साहित्यकार ढकालको निधन

काठमाडौँ । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई यहाँ निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो । सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उहाँले अङ्ग्रेजी विषयमा अध्यापन गर्नुभएको थियो ।

हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आउनुभएका ढकालका ‘छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायत फुटकर रचना प्रकाशित छन् । स्व ढकालका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । रासस

प्रतिक्रिया

सम्बन्धित