बिचौलिया र स्थानीय निकायको निर्वाचन

प्रजातन्त्र,बहुदल,पञ्चायी व्यवस्था,संवैधानिक राजतन्त्र हुँदै लोकतन्त्रको शासन समेत नेपालले भोगिसके पश्चात् नेपालमा लोकतन्त्रको बहाली भएर पहिलोपटक स्थानीय निकायको निर्वाचन हुन गइरहेको छ पहिलो चरण र दोस्रो चरण गरेर मिति नसरेको खण्डमा।दुई दशक हुनै लागिसकेको थियो नेपालमा स्थानीय निकायको निर्वाचन नभएको पनि।यश निर्वाचनको अागमन र रौनकले नागरिक स्तरमा एक प्रकारको उत्साह र उमंग थपेको छ।
देशका प्रमुख राजनीतिक दलले अा-अाफ्नो निर्वाचनको घोषणापत्र लिएर चुनावी मैदानमा प्रतिस्पर्धा गर्न भनेर लागिसकेको अवस्था छ।निर्वाचन लोकतन्त्रको सर्वोत्कृष्ट गहना हो।यो गहना लगाउने भनेको नागरिकको मतबाट मात्रै सम्भव छ।यसलाई सु-सजावट गर्ने भनेको नागरिकको प्रत्यक्ष सहभागीताले हो।यसमा उचित सहभागी हुनु नै सभ्यताको प्रतीक मानिन्छ नागरिकको अधिकार समुचित ढंगले प्रयोग वा मताधिकार प्रयोग भएको खण्डमा मात्रै लोकतन्त्र् मजबुत भएको मानिन्छ।शताब्दीअौ को एक कालखण्डमा यश निर्वाचनले सुनौलो अायाम थप्ने छ भनेर अाशा गर्ने किरणहरू गाउँ-गाउँमा र शहरको गल्ली र टोल टोलमा पसिसकेको छ।
पहिलो चरणको निर्वाचन वैशाख ३१ र विभिन्न विधुतिय सञ्चारमाध्यममा अाएको अपुष्ट समाचारको अाधारमा दोस्रो चरणको निर्वाचनको मिति अन्यौल नै छ जेठको दोस्रो हप्ता वा जेठ ३१ गते गर्ने भनेर अहिलेसम्म नै अन्यौल नै छ।सबै प्रमुख दलका उम्मेदवार पनि तय भइसकेका छन र सबै उम्मेदवार अा-अाफ्नो चुनावी प्रचारप्रसारमा लागिसकेका छन।

अतिन आचार्य
अब हुन गइरहेको निर्वाचनमा को कस्ता उम्मेदवार छन भन्दा पनि सक्षम र दुरदर्शिता र दुरदृष्टि भएको उम्मेदवार र निर्वाचित प्रतिनिधि बनिसके पश्चात राज्यले दिएको सेवा सुविधा कतिको उपभोग गरेर लाभांश दिन सक्छन त्यो भने व्यक्ति र निर्वाचित उम्मेदवारको कार्यक्षमता भर पर्छ।स्थानीय स्तर बाट यस्ता उठाईएको हुनुपर्ने र जनताको मनोबल उच्च बनाउन सक्ने उम्मेदवारको जरूरी छ।विजयी उम्मेदवारले गरेका योजनाहरू स्वर्णिम पानामा लेखिनेछन।
यही निर्वाचनको अाधारमा र विजयी उम्मेदवारको योजना र दृढ संकल्पको अाधारमा समृद्ध राष्ट्रको परिकल्पना सहित उदीयमान राष्ट्रको नमुना पेश गर्न सक्ने अाधारहरू प्रशस्तै बन्दै जानेछन।यो निर्वाचनले अबको देशको मुल राजनीति कता जान्छ भनेर निर्क्यौल समेत गर्नेछ।यसले अार्थिक तथा सांस्कृतिक कुरालाई समेत जोडेर नयाँ छुट्टै पहिचान दिनेछ भनेर अाशा गर्ने ठाउँ छ।
यश निर्वाचनले अर्को एउटा चुनौती पनि थपेको छ।राज्यमा सबै नागरिकको अहम भुमिका हुन्छ।नागरिकको अधिकार समान र सम्मानजनक हुनुपर्छ।हरेक राजनीतिक दलमा एउटा समस्या दशकौंदेखि जरा गाडेर बसेको छ त्यो हो बिचौलिया।बिचौलिया भनेको के हो? भन्ने प्रश्न अाउन सक्छ।सरल भाषामा भन्नुपर्दा एकले अर्काको ठाउँमा जानको लागि व्यक्तिद्वारा व्यक्तिले बनाइएको नितान्त व्यक्तिगत फाइदाको लागि बनाइएको मानवीय पुल हो।
अंग्रेजीमा यसलाई broker पनि भन्ने गरिन्छ।निर्वाचन ताका सस्तो लोकप्रियताको लागि बढी नै महत्वकांक्षी र अोजस्वी भाषण जनतासामु प्रस्तुत गर्ने र निहित स्वार्थको लागि जनताको सामु विकासको लहरको भाषण र अार्थिक चलखेल गर्न सक्नेहरूको पनि यस निर्वाचनमा सहभागी नहोला भन्न सकिन्न।यस्तो क्रियाकलापले क्षणिक फाइदा दिएला तर दिर्घकालीन लाभ चाहिँ अवश्य दिन सक्दैन।किनभने यश निर्वाचनमा विजयी जनप्रतिनिधिहरूले ५ वर्ष सम्म काम गर्नुपर्ने हुन्छ।
त्यो बेलामा नागरिकको हित भन्दा वा समाजको हितभन्दा फरक ढंगले काम र गतिविधि गरेको खण्डमा अाशा गरेभन्दा गलत परिणाम प्राप्त गर्न सकिन्छ।राजनीतिक स्वार्थ बोकेका र त्यो बेलामा नातावाद र कृपावादको अाधारमा निश्चित समूह र अाफ्नो नेताको र कार्यकर्ताको काम गर्न सक्ने र जनता र समाजको कामहरू अोझेलमा परिरहन पनि सक्नेहुन्छ।यस्तो बेलामा नागरिक अाफै सचेत र मतदाता अाफै जागरुक भएर असल र इमानदार जनप्रतिनिधिको छनौट गर्न जरुरी हुन्छ।पुनःगएको दशकमा वा विगतमा भएको निर्वाचनमा जसरी जनता निराश भएका थिए त्यसरी नै निराश नहोला भन्न सकिन्न।समयमा र निर्वाचनमा नागरिकले विवेक प्रयोग नगरेको खण्डमा।
राजनीतिमा सबैभन्दा महत्त्वपूर्ण कुरा विवेक र बुद्धिमत्तापुर्ण व्यवहार र विद्धताले धेरै महत्त्व राख्ने गर्छ।सबैभन्दा महत्त्वपूर्ण कुरा त सिद्धान्तलाई अात्मसाथ गरेर राजनीतिलाई सत्मार्गमा डोर्‍याउन सक्नुपर्छ।यो निर्वाचनमा सबैभन्दा बढी सक्रिय हुन सक्छन बिचौलियाहरू।यस निर्वाचनमा प्रयोग हुने भनेको बिचौलियाको प्रकारहरू जग्गा व्यापारी,शहरको पैसाबाल डनहरू,नव धनाढय,ग्यांगलहरू सम्म सक्रिय छन यश निर्वाचनमा।बिचौलियाको पहिचान गरि यस्तालाई बहिष्कार गर्न समेत तयार रही अबको असल नागरिक र सच्चा नागरिक बनी अाफ्नो विवेकको प्रयोग गरेर।
बिचौलियाहरूलाई बढार्न अग्रसर रही अाफ्नो नागरिकको शक्ति प्रदर्शन गर्ने यो एक सुनौलो अवसर पनि हो स्थानीय निर्वाचन।यश निर्वाचनले जो माध्यमको भुमिका निभााएर अाउन खोज्छ त्यस्तालेे शुन्य परिणाम मात्रै वितरण गर्न सक्छन।अझ भनौ भने पहिलो चरणको निर्वाचनमा दलहरू बिचमा नै तालमेल छ र एक अर्काको सहारामा लागेर निर्वाचनको दौडमा छन।यसले के अर्थ दिन खोज्छ भने जसरी पनि निर्वाचनमा सहभागी हुने र विजय प्राप्त गर्ने र दलको साख जोगाउने भन्ने एक अभियान मात्र सत्य सावित हुन जानेछ भनेर प्रमाणित गराइसकेका छन दलहरूको तालमेल त अझ बिचौलियाको अझ मनोबल बढने सम्भावना रहन्छ।
निर्वाचन लोकतन्त्रको गहना हो।अहिलेको निर्वाचनले पनि केही पृथक अाभाष त अवश्य नै दिलाउने छ।किनभने सम्पुर्ण अधिकार अब स्थानीय निकायमा निहित हुदैछ।निर्वाचन अगाडि सम्पुर्ण अधिकार सर्वदलीय राजनीतिकदल र कर्मचारीमा निहित थियो तर निर्वाचन पश्चात् जनप्रतिनिधिमा जाने छ सम्पूर्ण अधिकार प्रत्यायोजन हुनेछ गाउँ गाउँमा र घर-घरमा।
यश निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण पक्ष वा खुसीको कुरा भनेको अनिवार्य महिला उपप्रमुख वा प्रमुख बन्ने निश्चित छ।यसलाई पनि लोकतान्त्रिक अाचरणको पहिलो खुडकिलो मानिन्छ।तर पहिलो चरणको निर्वाचनमा अधिकांश मुख्य पदमा चाहिँ पुरूषको नै उम्मेदवार परेको अवस्था छ।महिलाको लागि त उपप्रमुख नै परेको छ यो पनि एक अवसर हो महिलाको लागि किनभने अनिवार्यता छ महिलाको अब जहाँ निर्णयको भागीदार स्वयं अाफै महिला हुनेछिन।यस्तो सहभागीता मुलक प्रतिनिधिले पनि छुट्टै अायाम थप्ने काम गरिरहेको हुन्छ।
उपप्रमुखको उम्मेदवारले पनि महिला कम रहेनछन वा महिलाले।अवसर पाउँदा अवश्य केही गर्न सक्ने रहेछन भनेर देखाउन सक्ने एक असली कडीको रूपमा साबित भएको छ।सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने अब अाफ्नो टोल,गाउँ र शहर अाफै निर्माण गर्न पाउने एक सुनौलो अवसर प्रदान गरेको छ यो स्थानीय निर्वाचनले।३१ गते पहिलो चरणको निर्वाचन हुन गइरहेको छ सम्पूर्ण उम्मेदवारलाई विजयको शुभकामना र विजय एक उत्साह,प्रेरणा तथा हौसलामा परिणत होस।

प्रतिक्रिया

सम्बन्धित