माओवादी आन्दोलनको उपलब्धिनै जनताको जित

नेपालमा किन माओवादीपार्टी जन्मीएको होला किन युद्धको बाटो अपनाएको होला भन्नेहरु पहिले पहिले धरै भटिन्थे , आम मानिसको यस्तो गुनासोहरु गरेको मैले प्रत्यक्ष सुनेका पनि छु । जब माओवादी गाँउ ,बस्ती , शहरबाट दिन दुई गुणा रात चौ गुणाले वृद्धिहुदै गयो र हिंसात्मक युद्धको बाटो अपनाउदै पनि गयो, सरकार र माओवादी दुवै पक्षबाट धेरैले सहादत प्राप्त पनि गरे आखिर किन यस्तो खेल रचिएको रहेछ भन्दा त माओवादी आन्दोलनलाई सफल पार्ने र उपलब्धिलाई संस्थागत गर्नेको लागिपो रहेछ । माओवादी आन्दोदन बारे विष्लेषण र विवेचना गर्दा २०५० सालमा नेकपा एकताकेन्द्र बाट विभाजन भए पश्चात माआबादीको जन्म भएको हो । एकता केन्द्र र नेकपा माओबादी बिचमा पार्टिका बिचार र रणनितिहरुमा एक हुदा हुदै पनि समसामयिक आर्थिक तथा सामाजिक र राजनैतिक परिवेशको विश्लेषण गर्ने बेलामा ती्रब अन्तरबिरोध सृजना भएपछि पुस्पकमल दाहाल प्रचण्डको समुहले तत्कालिङ आर्थिक सामाजिक अवस्था विस्फोटनको विन्दुमा पुगेको हुनाले तत्काल हतियार बोक्नु पर्ने निष्कर्ष निकालेर माओवाीको गठन भएको हो ।

प्रकाश भट्टराई खत्री

जब माअवादीको गठन भए पश्चात २०५२ फागुन १ गतेका दिनबाट जनयुद्ध नाम दिएको हिंसात्मक आन्दोलनको सुरु पनि गरयो । आन्दोलन वास्तवमा नोकसाही, पुजीपति, दलाल, शासकका विरुद्धमा गरिनुका साथै दलित, जनजाती, आदिवासी, थारु म्ुस्लिम, मजदुरको उन्मुक्तिको लागि आन्दोलन गरिएको थियो । यति मात्र होईनकी आन्दोलन संबिधान सभाबाट संबिधानको जारी गर्ने, देशमा संघियताको बिकास गर्ने, केन्द्रिकृत राज्य सत्तालाई विकेन्द्रिकरण मार्फत जनताको घरदैलोसम्म पुरयाउनु पनि रहेको थियो । लोकतन्त्र, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता जस्ता मुल मुद्धाहरु पनि माओबादी आन्दोलनबाटनै सुरुवात भएर आजका दिनमा क्रमिक रुपमा रुपान्तरण पनि हुदै गईरहेका छन । १० वर्ष सम्म चलेको हिम्सात्मक युद्ध वास्तवमा एक तन्त्रित शासन व्यबस्थाको अन्तय गर्दै रुपान्तरित शासन व्याबस्थाको सुरुवात गर्नुनै माओवादीको आन्दोलन थियो । माओवादीको आन्दोलन सरकार पक्ष र माओबादी पक्षका बिचमा भएको हुदा सरकार पक्षका सुरक्षाकर्मीहरु , माओवादी जनशेना, विभिन्न पार्टिका नेता तथा कार्यकर्ता, आम जनताहरुमा धेरैले सहादत प्राप्त पनि गरेका छन ।

त्यो बेलामा सरकार पक्षबाट बिभिन्न सर्वसाधारण जनता माथी दुखदायी एवम कष्ठपुर्ण यातना सहित धेरैको संङखयामा हातहात पनि भएका थिए भने माओबादी पक्षबाट नोकसाही, पुजीपति, दलाल, शासकका र राजसस्था अन्तय गर्नेका लागि माओबादीबाट पनि धरै हातहात भएका छन ।
माओवादीको आन्दोलनले सिंहदरबारमा केन्द्रित भएको जनताको अधिकारलाई जनताकोनै गाउँ, नगर सम्म पुरयाउनु पनि रहको थियो । माओबादी आन्दोलन हिजोको दिनमा त्यती सजिलो भने थिएन जुन निकै गारो बिषय पनि थियो । जब राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गतेका दिन सम्पुर्ण राज्य सत्ता आफनो हातमा लिईसकेपछि बिकसित भएको नया रुपले गर्दा माओवादी , नेपाली काङग्रेस, नेकपा एमाले लगायत अन्य विभिन्न पार्टीहरुलाई एक ढिक्का बन्नु पर्ने अबस्था सिर्जना पनि भयो र एक ढिक्काको अबस्था पछि माओवादीबाट हुदै आएको हिंसात्मक आन्दोलन केही मथ्थर पनि हुदै गयो ।

माओवादी आन्दोलन हुदै गर्दा राजतन्त्रको आफनै व्याबहारले पनि नेपालमा गणत्रन्त्रको स्थापनाको बाटो अपनाएको पनि स्पट देख्न सकिन्छ । जब राजा महेन्द्रले २०१७ सालको प्रतिगमले २०४६ सालसम्म करिब ३० वर्ष सम्म निरन्कुस राजतन्त्रको अभ्यास गर्ने वातारण त बनायो तर त्यो अभ्यासले राजतन्त्रलाई एकाएक कमजोर पनि बनाउदै लगियो र पुन २०४७ सालको संबिधानले पुर्ण त राजालाई सार्वभैेम बनाउदै लगियो र जब नेपालका राजा ज्ञानेन्द्रद्धारा २०६१ माघ १९ गतेका दिन सम्पुर्ण सत्ता आफनो हातमा लिईसकेपछि विकसित भएको नेपालको राजनितिले थप अकौ रुप दिन सुरु गरयो । राजाको एकलौटी सत्ता हात पारे पश्चात नेपाली काङग्रस, नेकपा एमाले र नेकपा माओवादीलाई नजिक हुने अबसर पनि त्यो बेलानै भएको थियो र राजसस्थाको अन्त्यका लागि सबै दलहरु सडकमा राजसस्थाको विरुद्धमा उत्रिन थाले र आन्दोलने उग्र रुप लिन थाले पछि सरकार पक्ष एकाएक कमजोर हुदै गएपछि अन्तत राजसस्थाको जरो नेपालबाट अन्तय भई गणतन्त्रको स्थापन हुन गयो जुन माओवादीले १० वर्ष अघिदेखी शसत्र रुपमा आन्दोलन गदैृ आईरहेको थियो ।

माओवादीले सडकमा तिव्र रुपमा आन्दोलन गर्दै जादा कहि कतै राजसस्थाको अन्तय हुन भनेका बयलगाडामा चढेर अमेरिका पुग्नु हो भन्दै कुर्लिनेहरु थिए र माओवादी आन्दोलनमा आम नेपाली जनताको साथ सहयोगले आज देशले काचुली फेर्दै गईरहेका छ । माओवादी आन्दोलनको मुख्य उपलब्धी भनेका संविधान जारी गर्नुनै थियो र जुन पुरा पनि गरेरै छाडयो । संबिधान जारी गर्ने ठुलो भुमिका कं प्रचण्डको रहेको छ किनभने संबिधान घोषणा गर्ने लाई प्रचण्डले कुनै लोभ प्रलोभनमा नपरी नेपाली काङग्रेसको पालामा संबिधान जारी गर्ने र संविधानको जारी पश्चात नेकपा एकालेको नेतृत्वमा सरकारको गठन गर्ने भन्ने आन्तरीक सहमती पश्चात नेपालले संविधान पायो । संविधान पश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी र अन्य दलहरुको गठबन्धन र नेपाली काङग्रेस विचमा संसदमा चुनाव हुदा शर्मा विजयी भई प्रधानमन्त्री पनि हुनभयो र काङग्रेस प्रतिपक्षको भुमिकामा रहदै गयो पुन ९ महिना पश्चात नेकपा एमाले र माओवादी बिचमा विभिन्न विषउमा सहमती ,सम्झैता हुन नसक्दा पुन माओवादीले नेपाली काङग्रेस संग गठबन्धन गरि केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई ढाल्ने खेल गरियो ।

सरकार ढले संगै पुन पुष्प कमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्रि पद समाल्ने मैका मिल्यो र सरकार समाले लगतै बिभिन्न चामत्कारकि कामहरु सुरुवात हुन थाले । प्रधानमन्त्रि समाल्ने वित्तिकै नेपालको उर्जामा प्राधिकरणमा कुलमान घिसिङलाई सिईओ नियुत्ती पश्चात नेपाल विस्तार विस्तार लोडसेडिङको अन्तय तिर गईरहेको र अबको केही वर्षमा नेपालले बाहय क्षेत्रमा समेत उर्जा विक्री गर्ने सक्ने वातावरण सिर्जना हुदै छ ।माओवादी आन्दोलनको उपलब्धिमा संघियतालाई पनि लिन सकिन्छ , माओवादीले कम्तिमा पनि नेपाललाई ८ंं०० स्थानिय निकायको आवाश्यता पर्छ भन्दै गर्दा केही राजनैतिक दलहरु भने नेपालमा संघियता भनेका बाख्राको टाउकोमा भैसिको सिंङ झण्डाउनु हो भन्दै जनतालाई भ्रममा पार्ने काम पनि गरियो तर आज माओवादीको आन्दोलनको कारण सिंहदरवारमा केन्द्रित अधिकार जनताको घरदैलोमा पुग्न सफल पनि भएको जुन कार्यान्वयनको रुपमा रहेको छ ।

संघियतामा माओवादीको धारणा स्पष्ट रहेका छ जुन स्थानिय निकाय नेताले विजयी हुने ठाँउ हैन यो त केवल जनता विजयी हुने ठाँउ हो पनि भनेको छ । माओवादी आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु धर्मनिरपेक्षता, समावेसि, समानुपातिक जस्ता यावत रहेका छन र जुन पुरा हुदै पनि आईरहेका छन । यी यस्ता उपलब्धिहरुलाई अबको दिनमा सरकार जनता एकआपसमा सदभाव कायम गर्दै सफल पार्न अझ कसरत गर्दै जानु पर्दछ । उपलब्धि हुन जति सजिलो छ त्यसलाई कार्यान्वयन गर्ने पनि त्यती नै कठिन हुन्छ । प्राप्त भएका उपलब्धिहरुलाई संस्थागत गर्नु लौजानु हामी सबैका कर्तव्य पनि रहेका छ ।

लेखक अखिल क्रान्तिकारीका जिल्ला सदस्य हुन ।

प्रतिक्रिया

सम्बन्धित