यो पुरुषवादी चुनाव : महिला दोस्रो पदमा सिमित

काठमाडौँ महा नगरपालिकामा विवेकशील नेपालीका तर्फबाट रञ्जु दर्सना र भरतपुर महा नगरपालिकाबाट प्रचण्ड पुत्री रेणु दहाललाई छाडेर ३, ४ र ६ मा १९ गते भएको स्थानीय तह निर्वाचनका अधिकांश उमेदवारहरू मेयरमा पुरुषै तोकिए । यसरी तोकिएका उम्मेदवारहरूमा एमाले र राप्रपामा चुनावी तालमेल भएकाले दुवै दलले मेयर र उपमेयरमा पुरुषलाई तोकी महिलालाई झुक्याउने काम गरेका छन् । मकवानपुर जिल्लाको थाहा नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको समाचार छ । मनाङको एउटा गाउँ पालिकामा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने मुगु जिल्लाको एक गाउँ पालिकामा वडा अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार निर्विरोध चयन भएका छन् ।

 
देशैभरि १९ गते मनोनयन गर्ने विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरूमा माथि उल्लेख गरिएका रञ्जु दर्सना र रेणु दहालबाहेक अन्य कुनैमा पनि महिला उम्मेदवारलाई कुनै पार्टीले मेयरमा नपत्याउनु पुरुषवादी हैकमकै अर्को नमुना हो । संविधानले बाध्यात्मक अवस्था नतोकिदिएको भए देशैभरि नगन्य मात्रामा महिलाको उम्मेदवारी पर्ने थियो । धन्न नेपालको संविधान २०७२ ले महिलाहरूको आरक्षणलाई सुनिश्चित गरेको हुँदा यतिसम्म पनि महिलाको सहभागिता भएको देखियो ।

पेशल आचार्य

देशमा तल बितल केही अनहोनिका घटना केही भएनन् भने नेपालमा २० वर्ष पछि भए पनि स्थानीय तहको चुनाव हुने नै भयो । तोकिएका उम्मेदवारहरू को कति पानीमा छन् तिनको भविष्य आउँदो बैशाख ३१ गते हुने स्वतन्त्र र गोप्य मतदानले देखाई हाल्छ । एमाले र राप्रापाबीचमा चुनावी तालमेल हुनुलाई एभेन्यूज टिभीले सो पार्टीका वरिष्ट नेता झलनाथ खनाललाई बोलाई अन्तर्वार्ता लिँदा पत्रकार राजेन्द्र बानियाँका जिज्ञासामा खनालले चित्त बुझ्दो जवाफ दिन भने सकेनन् । एमालेको समाजवाद उन्मुख चिन्तनमा राप्रपाको पश्चगामी सोच कसरी मिल्यो भन्ने प्रश्नमा खनालले यो मात्र चुनावी तालमेल हो एमाले आफ्नो समाजवाद उन्मुख चिन्तनबाट विचलित छैन भनेर टार्न खोजे ।
काँग्रेसले पनि मकवानपुरमा रहेको थाहा नगर पालिकामा माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको छ । सो पनि ‘एनि हाऊ चुनाव आफ्नो गराऊ’ नारा मात्र हो । एमालेका अध्यक्ष केपी ओलीले त पाहोरको नाकाबन्दीताका रेल र पानी जहाजको हौवा पनि पिटाएकै हुन् । अझै एमालेले राजधानीमा रेलको सपना बाँडन छोडेको छैन । जबकि राजधानीमा रेलका लागि उपयुक्त माटो र भौगर्भिक भूगोल छैन भनेर भौगर्भिक वि द्वान्हरू भनिरहेका छन् । रह्यो पानी जहाजको कुरा नेपाली ध्वजाबाहक पानी जहाज कलकत्ता बन्दरगाहमा पञ्चायती शासन रहँदासम्म थियो जो पछि नेपालले रेन्ट तिर्न नसकेर आफैँ बन्द भयो । नेपाली नदीनाला र तालमा खेलकुदका लागि ससाना बोटलाई पानी जहाज भनेको भए त्यो बेग्लै कुरा हो नत्र नेपाली नदीनालामा ¥याफ्टिङ् चलाए हुन्छ । पर्यटकहरूलाई लोभ्याउन ससाना वाटरबोटमा बोटेल (बोटमा सञ्चालन हुने होटेल) खोल्नु नयाँ कुरा होइन । सक्ने र हुने कुरा नसोचेर नेपाली नेताहरू खाली हावादारी कुरा मात्र कोरल्न चाहन्छन् भने अब पनि युवा भोटरहरूले ती नेता र पार्टीहरूलाई बाइकट् गर्नै पर्दछ ।
कुरा रह्यो सानासाना पार्टीको । सानासाना र उदीयमान पार्टीहरूले बेग्लाबेग्लै आफ्ना उम्मेदवार चुनावमा उठाउनु भन्दा चुनावी तालमेल गरेर कुनैमा कस्को, कुनैमा कस्को मेयर र उपमेयर दिएको भए त्यो राम्रो हुन्थ्यो र भोटरमा पनि सकारात्मक सन्देश जान्थ्यो । जस्तै कि साझा पार्टीले काठमाडौँ महा नगरपालिकामा मेयरमा किशोर थापालाई मेयरमा उठाउँदा उपमेयरमा रञ्जु दर्शनालाई वा विवेकशील नेपालीले रञ्जु दर्शनालाई मेयरमा उठाउँदा किशोर थापालाई उपमेयरमा तालमेल गरेर उठाउन सक्या भए दुवै पार्टीका भोटहरू एकै स्थानमा जाने थिए र कुनै एकजनाको जीत सुनिश्चित हुने थियो । त्यो भएन । पार्टी खुल्न पाएका छैनन् तिनीहरूले ठूला पार्टीसँग जोरजुलुमसँग लड्नु पर्ने छ अझ त्यसमा पनि ससाना बल भएकाले चुनावी कार्यगत एकता गर्नु पर्दथ्यो । नयाँहरूको बुद्धि यहाँनेर चुकेको देखियो ।

यो चुनावलाई नै राइट टु रिजेक्ट, अनलाईन भोटिङ् र सरकारी कर्मचारी, प्रहरी या सेनाहरू जो जहाँ राष्ट्र सेवामा छन् तिनीहरूलाई त्यहीँबाट भोट दिने अवसर दिएको भए सबैका मतको कदर हुने थियो । सबै प्रकारका गरी करिब दुई चरणमा ४ लाख मानिसहरू भोट दिनबाट वञ्चित हुने भएका छन् ।

अर्को सन्दर्भ, यही चुनावमा पनि उम्मेदवारी दर्ता गरेर केही बिग्रिसकेको छैन । अब बाँकी रहेका ११ दिनमा पनि सो नयाँ र उदाहरणीय कार्यको सिको गर्न सकिन्छ । मेरा गोरुको बाह्र टक्का भन्ने शैलीमा जान खोजियो भने एक त कुहिनोले पहाडसँग लड्नु पर्ने सन्दर्भमा धेरै कुहिनाहरू नभाँचिएलान् भन्न सकिन्नँ । औंलाहरू पनि जोडेपछि मात्र मुठ्ठी बन्छ । अनि मुठ्ठीले प्रहार गर्न सकिन्छ । यो चुनावलाई नै राइट टु रिजेक्ट, अनलाईन भोटिङ् र सरकारी कर्मचारी, प्रहरी या सेनाहरू जो जहाँ राष्ट्र सेवामा छन् तिनीहरूलाई त्यहीँबाट भोट दिने अवसर दिएको भए सबैका मतको कदर हुने थियो । सबै प्रकारका गरी करिब दुई चरणमा ४ लाख मानिसहरू भोट दिनबाट वञ्चित हुने भएका छन् । यतिविधि प्रविधिको विकास भएको यो जमानामा नेपालीहरूले भने प्रविधिबाट फाइदा लिन सकेनन् । हुन सक्छ आउँदा प्रदेश चुनाव र संघका चुनावमा चाहिँ प्रविधिको फाइदा लिनबाट नचुकौं ।
महिलालाई दोस्रो तहको उम्मेदवार मात्र दिने हो भने लोकतन्त्रमा महिलाको स्थान दोस्रो तहकै नहोला भन्न सकिन्नँ । अहिलेलाई युवा, चुस्त र प्रविधिमा दक्ष पुस्ताको चासो पनि यही हो । यसमा सबैको चिन्ता र चासो समान रुपमा हुनु पर्छ । नत्र लोकतन्त्रमा समान सहभागिताको नारा मात्र नारामा सिमित हुन्छ व्यवहारमा हुँदैन । दुई दसकपछि हुनै लागेको यो चुनावमा जनताले धेरै अपेक्षा गरेका छन् । त्यसैले व्यक्ति र पार्टी दुवैलाई तुलना गरी राम्रा उम्मेदवारलाई विजयको माला पहि¥याउन पट्टि लागौँ । यसैमा सबैको भलाइ छ । चुनावमा भोट दिँदा साठी वर्ष कटेका जुनसुकै पार्टीका मनिसलाई पनि भोट नहालौं । साठी कटेका अधिकांश मानिसहरू विगताकांक्षी हुन्छन् । तिनमा ऊर्जा हुन्नँ, अनुभव मात्र हुन्छ । अनुभव मात्र केही काम लाग्दैन । ऊर्जा र अनुभव भएका युवा र काबिल उम्मेदवार छानौं । आफ्नो गाउँ र नगरको विकासमा ढुृक्क होऔं ।

प्रतिक्रिया

सम्बन्धित