पारिजात पुरस्कार चार जनालाई

काठमाडौँ । पारिजात स्मृति केन्द्रले आज चार स्रष्टालाई पुरस्कृत गरेको छ। केन्द्रको ‘पारिजात सृजन सम्मान’ बाट हेमनाथ पौडेल, ‘पारिजात सङ्घर्षशील नारी सम्मान’ बाट शशी श्रेष्ठ, ‘पारिजात कला सम्मान’ बाट श्याम तमोट र ‘पारिजात बाल-साहित्य सम्मान’ बाट विजय चालिसे सम्मानित भए। ती पुरस्कार जनही रु १० हजार राशिको छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र वरिष्ठ साहित्यकार शान्तादास मानन्धरले संयुक्त रुपमा ती पुरस्कार प्रदान गरे। कार्यक्रमका सभाध्यक्ष रायनलगायतले स्रष्टा पारिजातको व्यक्तित्वबारे चर्चा गरेका थिए।

विसं १९९४ वैशाखमा जन्मिएकी पारिजातका ‘शिरीषको फूल’, ‘अनिदो पहाड’ लगायत कृति प्रकाशित छन्। उनको निधन २०५० साल वैशाख ५ गते काठमाडौँम भएको थियो।

प्रतिक्रिया

सम्बन्धित