स्थानीय निर्वाचनमा उम्मेदवारको मापदण्ड आवश्यक

स्थानीय निर्वाचन नजिकिदै छ । उम्मेदवारी दर्ता गर्ने दिन वैशाख १६ गते तोकिएको छ यो दिन आउन अब २० दिन मात्र बाकी रहेको छ । स्थानीय तहको निर्वाचन मिति जति नजिकिँदैछ, देशको राजनीतिले एउटा नयाँ गती लिएको छ । जनप्रतिनिधि कस्लाई बनाउने भन्ने बिषयमा राजनीतिक दल र तिनका नेता–कार्यकर्ताहरु निरन्तर लागि परिरहेका छन् ।

स्थानीयस्तरमा दुई दशकपछि जनप्रतिनिधिको हातमा अधिकार आउन लागेका बेला आकांक्षीको संख्या स्वभावैले बढ्न जान्छ । नीति बनाउने र कार्यान्वयन गर्ने ठाउँमा पुग्न विभिन्न स्वार्थ समूह पनि लागिपरेका हुन्छन् ।संविधान र स्थानीय तह निर्वाचन ऐनमा उम्मेदवार छनोटको निश्चित मापदण्ड तोकिएको छ । तर कानुनले तोकेबाहेक राजनीतिक दलहरूले छुट्टै आन्तरिक मापदण्ड बनाउन पनि जरुरी छ । दलहरुमा मापदण्ड नहुँदा पैसा, प्रभाव र पहुँचका भरमा उम्मेदवार बन्ने सम्भावना हुन्छ र एस्ले भ्रष्टाचार लाई बढवा दिन्छ । मापदण्ड नहुदा उत्कृष्ट व्यक्ति नछानिने आम कार्यकर्ताको भावनाविपरीत टिकट लिएर जाने प्रवृत्ति को बिकास हुन्छ ।

खेमराज दाहाल

७ सय ४४ स्थानीय तहमा ३६ हजार भन्दा बडि जनप्रतिनिधि छानिने छन । स्थानीय तह नागरिकसँग प्रत्यक्ष सरोकार गर्ने निकाय भएकाले निर्वाचनमा सक्षम र स्वच्छ छवि भएका व्यक्तिलाई प्रतिनिधि छान्न पाइयोस भन्ने चाहना आम नागरिकको हुन्छ । पहिले केन्द्र र जिल्लामा रहेका धेरै अधिकार पुन:संरचनापछि स्थानीय तहमा ल्याइएको छ । ति अधिकार को कार्यान्वयन नजिकिदै गरेको चुनावबाट छानिने जनप्रतिनिधि बाटै हुने हुदा उम्मेदवार छनोट गर्न राजनितीक पार्टीहरूले विवेक पुर्‍याउनु पर्ने छ ।

यस्ले गर्दा दलहरुको राजनितिक छवि पनि उक्सिने छ भने आफ्नो उम्मेदवार ले जित्ने सम्भावना पनि बलियो हुनेछ । निर्वाचन स्थानीय स्तरमा हुँदैछ, तर यो निर्वाचनको नतिजाले देशको राजनीतिक, आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्धमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । स्थानीय निर्वाचन नयाँ नेपालको निर्णायक मोड हो, जस्ले नेपालको राजनीति, विकास–निर्माण र प्रगतिको सम्भावनाहरु सिर्जना गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित