फोटोग्राफी मेरो सौख हो,मलाई यसवाट कमाऊनु छैन : सुर्वणसमसेर बिष्ट(फोटोग्राफर)

भनिन्छ हजार वटा शब्द लेख्दा पनि नबुझिने कुरा एउटै तस्विरले प्रष्ट पारिदिन्छ । कुनै समय फोटोग्राफीलाई हेयले दृष्टिले समेत हेरिन्थ्यो । त्यहि बेलादेखि फोटोग्राफीलाई सौखका रुपमा अंगाल्दै अाउनुभएका चर्चित फोटा्ेग्राफर हुनहुन्छ दुर्गा बिष्ट । फोटोग्राफीको दुनियाँमा ( सुर्वण समसेर बिष्ट ) को नामले परिचित यो नाम बिशेषगरी पुर्वाञ्चलमा कुनै नौलो नाम होईन । बि.स २०४२ सालमा तत्कालिन राजा बिरेन्द्र रानी ऐश्वर्या सहित राजपरिवारका सदस्यहरु आफनै पुख्र्यौली घरमा सवारी भएका बेला डराउँदै फोटो खिच्नुभएका उहाँले त्यसपछि लगातार फोटोग्राफीमै सकृिय हुनुहुन्छ। अहिले सम्म करिब ५ हजार बढी फोटो खिचिसक्नुभएका बिष्ट समाजसेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

उहाँ सहित परिवारले मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा १ करोड भन्दा बढीको लागतमा मन्दिर निर्माण गरेको छ भने बिद्यालय निर्माण लगायत बिबिध सामाजिक कार्यमा समेत लगानी गर्दै अाउनुभएकाे छ ।  सुनसरीको इटहरीमा बुबाआमाको नाममा अक्षयकोष नै निर्माण गरेर उहाँले हरेक बर्ष सञ्चार क्षेत्रमा उत्कृष्ट काम गर्ने सञ्चारकर्मीहरुलाई पुरस्कृत गर्दै अाउनुभएकाे छ । बिष्ट पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्नुहुन्छ । बेलबारी ११ र सुनसरीको धरानमा समेत पुख्यौँली घर रहेका बिष्ट क्रान्तिकारी पत्रकार संघमा समेत आबद्ध हुनुहुन्छ ।

फोटोग्राफीमै ३ दशक बिताउनुभएका बिष्टले खिचेका तस्विरहरु राष्ट्रिय सञ्चार माध्यायमहरुले समेत प्रयोग गर्ने गरेका छन । आम्दानीका लागी भन्दा सौखका लागी फोटोग्राफी गर्ने बिष्ट सँग यही सेरेफेरोमा रहेर तयार पारिएको कुराकानीका अंशहरु ..

अाजभाेली केमा ब्यस्त हुनुहुन्छ ?

याे महिना , ऋतु भनेकाे हराभराकाे हाे यस्ताे बेला जताततै हरियाली नै हरियाली हुन्छ , माैसमपनि उस्तै त्यसैले पछिल्लाे समय यिनै हरियालीहरूसंग रमाउदै फाेटाेग्राफिमै ब्यस्त छु ।

तपाइ फाेटाेग्राफिमा रमाउन चाहने मान्छे तर मानिसहरूले समाजसेवी भनेर सम्बाेधन गरिरहेका हुन्छन ! यसताे अवस्थामा तपार्इलार्इ फाेटाेग्राफि भनेर चिनिएकाे राम्राे लाग्छ कि समाजसेवी ?

अब यसमा भन्नुपर्दा चै खानदानकाे पनि कुराे हुदाेरैछ ! हाम्रा बाबु बाजे छाेरा समाजसेवी भएकाे हेर्न चाहन्थे , तर मलार्इ चै फाेटाेग्राफरमै बढी रूचि भएकाेले फाेटाेग्रफिनै भनेर चिनिदिए धेरै उत्तम लाग्छ ।कति वर्ष भयाे तपाइले फाेटाे खिच्न थाल्नुभएकाे चै ? 

यति उति चै थँहा छैन २०४२ सालमा राजा बिरेन्द्रकाे माेरङकाे लक्ष्मिमार्गमा भ्रमण हुदा मैले नै फाेटाे खिचेकाे थिए त्याे फाेटाे अफै पनि म संग सुरक्षित नै छ ।

तपाइकाे पहिलाे फाेटाेग्रफि हाे त्याे ?

हाे त्याे मेराे पहिलाे फाेटाे ग्राफि हाे । त्यतीबेला राजपरिवारकाे फाेटाे खिच्नै पाइदैन थियाे । अाइडि कार्ड हुदैन थियाे । जेहाेस त्याे बेलाकाे फाेटाेग्राफि गरेकाे अनुभव छ ।

तपाइकाे फाेटाेग्राफि जुन तरिकाले अघि बढिरहेकाे छ अब याे डिजिटल युगमा कसताे माेड लिन्छ कुनै याेजना बनाउनुभएकाे छ ?

त्याे त फ्यानहरूसंग बसेर सुझाव लिनुपर्छ अनी अघि बढ्नुपर्छ ।

तपाइकाे फाेटाेग्राफि अाफैले मुल्यांकन गर्दा चै कस्ताे लाग्छ ?

याे त मैले भन्दापनि जस्ले मेराेबाट फाेटाेग्राफी गर्नुभाकाे छ वहाँहरूलाृइनै साेद्धा राम्राे हाेला ।

तपाइले यतिका बर्ष फाेटाेग्राफि गर्नुभयाे तपाइले खिचेका फाेटाेहरू धेरै राष्ट्रिय पत्रपत्रिका तथा सामाजिक सञ्जालहरूमापनि प्रुस्तै देख्न पाइन्छ तर त्यस्काे क्रेडिट चै लिनुहुन्न भन्ने हल्ला छ नी ?

भनिन्छ नी सन्तुस्टीनै जिवन हाे । म यसैमा खुशी छु । किनभने मैले जिवनमा कसैलार्इ केही दिइरहेकाे छु भने त्याे मेराे कला हाे । मेराे शिर्जना हाे र मेराे फाेटाेग्राफी नै हाे ।

तपाइ शाैखकालागि फाेटाे ग्राफर गर्ने भन्नुहुन्छ । फाेटाेग्राफिकै लागि तपार्इ महंगा महंगा उपकरणहरू खरिद गर्नुहुन्छ साय पूर्वमा त्यस्ताे उपकरणहरू कुने पत्रकार र अन्य फाेटाे ग्राफरहरूले प्रयाेग गरेकाे हुदैनन ।यति महंगाे धन खर्च गर्नुकाे सट्टा कुनै गरिब दुखीलाृइ सहयाेग गर्छु भन्ने लाग्दैन ?

राम्राे कुरा उठाउनुभयाे तपाइले तर मैले सहयाेग पनि उतिकै गरिरहेकाे छु फाेटाेग्राफी त मेराे साैक हाे भने समाजसेवा त जुने बेलापनि गरिनै रहेकाे हुन्छु । फरक यति नै हाे अरू समाजसेवासंगै प्रचार गर्छन मलार्इ त्यस्ताे मन पर्दैन । अब मैले कराेडाैकाे लगानीमा लक्ष्मीमार्गमा मन्दिर बनाए । अामाबाबुकाे नाममा अक्षयकाेष खडा गरे , भुकम्प अाएकाे बेला लाखाै रूपैयाकाे राहत बाडे तर चर्चामा अाउन चाहिन किनकी सेवा नै धर्म हाे भन्ने मलार्इ राम्राेसंग थहाँ छ ।

तपाइकाे घरमा राजपरिवारकाे अाउने जाने चलिरहन्थ्याे जुन तपाइले पनि भनिसक्नुभयाे तपाइचाहि पछल्लाे समय राजतन्त्र फर्कियाेस भन्न चाहनुहुन्छ कि लाेकतन्त्रमै रमाउन चाहनुहुन्छ ?

मेराे घर धरान महेन्द्र क्याम्पस पछाडी हाे जहाँ पुराना र परिचित दाइहरू हुनुहुन्थ्याे जसतै जेबी टुहुरे , मञ्जुल , जेबि टुहुरे, दाेर्जे दार्इ जाे अाइजिपी पनि हुनुभाे उहाँहरूकाे संगत गरेर म चै सच्चा कम्निस्ट तिर लागे २०४३ सालकाे मैना क्याम्पस पढ्दा अखिलकाे बिद्यार्थी पनि थिए । अहिले क्रान्तिकारी पत्रकार संघमा पनि छु ।

तपाइकाे परिवार चै राजतन्त्रकाे पक्षमा अनी तपार्इ चै क्रान्तिकारी बिचार बाेकेर हिडिरहनुभएकाे छ यसाे गर्दा घरमा कहिल्यै समस्या परेन ? 

हैन बाटाे एउटे हाे । सत्य मार्गमा हिडनकाे लागि कस्ले राेक्ने ? राजतन्त्रमा त अहिलेपनि युवाहरू उतिकै सकृय छन नि । म कम्निस्टमा अाएर याे देश र जनताकाेलागि केही गर्न सक्छु की भनेर लागिपरेकाे मात्रै हु । स्थान त एउटै हाे उहि पार्टी मात्रै परिवर्तन हाे जस्ताे मलाइ लाग्छ ।

समाजसेवाकाे कुरा गर्ने हाे भने पूर्वकाे बिभिन्न ठाउहरूमा यहाँकाे कराेडाै लगानी देखिन्छ । तर तपाइ पछिल्लाे समय याे समाजसेवीलाृइ छाडेर फाेटाेग्राफि तिर रमाउन थाल्नुभयाे अर्काे कुरा फाेटाेग्राफिबाट तपाइ एक रूपैया पनि लिनुहुन्न भन्ने कुरा छ नी ? 

हाे मैले माेरङकाे लक्ष्मिमार्गमा बुवाअामाकाे नाममा एक कराेड मुल्य बराबरकाे मन्दिर बनाकाे छु मन्दिरमा गुरूबा र गुरूअामा बस्नुहुन्छ ।मासिक १० हजवार तलब पनि मैलेनै उपलब्ध गराउदै अाएकाे छु । मेराे बुवाकाे इच्छा भनेकै राजनीति र समाजसेवा हाे । तर मलार्इ राजनीति मन पर्दैन । बुवाहरूले मेचिदेखी महाकाली सम्म नाम कमाउनुभयाे मेले के गर्ने त भन्दा यहि फाेटाेग्राफिबाट सेवा दिने हाे ।

उमेरकाे हिसाबले हेर्दा ५ दशक कटिसक्नु भयाे तरपनि जाेश जागरकाे तपाइमा कुनै कमि छैन याे बिषयमा के भन्न चाहनुहुन्छ ?

याे के हाे भने जुनै काममा पनि अात्म सन्तुस्टी हुनुपर्छ मान्छे १०० बर्षै किन नपुगाेस उसकाे जाेस जागर अाजपनि उत्तीकै हुन्छ । अर्काे कुरा कसैलार्इ भित्री मनदेखी सहयाेग गरिएकाे हुन्छ उसकाे अनुहारमा देखिएकाे एक चमक जुन छ त्याे नै मेराे लागि उर्जा बनिदिन्छ बस ।।

तर तपार्इलार्इ अाराेपपनि लाग्ने गरेकाे छनी कि बिस्ट चै पूर्ख्याैली सम्पतीमा माेज गर्छ भनेर यस्लाृइ कसरी लिनुहुन्छ नी ?

अब याे त एक बाेरा अालुमा एक दुर्इ दाना त कुहेकाे परि हाल्छ नी यस्तै भन्दै चित्त बुझाउने हाे । फेरी मैले मेराे पुर्ख्याेली सम्पतीमा कसैकाे मान हानी भएकाे छ र मैले मेराे सम्पतीबाट दान र जनताकाे लागि काम गर्दा कसैकाे मन दुख्छ भने मलार्इ केही भन्नु छैन ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…