दुई दशक पछिको खुसी

दुई दशक पछि अर्थात वि.स. २०७४ साल बैशाख ३१ गतेका हुन लागेको स्थानीय तहको निर्वाचनले नागरिकहरुमा एक प्रकारको खुसीयाली ल्याएको छ । निकै उत्साहपूर्ण रुपमा आफ्नो अमुल्य मतदान गरी हाम्रो भन्दा राम्रो ब्यक्तिलाई जनप्रतिनिधीको रुपमा विजय गराउँदै छन । माओवादीले चलाएको दश वर्षे सशस्त्र द्धन्द्धपछि लामो समयसम्म स्थानीय निकायको चुनाव हुन सकेको थिएन । यति लामो समयसम्म स्थानीय तहको चुनाव नभएका कारण देशको विकास दुई दशकमात्र हैन सयौं वर्ष पछि धकेलीयो ।

प्रेमबहादुर शाही

आम नागरिकहरुले चाहेको र सोचेको जस्तो देशको विकास हुन सकेन । गाउँ घरमा स्थापना भएका सरकारकारी तथा गैर सरकारी कार्यालय, संघ÷संस्थाहरु सदरमुकाममा ध्वंस्तसँगै विस्तापित हुन पुगे । यति लामो सयमासम्म आम नागरिकहरुले सास्तीमात्र वेहोरनु प¥यो । देशमा लोकतन्त्र, गणतन्त्र सहितको संघीय संविधान जारी भईसकेपछि संविधानको पहिलो कार्यान्वय भनेको स्थानीय तहको निर्वाचन गर्नु थियो । त्यो काम आजको दिनमा हुदैंछ । नेपालीहरु सवै यसमा खुसी हुनु पर्ने पनि छैन किन भने देशभर आजको दिनमा हुनु पर्ने स्थानीय तहको निर्वाचन दुई चरणमा हुदै छ ।

पहिलो चरणमा गरिने चुनावको परिणामले दोस्रो पटक हुने स्थानीयका तहको निर्वाचनलाई प्रभावित पार्ने पक्कै छ । सम्मानजनक आफ्नो विजय भएन भने निर्वाचनमा सामेल भएका दलहरु दोस्रो चरणको निर्वाचनमा भाग लिन आनाकानी गर्ने छन । आफ्नो दलहरुले विजय गरेका दलहरुले पराजित दलहरुलाई निकै नराम्रो दृष्टिले हेर्नेछन । दोस्रो चरणको निर्वाचनको लागि पहिलो चरणमा निर्वाचन भएका सम्पूर्ण जनप्रतिनिधि दोस्रो चरणको निर्वाचन हुने गाउँमा जानेछन । त्यहाँको चुनावलाई सफल गर्न जुन सुकै मुल्य पनि चुकाउन लाग्ने छन । दोस्रो चरणको निर्वाचनको लागि सरकाले निकै ठूलो कसरत गर्नु पर्ने छ ।

यति मात्र हैन दोस्रो चरणको चुनाव गर्ने सरकारलाई डुङ्गाको चिउरा चपाउन सरहनै हुने छ । एक देश एक महिनासम्म दुई देशको भएको आम नेपालीहरुको आभाव गर्ने छन । आधा नेपालमा जनप्रतिनिधी सरकारको माध्यमबाट चल्ने छ भने आधा देश केन्द्रीय सरकारले चल्ने छ । एउटै देश भित्र यस्तो प्रकारको राज्य राज्य सत्ता चल्ने छ । त्यस वेला सरकाले एक कदम अघि बढेर काम गर्नु पर्ने छ । यस्ता प्रकारका तमाम परिस्थितिलाई आत्मसाथ गर्दैं अघि बढी नागरिकहरुको मन मस्तिष्कमा सरकार बस्न सक्नु पर्दछ ।

भोलिको कुरा भोलिका दिनमा देखिएला तर आज हुन गईरहेको निर्वाचनमा मतदाताले आफ्नो मत स्वतन्त्र रुपमा आफुले चिनेको बुझेको सहि नीति र सवैको सर्व स्वीकार्य उम्मेदवारलाई मतदान गर्नु पर्ने छ । जाहे त्यो विजय उम्मेदवारले ५ वर्ष सम्म हाम्रो समाज र देशमा देख्नलाएक काम गरोस । भोलिका भावि पुस्ताले पनि त्यसबाट पाठ सिक्ने अवसर पाउन । यस्तो ब्यक्तिलाई विजय गरेपछिमा समाज, राष्ट्रको विकास, प्रगति हुनेछ । जसरी यो दिनमा मतदाताहरु निकै खुसीका साथ मतदान गर्न पाएका छन, त्यसरी नै देश छोटो समयमै काय पलट भएर आम नागरिकहरु खुसी भएको देख्न पाईयोस ।

लेखक नेपाल पत्रकार महासंघ दैलेखका कोषाध्यक्ष हुन

प्रतिक्रिया

सम्बन्धित