युवाको हातमा देशको भविष्य

२०५४ सालमा जन्मेको बालक अहिले २० वर्षे युवा बनेको छ । त्यति बेला स्थानीय निकायमा निर्वा्चित जनप्रतिनिधिहरू अहिले ४५ देखि ६० वर्ष नाघेका छन् । यो उमेरको अन्तरालमा नेपाली राजनीतिमा धेरै परिवर्तन भएको छ । नेपालका हरेक राजनीतिक परिवर्तनमा बलिदानीपूर्ण सङ्घर्ष गर्ने युवाहरूको लामो पङ्क्ति अहिले नेपालका राजनीतिक दलका सङ्गठित, क्रियाशील राजनीतिमा स्थापित भएका छन् । राजनीतिक दललाई जनताका बीचमा स्थापित गर्ने काममा नेपाली युवाहरूले रगत पसिना खर्चेका छन् र नेपालका राजनीतिक दलहरूका हरेक अभियानहरूमा पार्टीलाई स्थापित गर्ने अभियानमा निरन्तर लागिरहेका छन् । नेपाली युवाहरूमा नेपालको विद्यमान राजनीतिक अवस्थाप्रतिको चिन्ता, चासो र गुनासाहरू पर्याप्त मात्रामा विद्यमान रहेका छन् । युवाहरुको हातमा देशको भविष्य छ ।

त्यस कारण पनि युवालाई स्थानीय निर्वाचनमा जिताउँन आम युवाहरु लाग्नु पर्छ । यो पार्टी त्यो पार्टि भन्दा पनि युवाहरुलार्य अगाडी वढाउँन युवाहरु नै लाग्नु पर्ने दखिन्छ । त्यो सँगै देशभित्रै रहेर काम गर्ने अवसरको अभावले अधिकांश युवाहरू नेपाली राजनीतिबाट पर विभिन्न खाडी मुलुकहरूमा गएर रोजगारका लागि विदेशिएका छन् । अहिले राजनिति वुझेका परिपक्क युवाहरु राजनितिमा हामिएका छन । त्यस कारण पनि स्थानीय निर्वाचनमा उठेका नेतृत्वलाई अगुवाहरुले हचुवाको भरमा हिड्नु हुन्न । यो निर्वाचनले नेपालमा स्थापित लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आधारभूत जग निर्माण गर्ने र बितेको झण्डै दुई दशकभन्दा लामो समयदेखि स्थानीय तहमा रहेको निर्वा्चित जनप्रतिनिधिहरूविहीनताको अवस्थालाई समाप्त पार्दै देशमा चौपट अवस्थामा रहेको विकास निर्माणको अभियानलाई गति दिँदै नेपालको अर्थतन्त्रलाई मजबुत बनाउनका लागि महत्वपूर्ण योगदान गर्नेछ ।

हेमकर्ण पौडेल

देशभर चुनावी माहोल वने सँगै युवा पिडिमा चुनावको उत्साह थपिएको छ । निर्वाचनपछि देशभरिमा निर्वा्चित स्थानीय तहको क्रियाशीलताले एकातिर विकास निर्माण अभियानलाई योजनाबद्ध बनाउनेछ भने अर्कोेतिर जनताप्रति उत्तरदायी शासन व्यवस्था जनताको घर आँगनमा स्थापित हुनेछ । निर्वा्चित स्थानीय तहमा निर्वा्चित हुने जनप्रतिनिधिहरू स्थानीय जनताप्रति जवाफदेही र उत्तरदायी बन्ने प्रकृयाको थालनीले नेपालमा सुशासित शासन व्यवस्थाको सुरुवात पनि गर्नेछ । पछिल्लो दुई दशकभन्दा लामो समयदेखि स्थानीय निकायहरूमा जारी रहेको अराजकता, मनपरीतन्त्र र भ्रष्टाचारलाई समाप्त पार्दै जनताका आवश्यकतामा आधारित भएर आम जनताकै सहभागितामा स्थानीय विकास पूर्वाधारहरूको निर्माण, परिचालन तथा संरक्षणको व्यवस्थापन गर्नका लागि योगदान गर्ने छ ।

युवा जोस जागरका साथ निर्वाचित जनप्रतिनिधिले आफ्नो ठाउँ विकासमा उल्लेखनीय भुमिका खेल्ने पक्का छ । त्यस कारण पनि युवाहरुलाई स्थानीय निर्वाचनमा धेरै धन्दा धेरै जिताउँन आजको आवश्यकता हो । स्थानीय स्रोतसाधन, क्षमता र ज्ञान सीपलाई पर्याप्त मात्रामा उपयोग गर्दै जनताको माग र आवश्यकतामा आधारित विकास प्रकृया योजनाबद्ध हुने र त्यसले आउँदो कहि वर्ष भित्र नेपालमा शान्ति, सुशासन र राजनीतिक स्थिरता कायम गर्नका लागि फराकिलो आधारभूमि निर्माण गर्नेछ । राजनीतिक दलहरूका बीचमा विद्यमान रहेको अविश्वास, आशङ्का र अधिकांश द्वन्द्वहरूको रूपान्तरणको प्रकृया स्थानीय तहबाटै सुरुवात हुने र यी यावत प्रकृयाको थालनीले समग्रमा नेपालमा जनताबाट निर्वा्चित जनप्रतिनिधिहरूले स्थानीय तहको विकास निर्माण अभियानको नेतृत्व लिनेछन् ।

अहिले नेपालका राजनीतिक दलहरूलाई नेपालमा युवा नेतृत्व स्थापित गर्ने र आधुनिक शिक्षा, सूचना प्रविधि र बौद्धिक युवा जमातलाई नेपाली राजनीतिमा स्थापित गर्ने सुनौलो अवसर प्राप्त भएको छ । स्थानीय ज्ञान, सीप र क्षमतासँगै आधुनिक विकास प्रणाली बारेको ज्ञानको समिश्रणले नेपालको विकास आयामलाई अझ सुदृढ पार्ने जिम्मा युवाहरूलाई दिनु आवश्यक छ । यसले एकातिर नेपाली युवाहरूले आफ्नो ज्ञान, सीप र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् भने अर्को्तिर कामको खोजीमा विदेश पलायन भइरहेको युवा जनशक्तिलाई नेपालमै गर्न सकिन्छ भन्ने मान्यता व्यवहारबाट स्थापित गरेर युवा श्रम र सीपलाई देश विकासको अभियानमा फर्काउन सक्ने पर्याप्त सम्भावनाहरू जीवित छन् ।

नेपालका राजनीतिक दलहरूले उदारतापूर्वक युवाहरूलाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने अभियानलाई तीव्र बनाउनु आवश्यक छ । स्थानीय तहको निर्वाचनमा देशभरिमा आउने युवा नेतृत्वले नेपालको भावी राजनीतिलाई ठीक बाटोमा अघि बढाउनका लागि महत्वपूर्ण योगदान दिनेछन् । वर्षौंदेखि नेपाली युवाहरूमा नेपालका राजनीतिक दलहरूले युवाहरूलाई राजनीतिमा प्रयोग मात्रै कदापी हुदैन । नेपाली राजनीतिमा देखिएका विभिन्न खालका विकृति तथा विसङ्गति अन्त्यका लागि युवा नेतृत्वले योजनाबद्ध कामको थालनी गर्ने र जनताका शासक होइन, जनताको सेवकका रूपमा नेपालको कर्मचारीतन्त्रलाई स्थापित गर्नका लागि पनि युवा नेतृत्व आवश्यक छ । नेपाली राजनीतिमा युवा नेतृत्व स्थापित गर्ने र युवाहरूलाई नेपाली राजनीतिप्रति सकारात्मक र उत्साही बनाउनका लागि नेपालका राजनीति दलहरूका सामु महत्वपूर्ण अवसरका रूपमा स्थानीय तह निर्वाचन उपस्थित भएको छ । युवाहरूप्रतिको विश्वास र भरोसा गरेर स्थानीय तहको निर्वाचनमा कम्तीमा ८० प्रतिशत युवाहरूलाई स्थापित गर्नु आजको आवश्यकता हो ।

काग्रेस भित्र युवा नेतृत्व

नेपाली काग्रेस यो मुलुकको सबैभन्दा जेठो राजनीतिक दल हो । स्वाभाविक छ जेठो भए पछि यसमा पाका नेता र नेतृत्वहरू सङ्ख्यात्मक रुपमा अन्य दलको तुलनामा बढी छन् । व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल भएको हिसावले युवा नेतृत्वलाई काग्रेसले अगाडी वढाउँन आवश्यक छ । देशले केन्द्रदेखि वडा तहसम्म नयाँ नेतृत्व स्थापित गर्दैछ । यस्तो बेला काग्रेसजनमा मात्र होइन यसका सुभचिन्तक र आम नागरिकका मनमा उब्जिएको एउटा प्रश्न के हो भने काग्रेस भित्र युवा भन्नुको अर्थ के ? विश्वका सबै जसो देशमा युवालाई शक्तिका केन्द्रका रुपमा हेरिन्छ तर नेपाली काङ्ग्रेसले नेतृत्वमा युवालाई सजिलै पचाउन नसकेको अवस्थालाई कसरी लिने यो अहिले जनजनको प्रश्न छ ।

त्यस कारण पार्टी नेतृत्वले यस विषयमा सोच्नु अहिलेको आवश्यकता हो । २०४६ साल पछि सबैभन्दा धेरै सरकार चलाएको नेपाली काङ्ग्रेसले युवा नेतृत्वको विषमा सोच्नु अहिलेको आवश्यकता हो । युवाहरू आफैँ एकताबद्ध भएर नेतृत्व गर्नु आजको आवश्यकता हो । वडा तहदेखि नै युवा नेतृत्व स्थापित हँुदै गयो भने सबै तहका संरचनामा युवाहरू बलशाली हुन्छन् भन्नेतर्फ काग्रेस लाग्नु पर्छ । पार्टी नेतृत्वले युवाहरुलाई अगाडी बढाउँन सके युवाहरुको जोश जागरले देश विकास चाडै हुने पक्का छ । तसर्थ स्थानीय निकायको निर्वाचनमा युवाहरुलाई टिकट दिनु अहिलेको आवश्यकता हो ।

हेमकर्ण पौडेल नेपाली काग्रेस इटहरीको मेयरका आकांक्षी हुन ।

प्रतिक्रिया

सम्बन्धित