ईन्टरनेट सामाजिक सञ्जालको दुरुपयोगमा रोक लागाउ

अहिले गाउँ समाज सहर बुढा बच्चा सबैमा एक प्रकारको भुत चडेको छ सामाजिक सञ्जाल अन्तर्गत फेसबुक , टुइटर हरु प्रयोग गर्न सम्बन्धमा , समाजिक सञ्जाल सजिलो छिटो आफ्ना आफन्त हरु संग भेट घाट गर्ने ठाउँ बनेको छ । एक अर्काका कुरा छिटोभन्दा छिटो संप्रेसण गर्ने गर्न कुरामा सामाजिक सञ्जाल धेरै उपयोगी हुँदै गएको छ । भर्खरै को घटना बिश्वब्यापी हुन अहिले केहिबेर लाग्दैन । न कसैले कसैलाई पहिचान गर्ने परेको छ न कुनै संबेदनसिलता एक हावा को भरमा समाजिक सञ्जाल प्रयोग गर्ने हरुको संख्या धेरै भै सकेको छ ।
सरकारले इलेक्ट्रोनिक मिडियाहरु लाई खुला छाडिदिएको छ ।
एस्ले समाजमा भए हुने गरेका केही कु संस्कृती लाई बाहिर ल्याउन मदत गरे पनि दीर्घकालीन रुपमा भने एस्ले असर गरेको देखिन्छ । सामाजिक सञ्जाल र इलेक्ट्रोनिक मिडिया प्रयोगमा कसैले उत्तर दायित्व बेहोर्नु परेको छैन जहाँ जस्ले जे गरे बोले पनि भएको छ । देशको परिस्थिति संबेदनसिल अबस्थामा रहेको छ । स्थानीय तहको निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ । सामाजिक सञ्जाल मार्फत एस्को खुब प्रचार गरिएको छ । सामाजिक सञ्जाल मा निर्वाचनमा भाग लिने दल हरु ले ठुलो पैसा खर्च गर्दै प्रचार प्रसार गरेको देहिन्छ ।
सामाजिक सञ्जाल अन्तर्गत इलेक्ट्रोनिक मिडिया मार्फत राजनितीक दल हरुले आफ्ना विचार आफ्ना योजना सामाजिक सञ्जाल प्रयोग कर्ता कहाँ पुराउन दैनीक ४० लाख भन्दा बडि रकम अदृश्य रूपमा बिदेशियको अनुमान गरिएको छ । कोहि इलेक्ट्रोनिक मिडिया वा सञ्जाल मार्फत एक पोस्ट लाई बुस्ट गराइ कयौ सामाजिक संञ्जालमा पुर्‍याउन प्रयोग गरिदै आएक छ । एसरी सामाजिक सञ्जालको गलत प्रयोग गर्दै देशको आर्थिकभार लाई असर पारेका छन
 राजनितीक दलका कार्यकर्ता हरुले सामाजिक सञ्जाल भरी विभिन्न मन गडन्ते बिचार पोष्ट गर्दै सोएच्छाकारी जनतालाई भ्रममा पारेका छ्न । विभिन्न अपराधिक गतिविधिमा संलग्न भन्दै बिधुतिय नियमावली को अवज्ञा गरेका छ्न । विभिन्न पार्टी हरुलाइ दीर्घकालिन असर पर्ने गरि पार्टीका नेतृत्व हरुको फोटो लाई विभिन्न माध्यमबाट संपादन गरि तोडमोड गरि आम जनताको दृष्टिकोणमा गलत साबित गर्दै आएका छ्न । एकै घटनालाई आफू नजिक मिडिया हरुले अलग सन्देश दिने र अर्को मिडियाले अलग सन्देश दिने समाचार संप्रेशण गरि जनताको सहि सुचना पाउने अधिकार समेत बन्चित गराएका छ्न ।

प्रतिक्रिया

सम्बन्धित