निर्बाचनको बिरोध हैन जनमत बढाउन निर्बाचनमा जाउ

संविधान संशोधन नभई चुनावै हुन नदिने मधेसी मोर्चाको अडानलाई लामो राजनीतिक संक्रमणबाट गुज्रिएको देश लाई निकाश दिन सरकारले स्थानिय तह निर्बाचन को घोषणा गर्यो । लामो समय देखि हुन नसकेको स्थानिय तहको निर्बाचन को मिति घोषणा भएको दिन देखि नै जनता आफुले रोजेको जनप्रतिनिधि छान्न पाइने हुँदा उत्साहित छन ।

खेमराज दहाल

देश नयाँ संविधान अनुसार संघियतामा गइ सकेको छ । संघियता को नियम अनुसार हो भने पहिले स्थानिय तहको भन्दा प्रदेश को निर्वाचन हुन पर्ने हो , त्यो हुन सकेन नहुनु भन्दा कानो मामा हुनु जाति भने झै स्थानिय तह को नै भय पनि निर्वाचन गर्ने सरकार को निर्णय लाई लोकतन्त्र पक्षधर हरुले निर्बाचन को बिरोध गर्न मिल्दैन । बरु आफ्ना सम्बोधन नभै रहेका माग हरु निर्बाचन मा राम्रो जनमत ल्याउन सके माग सम्बोधन पनि हुन सक्छन भने जनता को अभिमत पनि प्राप्त गर्न सकिन्छ ।

निर्बाचन को सबै भन्दा बडि बिरोध गरि रहेको मधेशी मोर्चाको मधेश आन्दोलन बाट नै देश संघियता मा गयको हो । एस्को कार्यान्वयन को लागी पनि देश मा निर्बाचन हुन जरुरी छ , एसो हुदा हुदै मधेशी मोर्चा ले आसन्न स्थानीय निर्वाचन को बिरोध गर्नु भनेको संघीयता बिरोधी हरुलाई उकास्नु प्रोत्साहन दिनु हो ।

मुलुकका प्रमुख राजनितिक पार्टीहरुले खासै संघीयतालाई महत्व दियका छैनन् , एमाले काङ्ग्रेस केन्द्रीकृत राज्य सत्ता नै चाहिरहेका छन भने माओबादी जातिय राजनिती गरेर आफ्नो राजनितिक भबिष्य बनाउने कोसिस मा छ , एस्ले गर्दा नेतृत्व तहमा सधै असन्तुष्टि छाइ रहेको स्पष्ट छ अब पनि तोकिएको नै मितिमा निर्वाचन हुने सम्भाबना न्यून देखिन्छ ।

सर्बप्रथमत मुलुकका जनता हरुलाइ संघीयता भनेको केहो र एसबाट लिन सकिने फाइदा हरु बाट नै अनबिज्ञ छन । एस्ले गर्दा नै संघीयताले देस फुट्छ , टुक्रिन्छ , देशको सार्बभोमिकता नै लुटिन्छ भन्ने धाराणा राखेर संघियता र निर्बाचन को नदेखिने तबर बाट बिरोध गरि रहेका पाइन्छन । संघीयता को अथार्थ भन्दा भ्रम नै बडि छरियो राष्ट्रको पुनसंरचना भनेको राष्ट्रको बाड्फाड हो भन्ने ठानेका छन । तर केन्द्रीकृत राज्यशक्ति लाई विभिन्न एकाइमा विभाजन गरेर बिकेन्द्रीकृत राज्यशक्ति वितरण गर्ने राज्य संगठनको प्रकारमात्र हो । त्यसैले संविधान आएपछीको प्रथमपटक हुनगइरहेको निर्वाचनलाई संघीयताका पक्षमा सशक्त जनमत बनाउने उदेश्यले यसका पक्षधरहरू बिसेसगरी मधेशी मोर्चा निर्वाचनको बिरोध गर्नु भन्दा निर्वाचनमा सहभागी हुनु प्रभाबकारी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित