चुनावी व्याख्या र जनचाहनामा– नेतृत्व
पहिलो चरणको निर्वाचनसँगै जोडिएर दोश्रो चरणका बारेमा सञ्चार माध्यम, अनलाइन, पत्रपत्रिका, फेसबुक, ट्विटर मात्र नभई चोक, चिया पाटी, प्रायः जमघट निर्वाचनमय नै बनेको छ । बीस वर्षपछि भइरहेको निर्वाचनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने आशासँगै ग्रामीण जनतामा उत्साह बढेको पाइन्छ । मत परिणामका व्याख्या र अनुमान उत्तिकै भइरहेकै छन् । स्थानीय स्रोतको परिचालन गर्दै ‘आफ्नो गाउँ, आपैmँ बनाऊँ’ भन्ने आदर्श विचारले अलिकति देशको शक्ति विकृन्द्रीकृत बन्दै गएको आभाष हुन्छ । देश विकास हुन व्यक्ति, परिवार हुँदै समाज, टोल, क्षेत्र, प्रदेश विकसित बन्दै जानु आवश्यक पर्छ नै ।
सहरीकरणले निम्त्याएको जटिलतालाई ग्रामीण विकासको सोचले घटाउने अर्को आशाको किरण पलाएको छ । खचाखच खाँदिएर त्यसमा पनि चर्को भाडा तिर्दै विषादि मिसिएको सब्जी खानुपरेका तीता यथार्थमा कतिपय घरबेटीले गरेका अमानवीय कर्तुतले मन चसक्क पारेको छ । त्यसमा पनि काठमाडौँको प्रदूषणले उमेरमै रोगको सिकार बन्नुपर्ने विवसता घट्ने अनुमान लगाउन थालिएको छ । विशेषतः शिक्षा, स्वास्थ्य, नव परिवर्तित सञ्चार, बाटोघाटो, रोजगारका अवसर, बिजुलीजस्ता सुविधाका कारण ग्रामीण समुदायले सहरतिर लम्किनु परेको बाध्यता हो । स्थानीय निर्वाचन पश्चात् सो सुविधाले ग्रामीण बस्ती सुसज्जित हुने अपेक्षासँगै गाउँ फर्क अभियानमा एउटा रौनक ल्याएको प्रतीत हुन्छ ।
चुनावी दौडानसँगै घोषणपत्रमा कोरिएका सपनाले भने जनतामा उस्तो विश्वास नगरेको पनि उत्तिकै छ, तथापि केही परिवर्तन हुने तथा केन्द्रिय शक्तिका कारण भोगिएको सास्ती कम हुने जनसोच पनि बढेको पाइन्छ । विगतका चुनावमाभैmँ भोट माग्ने बेलामा जनताका घरदैलोमा जाने तर अरु बेला जनगुनासालाई भाषणमा सीमित राख्ने परिपाटीले विकासमुखी भावनालाई समेटिएका पाटीका घोषणापत्रप्रति जनतालाई विश्वास लाग्दैन । जनताका पिर मर्कालाई बेलाबेलामा बुझ्ने आदत हुने हो भने यसरी चुनावमा घरदैलोमा हात जोड्ने आवश्यकतै पर्ने थिएन होला । यद्यपि स्थानीय निर्वाचनमा भने आफ्नै छरछिमेकी वा आफन्त उम्मेद्वार भएका कारण सर्वसाधारणलाई चासो र उत्साहको विषय बनेको छ । प्रचारमय बनेको चुनावी माहोलमा भइरहेका आचारसंहिता उल्लङ्घन, झडप मात्र नभएर हत्यासम्मका कार्यप्रति भने जनतालाई स्वच्छ, स्वस्थ निर्वाचनप्रति भय उत्पन्न भएको छ ।
एउटा सभ्य नागरिकले यहाँसम्मको निर्ममतालाई रुचाउन सक्दैन । कसैलाई दोषी बनाएर आपूm इमान्दार भएको पुष्टि गर्नुभन्दा आदर्श व्यक्तित्वको सोचले जनताको भावनालाई बुझ्नुमा बुद्धिमानी हुन्छ । हरेक नेतृत्वले सङ्कीर्ण सोचलाई त्यागेर सिङ्गो समाज र देशको समुन्नतिलाई हेरेमा मात्र आदर्श नेतृत्वको परिचय झल्किन्छ । सामाजिक सञ्जालमा आचारसंहिता उल्लङ्घन गर्दै एक अर्काप्रति अनावश्यक आरोप प्रत्यारोप गर्दै आपूmलाई राम्रो भन्ने सङ्कीर्ण सोचले पनि जनतामा भावनात्मक दमन भएकोभैmँ लाग्छ । यसको साटो जनताको भावना जित्नलाई जनचाहना बमोजिमका सुविधामा ध्यान दिनु उपयुक्त हुने थियो होला कि । अझ भोट हाल्न नजानेर बदर हुने मतदातालाई सिकाएर सहयोग गरेमा झनै बुद्धिमानी होला नै । विरोधी भावनाले आपूm राम्रो हुँ भन्ने प्राचीन सोचलाई अब हरेक दल, कार्यकर्ता या त सचेत नागरिकले बदल्नु अत्यावश्यक छ ।
कतिपय स्थानमा गठबन्धनको उम्मेद्वारीका कारण जनतामा कता–कता भावनात्मक दोधारको स्थिति उत्पन्न भएको बुझिन्छ । चोक, समुदायमा कसले जित्ला भन्ने प्राक्कल्पनाले वादविवाद सृजना गर्दै गर्दा चर्काचर्की पनि चलेको सुनिन्छ । आशाको गोरेटासँग हुर्किएको चुनौतिलाई जनता आपैmँले सुझबुझमा राख्नु साँचो पहिचान बन्ला । त्यसमा पनि चुनावलाई धाँधलीरहित, स्वच्छ, स्वस्थ र दबाबरहित बनाउनलाई बाधा पु¥याउनु भनेको आफ्नो अधिकारलाई आपैmँले डढाउनु हो भन्ने कुरालाई प्रत्येक नागरिकले मनन गर्नु आवश्यक छ । आज पनि हाम्रो देशका कुना कन्दराले गरिबीको रापबाट उम्कन नपाएको बाध्यताले नोटमा बिक्ने भोटको कारण अधिकार कुण्ठित छ । नेताहरू गरिबका टहरामा गएर भोट माग्न जान्ने तर जितेर गएपछि फर्केर नहेर्ने प्रवृत्तिले पनि जनताले उक्सिन पाएका छैनन् ।
जनतालाई गाँस टिप्ने समस्या छ, फलतः कर्णाली क्षेत्रजस्ता बस्तीले निर्वाचनलाई भन्दा यार्सा टिप्ने कामलाई प्राथमिकतामा राख्नुपरेको विडम्बना छ । आफ्नो गाउँको समुन्नतिप्रतिको समृद्ध सोचलाई मूर्तता दिने सर्जकले बाटो खोजिरहेका छन् । राज्यले निर्वाचनका लागि ठूलो लगानीबाट मतदाता नामावली प्रकाशनदेखि मतपेटिका निर्माण र मतपत्र छपाइ, मतदाता शिक्षा कार्यक्रम, स्थानीय निर्वाचन अधिकृतको कार्यालय स्थापनापश्चात् मतदाता पत्र प्रदान गर्दै गएको छ । यसर्थ अब त स्थानीय सम्भाव्यता र विकासशील अवस्थाको उत्खनन हुनु, योजनामा जनसहभागिता जुट्नु पक्कै विचारणीय बन्ला । अझ पाटीका सभामा हजारौँले दिएको समय र त्यो सभामा खर्चिने रकमको उत्साहजस्तै हरेक नागरिकले विकासमा जुट्न थाल्ने हो भने मुलुकले कति चाँडो मुहार फेथ्र्यो होला ।
अब बन्ने हरेक नेतृत्वले रामराज्यको सोचलाई चिन्नु आवश्यक छ । अनेक बखेडाका अड्को थापेर देशलाई झुलाउन जान्ने तर गरिबका शरीरमा एक सरो कपडा फेरिदिन आँट नगर्ने हाम्रा स्वभावको परिणाम गरिबीको पीडा नै हो । समस्यामा झुल्ने आदतले कैयौँ वर्ष विकासका महान् योजना पछि परिरहेका छन् । भ्रष्ट्राचारीलाई पक्षपोषण गर्ने ठीक विपरीत कर्मशीलको प्रशंसा र प्रोत्साहनको साटो खुट्टो तान्ने पुरानो स्वार्थी आदतले राम्रै नेतृत्व कतै न कतै चुकेका यथार्थ छन् । कैयाँै जनताले आफ्नो सीप र क्षमतालाई घर, टोलमा पोख्न पाउने आशा बोक्दै घरपरिवारसँग नातो गाँस्न चाहेका छन् । थप अभिलाषामा चुनावी आस्थासँगै मनका पीडा र रोजगारी अभावका पीडा भाव पस्किरहेका छन् । यो पनि असत्य होइन, दशौँ वर्ष यतादेखि देशका मोटा–मोटा रकमले नैतिकता र अनिर्णयको बन्दीमा डुबाउँदै विकासको साटो विनास, मारपिट, आन्दोलन, चक्काजामजस्ता आर्थिक दुरुपयोगी भड्किला व्यवहारबाट अब भने जनताले पाठ सिक्नु आवश्यक छ ।
यो रकम र यो जनशक्ति दशौँ वर्ष यसरी विकासकै मार्गमा एक भएर होमिने हो भने देशले गरिबीको पगरी गुथिरहनुपर्ने बाध्यता पक्कै समाप्त हुन्थ्यो होला । आ.व.२०७२÷०७३ को आँकलनअनुसार एउटा नेपाली शिशुले नेपाली भूमिमा जन्मदा उसको टाउकोमा रु.२१,४१५ ।– ऋण बोकेको हुन्छ । गरिबीको वेदनाले छटपटिँदै पसिनालाई पैसामा साट्ने ठूलो स्वप्ना बुनेर हजारौँ नेपाली युवायुवतीले विदेशिनुपरेको पीडाले कस्को मन नदुखेको होला । जति नियम बनून् तर मेनपावरमा घरखेत धितो राखेर ल्याइएको लाखौँको बिटो बुझाए पनि तोकिएको रकम मात्र तिरेको बिल पेस गरी विदेशिनै पर्ने बाध्यताले श्रमप्रेमीका कलेजीमा दर्द छ । कति नेपालीले परदेशकै भूमिमा आफ्नो प्राण छोड्नु परेको, कतिका हत्या गरिएका हृदयविदारक घटना सञ्चार माध्यममा आइरहेकै छन् । अतः स्थानीय निर्वाचनसँग स्वरोजगारीका सपनालाई नेपाली जनताले बुन्न थालेका छन् ।
जनताले नेता र नेतृत्वलाई जताततै गाली गर्छन् । सत्तोसराप गर्छन्, यतिसम्म कि राम्रो काममा समेत् विश्वास नलागेर विरोध गर्न बाँकी राख्दैनन् । कारण राजनीतिले उत्पन्न गराएको वितृष्णा नै हो । तर, हामी सबै सकारात्मक उन्नति चाहन्छौँ तर अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ । आजसम्म त भ्रष्ट्राचारको क्षेत्र सानो थियो तर स्थानीय चुनाव हुँदै जाँदा भ्रष्ट्राचारको आशा गर्नेहरू गाउँ–गाउँ, चोक–चोकबाट जन्मिनु हुँदैन । देशमा पीडा र जनभावना पर्दापछि नै रहेको गुनासा छन् । भूकम्प पीडितमा फास्ट ट्रयाकको नीति बन्न सकेन । बृद्ध, बालबालिका, सुत्केरी असक्त खुल्ला आकाशमा सहारा माग्दै गरेको दुःख देख्न नसकेर कसैले अलिकति दया ग¥यो । नेपाली मरे । नेपालीलाई दुःख भयो भन्दै गर्दा मनकारीहरूले दिएका राहतलाई सजिलै कुम्ल्याउने धृष्टतामा नेपालीले नै कञ्जुस्याईँ गरेन ।
त्यसैले त नेपाली जनताले नेताको भ्रष्ट्राचारी, स्वार्थी प्रवृत्तिका कारण राष्ट्रवादी विचारलाई पनि छुट्याउन पाएका छैनन् ।
सेवा र जिम्मेवारी बाँडफाँड गर्ने उद्देश्यले देशका कुना कन्दरालाई विकसित तुल्याउँदै सम्पूर्ण जनताका हक र अधिकारको सुनिश्चितता गर्न तथा समृद्ध बनाउने मूल आधारशीला स्थानीय निर्वाचनले चुन्ने आशा जनतामा जागृत भइरहेको छ । केवल नेतृत्व छान्नेभन्दा गाउँ विकासमा सबल जनप्रनिधि चयनलाई लिएर जनतामा उत्साह छ । आफ्ना हक र अधिकार सुनिश्चित गर्दै शक्ति विकेन्द्रीकरणको आशाले जनमानसमा उमङ्ग बढ्दो क्रममा छ ।
भ्रष्ट्राचार नियन्त्रण गर्दै गाउँको विकास गर्नसक्ने ‘हाम्रोलाई होइन राम्रोलाई भोट’ भन्ने नवसोच र नारा जन्मिरहेका छन् । आफ्नो दुःख आपैmँसँग हुन्छ । मर्दापर्दा चाहिने इष्टमित्रको स्वाभिमानी नेपाली परम्पराको प्रेम विश्वका कुनै देशमा छैन । तर, हामीले हाम्रो घरायशी स–साना विषयलाई पनि पराइसमक्ष लाजमर्दो गरी झोली पैmलाएर सहयोगमा साथ माग्नु आवश्यक र नैतिकताका लागि पाच्य नहोला । देश हाम्रो हो, देशको परिमाण भलै सानो होला तर देशप्रतिको श्रद्धा हरेक देशप्रेमीका लागि सदैव महान् हुन्छ । जनताका समस्यालाई बुझ्ने प्रेमी भावलाई चिनौँ । अतः अब भाषणले होइन व्यवहारले जनभावनालाई समेट्ने राष्ट्रवादी नेतृत्वले समाजको मनलाई जित्ने समय आएको अनुभूत हुन्छ ।
प्रतिक्रिया