रीमण्डल बनाउदा सरकार सफल हुन्छ भन्ने उच्छ ज्ञान छ । त्यसैले अहिले सम्मको देउवाको मन्त्रीमण्डल चयन देउवाको सम्मान जनक देखिन्छ । देउवाले सिर्प अहिले अठोट गरेर म यो गर्छु भनेर अगि बड्ने हो भने बिगत लाई ओझेलमा पार्दै इतिहासकै सफल प्रधानमन्त्री बन्ने अबसर देउवामा छ । देउवा केही हठ स्वाभावका छन , उनी आफुलाइ लागेको कुरा भर्सक गरेर नै छाड्ने कोसिस गर्छन त्यसैको रुप हो अख्तियार,आइजिपी प्रकरण र महाअभियोग । अबदेउवाको अगाडि जननेता बन्नेकी ‘शेर बहादुर’ बनेर रहने भनेर दुई विकल्प छन ।

प्रतिक्रिया

सम्बन्धित