किन हुदैन स्वास्थ्य क्षेत्रमा सुरक्षा

स्वास्थ्य सेवा मानव जीवनमा महत्वपूर्ण कुरा हो । स्वास्थ्य क्षेत्र शान्तिपूर्ण रुपमा सेवा प्रदान गर्न सकुन भन्ने पनि सवैको चाहाना हुन्छ । अस्पतालले जहिले पनि कुनै पनि विरामी आकस्मिक कक्षमा आउनसाथ निकै महत्वपूर्ण रुपमा हेरिरहेको हुन्छ । कुनै पनि अस्पताललाई विरामीको भावना विपरित काम गर्यो भनेर विरामी पक्षबाट लगाइने झुटा आरोपबाट केवल डाक्टर तथा समग्र अस्पतालको आत्मावल गिराउने कार्य गरिएको छ ।

अहिले चिकित्सा विज्ञानमा नेपालले पनि धेरै प्रगति गरिसकेको अवस्थामा अस्पतालहरु प्नि आफ्नो गुणस्तरिण सेवा दिन लागि रहेका छन् । स्वास्थ्य क्षेत्र भनेको मानिसको जीन्दगीसँग सम्बन्धी रहेको हुनाले यो क्षेत्रसँग सम्बन्धित हरेक व्यक्तिहरु सचेत रहेर आफ्नो अस्पताल जस्तो ठाउँमा शान्तिपूर्ण तरिकाबाट काम गर्ने वातावरण सृजना गराउनेका लागि सरकारले पनि सुरक्षा निकायलाई निर्देशन दिनु आवश्यक छ ।

उमेश खत्री

स्वास्थ्य क्षेत्रमा पछिल्लो समय लगानीकर्ताहरु पनि यो क्षेत्रमा लगानी गर्न आकर्षित भएका छन् । तर बेला–बेलामा विरामीका आफन्तहरुले अस्पतालको भौतिक संरचनालाई ध्वस्त पार्ने जस्ता क्रियाकलापले लगानीकर्ताहरु अर्कै क्षेत्रतिर लगानी गर्न लागि परेका छन । सरकारी निकायबाट पनि स्वास्थ्य क्षेत्रमा सुरक्षा प्रदान गर्नु आवश्यक छ । अस्पतालमा कुनै पनि बहानामा डाक्टरहरु तथा अन्य स्वास्थ्यकर्मीहरु माथि हातपात नहोस् । अहिले अस्पतालहरुमा कार्यरत डाक्टर तथा व्यवस्थापनमा रहेका व्यक्तिहरुलाई हातपात गर्ने व्यक्तिहरुलाई सरकारले कडा भन्दा कडा कारवाही गर्नु आवश्यक छ ।

स्वास्थ्य क्षेत्र जस्तो अति संवेदनशील क्षेत्रलाई मर्यादित बनाउनको लागि स्वास्थ्य क्षेत्र पनि शान्ति क्षेत्र हो भनि सुरक्षाको ग्यारेण्टी दिनु आवश्यक छ । कहिले विरामीका आफन्तहरुले डाक्टरमाथि तथा कहिले कुनै न कुनै बहानामा अस्पतालका अन्य व्यक्तिहरुमाथि आक्रमण हुँदा डाक्टरहरु पनि शसंकित भएर आफ्नो सेवा दिन बाध्य हुनु भनेको देशमा विधिको शासनको पालना नहुनु हो । अस्पतालमा कुनै पनि विरामी आकस्मिक कक्षमा आउनसाथ डाक्टरले आफ्नो चिकित्सकीय धर्मलाई पालना गरेको नै हुन्छ । त्यो डाक्टर जसले तपाईंलाई सेवा दिईरहेको छ उ कुनै अर्कै संसारको मान्छे होइन त्यो तपाईंको आफ्नै छोरा, बुबा, दाई तथा दिदीबहिनी जे पनि हुन सक्छ ।

अस्पतालमा कुनै पनि डाक्टरले आफुले हेरेको विरामीलाई कसरी राम्रो तरिकाबाट राम्रो सेवा दिई रोग निर्मूल गरि कसरी घर पठाउने भन्ने हुन्छ । जस्तै एउटा प्लेनको पाइलटले आफ्नो प्लेनमा कुनै पनि अप्रिय घटना नहोस् र आफ्ना सवै यात्रीहरुलाई गन्तव्यसम्म सकुसल पुर्याउन सकूँ । स्वास्थ्य क्षेत्रमा बेला–बेलामा भएका यस्ता दूरव्यवहार कुनै पनि हालतमा सैर्य हुँदैन् । सरकारी निकायबाट पनि उपचार गराउन बसेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा स्वास्थ्य सेवा दिने वातावरण बनाउनु आजको आवश्यकता हो ।

विरामीका आफन्तहरुलाई पनि अस्पतालले गल्ती गरेर विरामीको स्वास्थ्य गंभिर लेखवाड गरेको लागेका उनीहरुले पनि सम्बन्धित निकायबाट आफ्नो समस्यालाई रोमा सरकारी तवरबाट पनि सत्यतथ्य के हो छानविन गरि दोषीलाई कारवाही गर्नु आवश्यक छ । स्वास्थ्यकर्मीलाई बिना कुनै गल्ती कार्यस्थलमा कुटपिट तथा अभद्र व्यवहार गर्नु जस्तो अनैतिक कार्य मानव जीवनको हुनै सक्दैन ।

: को–अर्डिनेटर बि.एल.के. सुपरस्पेसियलिटी
अस्पताल दिल्ली

प्रतिक्रिया

सम्बन्धित