सुवासको एकल वाचन

तरहरा / हेवेन्लीपाथ नेपाल संयुक्त इकाई इटहरी ले आयोजना गरेको युवा गजलकार तथा गितकार सुवास राई क्याप्टेनको एकल वाचन कार्यक्रम शनिबार तरहराको भु पु शैनिक क्लबमा सम्पन्न भएको छ । कार्यक्रममा गजलकार सुवास राइले देश प्रेमले ओतप्रोत भएको मनका बेदना, भावनालाइ समेटेर गजलमा उतारेको बताए ।
धार्नी बिसौली जोख्ने तुलो देखिन यो शहरमा ।
कसैको पनि दिल ठूलो देखिन यो शहरमा ।
बस्नलाई महल छ,पकाउनलाई भान्सा घर पनि,
तर तिन ढुङ्गाको चुलो देखिन यो शहरमा


माथिका यि हरफहरु उनले वाचन गर्दा हलमा परर्र ताली बज्यो । भोजपुरमा जन्मेका उनी हाल तरहरालाई कार्यथलो बनाई साहित्य श्रृजना गरिरहेका गजलकार राईले देश,प्रेम र समाजको यथार्थ चित्रण गरेका तिन दर्जन बढी गित र गजल गरी रचना सुनाएका थिए । उनको सम्झनाको साँझबत्ति गजल संग्रह,सम्झना र सुनाखरी र आम्लाबुङ र सिलिहाङमा गित संग्रह गरी तिन वटा कृति प्रकाशित छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य बरिष्ठ साहित्यकार प्राज्ञ श्रवण मुकारुङले भने कलिलै उमेरमा यतिका कृतिहरु प्रकाशित गरी एकल वाचन गर्नु सराहनीय भएको बताए । स्रष्टा हुँनलाई निकै कठिनाई भए पनि निरन्तर लेख्ने प्रयास गर्दै गए सफल हुँने उनले बताए । सुवासका रचनामा बेदना,भावना र चेतना भएको बताउँदै श्रृजनाले पाठकलाई प्रभाव पार्नु गौरवान्विित कुरा भएको बताए ।
कार्यक्रममा प्रकाश पार्दै बिसन सिंह राइले भने युवाहरु साहित्यमा अगाडी बढ्न खोज्नु भनेको समाज र देशका लागि नै गौरवको कुरा रहेको बताए । युवाहरुलाई अग्रज साहित्यकारहरुले आँफुले सिकेको कुरा सिकाउँदै जानुपर्नेमा उनको जोड थियो । विनोद राइको सञ्चालन तथा हेवेन्लीपाथ नेपाल संयुक्त इकाई इटहरीका अध्यक्ष जित शेर राईको सभाध्यक्षमा कार्यक्रम मापन भएको थियो । कार्यक्रममा बिभिन्न स्थानबाट आएका मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित