भरतपुरमा जनतन्त्रको चीरहरण

भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको कांग्रेस सरकारले जनतन्त्रको चीरहरण ग¥यो । निर्वाचनमा हार्ने अवस्था देखेर माओवादीका मतगणक प्रतिनिधिले मतपत्र च्याते । मतपत्र जनताको मत अभिमत हो । मतपत्र च्यात्नु जनमतको उपेक्षा र अपमान मात्र जनाताकै घोर उपेक्षा हो । जनताको अपमान गरेर लोकतन्त्र र गणतन्त्रको सम्मान गरेको किमार्थ ठहर्दैन । जनता कुनै पनि देशको मूल आधार हो । कार्ल माक्र्सले त्यसै जनता नै इतिहासका निर्माता हुन् भनेका होइनन् । जनता कुनै पनि देशका सार्वभौम शक्ति हुन् । जनता बिनाको देश हुन सक्तैन । जनता नै लोकतन्त्र,गणतन्त्र र संघीयताका मूल आधार हुन् । जब जनताको मतको घोर अपमान हुन्छ ,त्यस बेला जनतन्त्र बलशाली हुँदैन ।

 

राजनीतिको कखरा जान्ने मान्छेले पनि जनमतलाई आदर र कदर गर्छन् । जनमतको उपेक्षा देश जनताकै उपेक्षा र अपमान पनि हो । तर अहिले नेपाल र नेपाली जनतालाई कमजोर पार्ने दुष्प्रयास भइरहेको छ । राजनीतिमा यस खालका गतिविधिलाई लोकतन्त्र भनिँदैन । यो त राजनीतिका नामको लुटखसोट तन्त्र हो । देशका पर्याय बनेका जनतालाई अपमान गर्नेले देशको मायाँ गर्छ भनेर पत्याउन पनि सकिन्न । नेपालको संविधान भरसक बन्नै नदिने बनेदेखि लागु हुनै नदिने र लागु हुने परिस्थिति बन्यो भने अनेक बखेडा बहाना गरेर बिथोल्ने भारतेली शाषकको नेपाल र नेपाली विरोधी कपट सित भरतपुरमा माओवादीले गरेको अपकृत्य ठ्याक्कै मिल्ने विषय हो । भारतीय शाषकको चाल जसरी पनि नेपाललाई सदा अस्थिर,अन्यौल र अराजक बनाउनु पनि रहेको देखिन्छ । संविधान लागु हुने अवस्था आउँदा पनि यही संविधानका सकारात्मक मूल्य र मान्यतालाई भत्काउनु पनि भारतेली सरकारको नियत हो । यसका लागि जे जति लगानी गर्नुपर्छ त्यो सब भारत गर्न तयार रहेको देखिन्छ । र यसैले यहाँ आएर माओवादी केन्द्र र भारतेली शाषकको उद्देश्य र लक्ष समान रहेको देखिन्छ । हिजै पनि दशबर्से जनयुद्धका नाममा माओवादीले अपार धनजनको क्षति गराएकै हो । यसका कारण नेपाल पचासौँ वर्ष पछि परेकै हो । त्यतिका विनाश पछि डा. बाबुराम भट्टराई नामका नेता आफ्नै पहल र अगुवाइमा बनेको संविधान विरुद्ध सभासद्बाट राजिनामा दिएर मधेसमा जातीय भड्काउमा लागेकै हुन् । उनै बाबुरामको कथित नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमीले केही दिन अघि खुल्ला रुपमा नेपाल देशको खारेजीको माग गरेकै हुन् । उही ड्याङका मुला प्रचण्डहरु भारतीय शाषकका पाउमा लम्पसार परिरहेको स्पष्ट हुन्छ ।

चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणनाको उत्तराद्र्धतिर निर्वाचनमा हार्ने स्थिति देखेर गठबन्धन सरकारको नेतृत्व सरकारी निकायको मिलोमतोमा मत पत्र च्यातेर यस कामको सुरुवात माओवादीले ग¥यो । किन पनि यसो भनिएको हो भने यस सबालमा नेका सभापतिले यस घटनाको विरोध गरेनन् र प्रचण्डले चाहिँ ओठे चिन्ता मात्र जारी गरे । माओवादीले भरतपुर महानगरपालिकाको १९ नं. बडाको मतगणना स्थलमा मतपत्र च्यातेको विषयलाई मतगणना केन्द्र कब्जा गरेको भन्ने क्रित्रिम विषयलाई मुद्दा बनायो । यससम्बन्धी कुट कलुषित कर्तुृत योजना बनाउन महान्याधिवक्ता रमण श्रेष्ठको प्रमुख नेतृत्व र अगुवाइ रहेको खुलस्त भइसकेको छ । उनकै चलखेल र योजनामा निर्वाचन आयोगका कतिपय पदाधिकारी र सदस्य समेत यस अपकृत्यमा संलग्न भएको तथ्य प्रकाशमा आइसकेको छ । उक्त वडामा पुनःनिर्वाचन गर्ने सुनियोजित षडयन्त्र अन्तर्गत पूर्व योजना बनाएर मतपत्र च्यातेको अनेक घटनाक्रमले पुष्टि भइसकेको छ ।
भरतपुरमा माओवादी केन्द्रले गरेको अपकृत्य निर्वाचनको विधि,विधान र पद्धति विपरीत मात्र होइन यो सारमा देशघाती क्रियापलाप हो । त्यसैले भरतपुर घटना एमालेका मेयर पदका प्रत्यासी देवी ज्ञवालीको जित र हारको विषयमा मात्र सीमित छैन । हार्ने भएपछि मतपत्र च्यात्ने अपराधी र अपराध कर्मलाई प्रोत्साहन दिने गरी निर्वाचन आयोगले गरेको यस निर्णयले यो देश निर्वाचन नामको अर्को भुँवरीमा पर्ने निश्चित देखिन्छ । अनि यस खालको भुँवरीमा पार्ने कुनियत योजनाबद्ध रुपमा गरिएको स्पष्ट हुन्छ । जतिसक्यो छिटो संक्रमण काल समाप्त गर्नु पर्ने र संविधान कार्यान्वयन गरी संविधान अनुसार आगामी मंसीरसम्ममा सबै तहको निर्वाचन सम्पन्न गरी संघीयतालाई स्थापित गर्ने योजना तहसनहस हुन्छ । र यही काममा बिघ्नबाधा गराउन माओवादी केन्द्र लागि परेको देखिन्छ । यस पुनीत काममा नेपाली कांग्रेसले कहिले र कतिन्जेलसम्म साथ दिने हो त्यो भने हेर्न बाँकी छ ।

 

राष्ट्र,राष्ट्रियता,प्रजातन्त्र र समाजवादको नारा भट्याउने र जननायक बीपी कोइरालाको नाम अहोरात्र जप्ने कांग्रेसी नेताहरुको बुद्धि बेलैमा पलाउँछ कि पलाउँदैन त्यो पनि हेर्नै पर्ने स्थिति रहेको छ । तर सबैले याद गरे हुन्छ खुसी,खोकी,प्रेम र राजनीतिक अपराधलाई जतिसुकै लुकाए पनि एक दिन त्यो अपराध सर्वाङ्ग खुल्छ । त्यति बेला जोजो निर्वाचन आचारसंहिता विपरीत लोकतन्त्र र जनतन्त्र विरोधी अपराधपूर्ण काममा गोप्य रुपमा लागेका छन्, तिनको पोल पनि खुल्ने नै छ । अनि यो पनि सबैले जानिराखे हुन्छ । यस्ता देश,जनता,जनतन्त्र,गणतन्त्रलाई बलियो बनाउने निर्वाचन पद्धतिलाई भत्काउन उद्यत शक्तिलाई समाप्त पार्न जनबोली नै पर्याप्त हुन्छ । भनाइ नै छ एक थुकी सुकी सय थुकी नदी । जोण र कोण मिलाएर बहुआयामिक रुपमा अपराधपूर्ण क्रियापलापको विरोध गर्ने हो भने त्यसले देशव्यापी लहर सिर्जना गर्छ । राजनैतिक,सामाजिक,कला साहित्यिक,सांगीतिक ,वैचारिक बौद्धिक,सांस्कृतिक आदि अनेक विधा,विधि र पद्धतिका माध्यमले आवाज बुलन्द गर्ने हो भने कुनै र कस्तै खालका देश र जनता विरोधी शक्ति र तागतलाई निस्तेज पार्न सकिन्छ । १०३ वर्षसम्म राणा विरोधी जनबोलीकै परिणाम राणशासनको अन्त्य भएको हो । तीस वर्षसम्म राजशाही पञ्चायती शासनका विरुद्धको बहु आयामिक संयुक्त आवाज र आन्दोलनबाट पञ्चायतको दाहसंस्कार भएकै हो ।

 

२०६४ को संविधान सभामा पहिलो शक्ति बनेको माओवादीलाई दोस्रो संविधान सभामा तेस्रोशक्तिमा ओरालेको जनबोलीका कारणले नै हो । एमाले जस्तो पार्टी र मोर्चा संगठनको देशव्यापी संगठन,सिर्जना र सिद्धान्तको सञ्जाल रहेको सुदृढ पार्टीमा जनविरोधी शक्ति,व्यक्ति र प्रवृत्तिलाई पछार्न कुनै आइतबार पर्खिनु पर्दैन । बोली बोल्ने पनि सुरिलो र बान्किलो भाखा हुन्छ । जोण कोण मिलाएर बोल्दा आधा काम सकिन्छ । तर यस मानेमा तमाम एमाले एकमुख र एकजुट भएर भरतपुरमा भएका जस्ता तमाम अपराधपूर्ण अपकृत्य जनसमुदाय समक्ष प्रवाह गर्न नसकेको देखिन्छ । एमालेको पार्टी र मोर्चा संगठनमा भएको अपार शक्ति र सामथ्र्यलाई आआफ्ना शक्ति,प्रतिभा,सिर्जना र संगठनका आधारमा पार्टीका आन्तरिक अन्तर्विरोधी आग्रहबिना सुसंगठित र सुव्यवस्थित रुपमा परिचालित हुने र गर्ने हो सय थुकी नदी बनाएर जनविरोधी शक्तिलाई बगाउन सकिन्छ । भारत प्रायोजित नेपाल नाकाबन्दीमा यसको प्रत्यक्ष उदाहरण हामी सितै विद्यमान छ । मतगणना स्थल कब्जा भएको निहुँ बनाएर यसैलाई नजिर बनाउने हो भने अब हुने निर्वाचन कुप्रभावमा पर्ने स्पष्ट देखिन्छ । यस काममा महान्यायाधिवक्ता रमण श्रेष्ठको चलखेल रहेको सञ्चार माध्यममा आइरहेको छ । श्रेष्ठले नै निर्वाचन प्रमुख लगायत यस घटनाको अध्ययन,जाँचपडताल र अध्ययन अवलोकन गरी प्रायोजित प्रतिवेदन तयार गरिएको देखिन्छ र यही प्रतिवेदनका आधारमा निर्वाचन आयोगले प्रायोजित फैसला गरेको स्पष्ट हुन्छ । उक्त महानगरको वडा नं.१९ मा मतगणना स्थलमा प्रायोजित कब्जाको हवाला दिएर पुनः मतदान गर्ने जुन निर्णय वा फैसला निर्वाचन आयोगबाट भएको छ ,त्यो सुनियोजित तथा प्रायोजित षडयन्त्र रहेको पुष्टि भएको छ ।

 

चितवनका प्रहरी प्रमुखले नै मतपत्र च्यात्ने माओवादी केन्द्रका आर्यकर्ता द्वय द्रोण सिबाकोटी र मधु न्यौपाने अपराधीका रुपमा अदालतबाट दण्डित नै भइसकेका छन् । भरतपुर घटनाका बारेमा निर्वाचन आयोगका कतिपय सदस्यहरुको ढुलमुले दृष्टिकोण देखिन्छ । कतिले यस निर्णयमा स्पष्ट असहमति जनाए तर पनि माइनटमा असहमति नजनाएको जानकारी पाइएको छ । भरतपुरका निर्वाचन अधिकृत बामन प्रसाद न्यौपानेको निस्पक्षतामा गम्भीर आशंका उत्पन्न भएको छ । न्यौपानेलाई शौच लाग्ने समय र मतपत्र च्यात्ने समयको मिलान संयोग हो कि सुनियोजित ? अनि निर्वाचन अधिकृत बामन प्रसाद न्यौपानेले मतपत्र च्यात्ने मान्छे नदेख्नु अनि मतगणना स्थल रणभूमि भएको देख्नु भनेको बिलकुल असंगत हो । त्यसमा पनि मतगणना स्थलमा उपस्थित राज्यको सुरक्षा संयन्त्रले मतपत्र च्यात्ने अपराधी देख्ने,पक्रने र सजाय दिने तर न्यौपानेले नदेख्ने कारण के हो ? मात्र मतपत्र च्यातिएको विषयलाई निर्वाचन अधिकृतले मतगणना स्थल कब्जा गरेको किन र के कारणले देखे ? अनि उनले हुँदै नभएको कब्जा गरिएको विवरण आयोग समक्ष किन प्रस्तुत गरे ।

 

यी परस्पर बाझिएका विषय हुन् । अनि यतिका दुनियाँले देखेका सत्यतथ्य प्रामाणिक विवरण हँदाहुँदै निर्वाचन आयोगले पुनः मतदान गर्नु पर्ने निर्णय गर्नु विधिसम्मत देखिन्न । यस विषयमा सर्वोच्च अदालतले पनि अवश्य सही फैसला गर्ने नै छ तर माओवादी केन्द्रको मतपत्र च्यात्ने काम जनतन्त्रको घोर अपमान र उपेक्षा हो । यो माओवादीको जनतन्त्रको चीरहरण हो र यसको फड्के किनारा साछी बस्ने नेपाली कांग्रेस चोखो देखिन्न । किनभने गर्ने र गराउने,अपराध गर्ने र यसलाई दृढ समर्थन गर्ने जोकोही चोखो हुनसक्तैन ।

प्रतिक्रिया

सम्बन्धित