कुलमान घिशिंङ्गलाइ यु.ए.इ.बाट पाठकपत्र

संसारमा यस्ता व्यक्ति पनि जनमिन्छन्, जसले कहिले पनि आफ्नो नैतिकता, इमानदारिता र धैर्यतालाई गुमाउँदैनन् । कहिल्यै पनि लोभ लालचमा पर्दैनन् ।अरुको सम्पत्तिमा आँखा लगाउँदैनन् अनि देश र समाज सेवा उनीहरुको रगतमै बगेको हुन्छ । यस्ता इमानदार र कर्तव्यनिष्ट व्यक्तिलाई समाजका सबै वर्गले चिन्न र बुझ्न सकेका हुँदैनन् । कसैकसैका त सकारात्मक पक्ष यति बलियो हुन्छ कि त्यसले उसका नकारात्मक पक्षलाई नै छायामा पारिदिन्छ । त्यस्ता व्यक्तिका रुपमा ऊर्जा मन्त्री जनार्दन शर्मालाई लिन सकिन्छ । तर कुलमान घिसिङका नकारात्मक पक्ष भेट्न गाह्रै पर्छ । जसरी मनमोहन अधिकारि र मदन भण्डारीका नैतिकता र इमानदारितामाथि कसैले प्रश्न उठाउन सक्दैनथ्यो त्यसैगरी कुलमान घिसिङ पनि त्यस्तै व्यक्ति हुन् भन्ने कुरामा कुनै सङ्का छैन ।

 

इमानदार र कर्तव्यनिष्ट भएर सिङ्गो नेपाललाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेका कुलमानको गुन आम नेपालीले कहिल्यै बिर्सन सक्दैनन् । त्यसैले कुलमान घिसिङको नैतिकता र इमानदारितामाथि शङ्का गर्नु उनीमाथि अन्याय हुन जान्छ । उनले चाहेको भए दुई तीन घण्टा लोडसेडिङ गराएर पनि करोडौँ कमिसन खान सक्ने थिए ।

मीनबहादुर पण्डित

दुरदराजका मान्छेले पनि कुलमानको नैतिकता राम्रैसँग बुझेका छन् । त्यसैले केही अबुझ व्यक्तिले आरोप लगाउँदैमा दुःख मान्नुपर्ने स्थिति विल्कुल छैन । कुलमान विशुद्ध प्राधिकरणका कर्मचारी हुन् । उनलाई राजनीतिक पार्टीसँग लिनुदिनु छैन । उनी कुनै पार्टीप्रति आस्था राख्छन् भने त्यो उनको व्यक्तिगत कुरा हो । त्यसैले यो विषयलाई लिएर कसैले पनि राजनीतिक फाइदा लिन खोज्नु हुँदैन । कुलमान कुनै राजनीतिक पार्टीको ब्रान्ड एम्बेस्डर पनि होइनन् । तर जसले कुलमानको प्रतिभालाई चिनेर ठाउँ दियो, त्यो व्यक्ति जुन पार्टीको भए पनि तारिफ गर्नेपर्छ ।

 

अहिले विद्युत किफायतका लागि एलईडी बल्ब खरिद प्रक्रियमा केही हल्ला फिँजाइँदैछ । टेन्डर नगरी सीधै खरिद गर्दा अनियमितता हुने कुरा उठाइँदैछ । यो केवल काम गर्ने व्यक्तिलाई अवरोध गर्न मात्र फिँजाइएको हल्ला हो ।

 

किनभने टेन्डर गर्दा गुणस्तरीय समान नपर्न पनि सक्छ । समान गुणस्तरीय भएन भने एक वर्ष टिक्ने बल्ब छ महिना पनि नटिक्न सक्छ । त्यसैले क्वालिटीमा कुनै सम्झौता गर्नु हुँदैन । फिलिप कम्पनी लाइटका लागि विश्वासिलो र विश्वप्रसिद्ध छ । अर्को कुरा नेपालमा वर्षको चार अरबको एलईडी बल्बको माग छ भने फिलिप कम्पनी वा त्यस्तै कम्पनीसँग कुरा गरेर नेपालमै कारखाना खोलेर यहीँ उत्पादन गर्न सकिन्छ । प्राधिकरण आफैले एलईडी बल्ब उत्पादन कम्पनी खोले पनि झन् राम्रो हुन्छ । सुरुमा विदेशी प्राविधिक र प्रविधि ल्याएर कम्पनी खोल्ने, पछि नेपाली प्राविधिकले पनि काम सिक्न सक्छन् । यसो गर्न सकियो भने अरबौँ रकम विदेशिनबाट जोगिने थियो साथै रोगजारीका अवसर पनि सिर्जना हुने थियो ।

 

वर्षौंदेखि घाटामा चलेको नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङकै कारणले नाफामा जाने स्थितिमा पुगेको छ । केही वर्षमा बिजुली निर्यात गर्ने स्थितिमा पुगेको छ । अब विद्युत उत्पादन बढाएर विद्युतबाटै खाना पकाउनेतिर लाग्नुपर्छ ।
त्यसका लागि नेपाल विद्युत प्राधिकरणले नै इन्डक्सन चुलो किनेर जनतालाई सस्तोमा दिलाउनुपर्छ । सस्तो र सुलभ भए जसले पनि किन्नेछन् । यसबाट ग्यासको खरिदबाट विदेशिने अर्बौं रकम जोगिने छ । मेट्रो रेल र सवारी साधन पनि बिजुलीबाट नै चलाउनेतिर लाग्नुपर्छ । यसले गर्दा अर्बौको पेट्रोल जोगिन्छ ।
हाल : यूएई

प्रतिक्रिया

सम्बन्धित