इटहरीमा उदाएका हेमकर्ण !

यो साता इटहरीमा सर्वाधिक चर्चामा रहेको नाम हो हेमकर्ण पौडेल । इटहरी उपमहानगरपालीकाका काङ्ग्रेस सभापति तथा  मेयर पदका आकांक्षी हेमकर्ण पार्टीबाट टिकट नपाउँदा सबै भन्दा धेरै चर्चित भए । टिकट नपाउँदा उनले हजारौ कार्यकर्ताको माया पाउँने हेमकर्ण राजनितिक रुपमा उदायका छन । पूर्वी नेपालको केन्द्रविन्दुको रुपमा रहेको इटहरीले सबै पार्टीको नजर तानेको छ । हो त्यही इटहरीमा हेमकर्ण शक्तिको रुपमा उदायका छन । कार्यकर्तामाझ निकै लोकप्रिय नेता भईरहेका हेमकर्णले ठुला नेताको ध्यान खिचेका छन । अन्य दलहरुको हिसाबमा पनि हेकमर्ण इटहरी लगायत सुनसरीकै शक्तिशाली युवा नेता हुन भन्दा फरक नपर्ला । इटहरी यो साता एउटा नारा लाग्यो ढुंगा माटो पात पत्तिङगरले सुनेको नामले किन काग्रेसले टिकट दिएन ?

 

आई एम वुईथ हेमकर्ण पौडेल ! हेमकर्ण पौडेल जिन्दाबाद ! जनताको नेता हेमकर्ण आदी आदी भन्दै काग्रेसले मेयरको टिकट नपाएको झोकमा सकडमा कार्यकर्ताहरुले लगाएको नाराबाटै प्रष्ट हुन्छ उनी जनतामाझ लोकप्रिय छन । इटहरीको आधा भन्दा बढि जनता हेमकर्णकै पक्षमा रहेको तथ्याक केहि दिन अघि हेमकर्णले टिकट पाउँनु पर्छ भन्दै लगाएको नाराबाटै प्रष्ट हुन्छ हैन र ?  सारा जनताको साथ पाएका हेमकर्ण आफैमा लोकप्रिय छन । सामान्य ब्यक्ति देखि उच्च उदाहका ब्यक्ति सम्म उनको पक्षमा छन । उनी सर्वसाधरणलाई कहिले विभेद गदैनन् त्यस कारण पनि उनी जनताको लोकप्रिय भए । टिकट नपाए पछि उनले सर्वाधिक माया पाए इटहरीवासीको त्यो जमातले सकडमै देखाईसकेको छ । चिया पसल देखि भट्टीपसल सम्म हेमकर्ण गुनगुनाईरहेको प्रष्ट छ । टिकट नपाएको विषयलाई लिएर सामाजिक सञ्जालमा समेत भाईलर भयो ।

सुभचिन्तकहरुले हेमकर्णले टिकट नपाएको विषयमा चिन्ता ब्यक्त गरे तर हेमकर्णले आफ्नो फेसवुकवालमा लेखे हजार पटक अन्तरमन सँग सम्वाद गरे मेरो निम्ति पद टिकट प्रतिष्ठा भन्दा पार्टी ठुलो बन्यो । त्यसैले काडा विच फुल्ने फुल बने सम्पूर्ण पार्टीका साथीहरु र इटहरीवासीमा सदैब सेवा पुराउँने प्रतिबद्धता सहित नेपाी काग्रेसलाई जिताउँन एक भएर अगाडी बढ्न हार्दिक अनुरोध गर्दछु । उनको स्टाटस आए सग इटहरीका काग्रेसका कार्यकर्तामात्र हैन अधिकांस जनताले वहुवली फिल्मका हिरो,राजनेता भन्दै उनको प्रशंसा गरे । अन्यपार्टी एमाले,माओवादी,लिम्वुवान,फोरम,राप्रपा लगायका इटहरीमा राजनितिक दलका कार्यकर्ताहरुले पनि एक भोट हेमकर्णलाई भन्दै हिडेका थिए । इटहरीमा हेमकर्ण अहिले सवैभन्दा धेरै चर्चामा छन ।

 

कार्यकर्ताहरुको भरपुर माया पाएका हेमकर्णले मेयरको टिकट पाएका आफ्नै पार्टीको रोहित प्रसाईलाई जिताउँन कम्मर कसेर लागी परे सँगै पुःन एक पटक अन्य राजनितिक दलमा तंरग छाएको छ । हेमकर्णले रोहित जिताउँन अग्रनी भूमिका खेले सँगै पार्टीमा हेमकर्णको उचाई बढेको छ । गाउँमा हेमकर्ण आउँदै छन भनेर प्रचार हुदा अन्यपार्टीका कार्यकर्ताहरु उनका पक्षमा जान माहोल वनाउँने हेमकर्णलाई इटहरीबासीको सलाम ।

 

को हुन हेमकर्ण ?इटहरीमा मात्र हैन पूर्वी नेपालमै चिनिएको नाम हो हेमकर्ण पौडेल । गाउँका गरिव जनता देखि राष्ट्रिय नेता सम्म पहुँच राख्न सक्ने हेमकर्ण इटहरीका सबैपार्टीका लोकप्रिय नेता हुन । जनताहरु भन्छन् कुनै पार्टी नभनी जनताको काममा औरात्र खट्न सक्ने हेमकर्ण गरीवका लागी भगवान हुन । बाटोमा हिड्ने मगन्तेलाई आफ्नो कार्यकर्ता देख्ने हेमकर्णको नजर हरु नेताहरुको फरक छ । हिम्मतीला र आटिलो स्भावका उनले २०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापतिमा जितेका हेमकर्णले करीव २० वर्ष पछि इटहरीमा उदाउँदै छन । आँपगाछी स्थायी घर भएका हेमकर्णकोमा इटहरीमा सबै भन्दा धेरै मानिसहरुको आवत जावत हुने गर्छ । कार्यकर्ताहरुको काममा विशेष ध्यान दिने भएको कारण विहान वेलुका उनका घरमा कार्यकर्ताहरुको भिड लाग्ने गर्छ । अहिले इटहरीमा सबै भन्दा धेरै कार्यकर्ताहरुको उनकै घरमा आउँने गरेका छन । शिष्ट सभावका हेमकर्णको प्रशंसा उनका सत्रुहरुले सम्म गर्छन भन्दा सबैलाई विश्वास नलाग्ला तर यर्थाथ हो ।

 

हेमकर्णको चुनौती     हेमकर्ण पौडेल जति चर्चित बन्दै छन उनका चुनैतिहरु त्यतिकै बढ्दैछ । अहिले भएका कार्यकर्ताहरुलाई आफ्नो वसमा राखीरहनु पनि चुनैति नै हो । त्यो भन्दा अर्को कुरा आफ्नो आकाक्षा रहेको इटहरी मेयरको पदमा टिकट पाएका रोहित प्रसाईलाई जिताउँन हेमकर्णको लागी चुनैति छ । केहि कार्यकर्ताहरुको असन्तुष्टिका विच रोहितलाई मेयरमा जिताउँन हेमकर्णको लागी सबै भन्दा ठुलो चुनौती होे । यदी रोहितले चुनाव हार्दा पनि हेमकर्णले चुनाव हरायो भन्ने आरोप लाग्ने निश्चित छ । त्यस कारण हेमकर्णले रोहितलाई जिताउँन कम्मर कसेर लागीरहेको प्रष्ट  छ । रोहित आफै पनि इटहरीका लागी स्वच्छ छवि भएका र दुई दुई पटक इटहरी उद्योग वाणिज्य संघको चुनाव जितिसकेको रोहित पनि आफैमा शक्ति हुन । हेमकर्णको साथमा रोहितले यो पटकको एमालेको किल्ला भनिएको ठाउँमा चुनाव जिते हेमकर्णको उचाई अझै वढ्दै जाने पक्का छ ।

प्रतिक्रिया

सम्बन्धित