लोड-सेडिंग हटदैमा देश बन्ला र ?

 लोड-सेडिंग हट्नु मात्र बिकाश हुनु  होइन,  लोड-सेडिंग हट्दा देश बिकास गर्न सजिलो हुने मात्र हो । किनकी बिद्युत बिना कुनै पनि उद्योग र कलकारखानाहरु सञ्चालन हुन सक्दैनन । गाउ र सहरमा २४ घण्टा बत्ति बालेर मात्र देश धनि हुने हो र ?  बत्ति दिदैमा सरकारको राज्य र जनता प्रतिको जिम्मेवारी पुरा हुन्छ र ? अनि सिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी चाँही कसले गर्छ नि ? बिद्युत  दिदैमा  सरकारले के त्यस्तो ठुलो काम गर्यो र ? बिद्युत सित्तैमा दिएको हो र ? जनता संग कर उठाए पछी जनतालाई राज्यले सेवा सुबिधा दिनु पर्दैन ? नत्र भने किन उठाउने कर ? राज्यले केहि पनि नदिने हो भने हामीले किन तिर्ने राजश्व ?  त्यशैले देश बनाउन  लोड-सेडिंग हटाएर मात्र पुग्दैन । मुख्य कुरा  बिकास निर्माणको काम सुरु हुनु पर्यो  ।  बन्द हड्ताल र भ्रष्टचार हटाएर सान्ति सुरक्षा कडा पार्न सके मात्र बिकाशको माहोल सृजना हुने थियो । देशमा  बिकाशको माहोल बनेमा लोड-सेडिंग नहुदा उद्योग धन्दा र कल कारखानको  काम रोकिन्न,  कुरा त्यत्ति हो ।

 बत्ती हुदैमा मात्र देशको बिकाश हुदैन,  किनकि अहिले बत्ति भए पनि बिकाश निर्माणका लागि अरु धेरै चुनौती र बाधाहरु छन् । नौ महिना बित्न लाग्दा सरकारको १५ % बजेट पनि खर्च हुन सकेको छैन । भएको सरकारी पैशा पनि प्रयोगबिहीन भएर बसेको छ । त्यसैले बजारमा पैसाको तरलता छ । भनेको बेला, भनेको जति  रकम बैंकहरुबाट त्रृण पाउन सक्ने स्थिती छैन । रोजगारी सृजना हुन सकेको छैन ।  देश अस्तिर राजनीतिको भुमरीमा फसेको छ । सधै बन्द हड्ताल नारा जुलुस भैरहन्छ,  देशमा सान्ति सुरक्षा छैन ।  यस्तो स्थितीमा बत्ति भएर मात्र के गर्ने ?

  बन्द हड्तालको बेलामा बत्ति हुदा घर बाहिर जान नसके पनि घरमा टेलिभिजन हेरेर टाइम पास गर्न भने धेरै सजिलो भएको छ । बन्दको बेला बत्ति पनि नहुने हो भने सहरका बासिन्दालाई समय बिताउन सारै गारो हुन्थ्यो होला । गाउमा त् बत्ति नभए पनि धेरै काम गर्न सकिन्छ, तर बत्ति नहुदा सहरका बासिन्दाले केहि पनि गर्न पाउदैनन ।

मिन बहादुर पण्डित

       अर्को कुरा मैले लोड-सेडिंग  हटाए भनेर कशैले पनि घिराउला जस्तो नाक पार्नु हुदैन ।  लोड-सेडिंग पूर्ण रुपले हट्नुमा धेरै पक्षको देन छ । नम्बर एक कुल मान घिशिंगको भार बेवस्थापन क्षेमता नै हो । लोड-सेडिंग हट्नुको अर्को कारण यो बर्ष भारत बाट बिना अबरोध बिजुली आयात भैरहेकोले पनि हो । धेरै बर्स देखि भस्टचारको अखाडा बनेको नेपाल बिधुत प्राधिकरण गोकर्ण बिस्ट उर्जामन्त्रि भए पस्च्यात  सुधारको बाटोमा अगाडी बढ्न थालेको  हो । तत्कालिन प्रधान मन्त्रि केपी ओलीले पनि लोड शेडिंग १ बर्ष भित्र हटाउन  तत्कालिन र दिर्घ कालिन गरि थुप्रै  योजनाहरु  ल्याएकै हो  ।  तर  उर्जा मन्त्रि  राधा ज्ञावालीको पालामा बिबाद बाहेक खासै परिबर्तन महसुस गर्न भने सकिएन । अहिले लोड सेडिंग हट्नुमा कुलमान घिशिंगलाइ साथ् र सहयोग गर्ने उर्जामंत्री जनार्दन सर्माको पनि ठुलै योगदान छ । त्यो बाहेक यो बर्ष केहि जल-बिधुत  आयोजनाहरु बाट थप बिधुत उत्पादन सुरु भएर राष्टिय प्रसारण लाइनमा जोडिनाले पनि लोड शेडिंग हटाउन सजिलो भएको हो । कृतिम लोड सेडिंगको माहोल बनाइ सेटिंगमा बिजुली बेचेर कमिसन खाइरहेका नेपाल बिधुत प्राधिकरणका कर्मचारीहरुको जालो तोडिनाले पनि लोड सेडिंग  हटाउन मद्दत पुगेको हो ।

         देश  तब धनि हुन्छ,  जब उद्योग खोलेर  बिधुत प्रयोग गरिन्छ ।  देश तब धनि हुन्छ, जब बिजुली प्रयोग गरेर पेट्रोलियम पदार्थलाई बिस्थापित  गरिन्छ । देश तब धनि हुन्छ,  जब बिजुली प्रयोग गरेर खाना पकाउने ग्यासलाइ बिस्थापित गरिन्छ,  ( किनकि बिकसित देशहरुमा ग्यासको सट्टा इन्डक्सन चुलोको प्रयोग गर्ने चलन बढ्दो छ )   देश तब धनि हुन्छ,  जब प्रयाप्त  बिजुली उत्पादन गरेर बंगलादेस  पाकिस्थान र चीनलाई बेचिन्छ । तर भारतले आफुले लगानी गरेको आयोजना बाट मात्र नेपाली बिजुली किन्ने, नत्र नकिन्ने भनेर भनि सक्यो । त्यशैले अब हामिले भारत तिर बिजुली बेचेर धनि हुने सपना देख्नु हुदैन । भारतको पोलिसी आफ्नो मात्र बेच्ने तर अरुको चाँही सकेसम्म किन्न नखोज्ने नै  हो ।  त्यशैले अब हामीले पनि भारतको समान किन्नुको सट्टा आफ्नै बिधुत प्रयोग गरेर आफुलाई चाहिने सम्पूर्ण समान आफै बनाउन तिर लाग्नु पर्छ । स्मरण रहोस बिधुत बेच्नु भन्दा बिधुत प्रयोग गरेर अत्यावश्यक सरसामान उत्पादन गर्दा धेरै गुणा फाइदा हुन्छ ।

      भारत बाट दिनमा करौडौको बिजुली आयात गरेर मेरो सरखारले लोड सेडिंग हटाएको हो भन्नु   सुहाउदो हुन्छ र ?  ५५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाले पनि सम्बत अर्को साल बाट उत्पादन सुरु गर्छ होला । त्यसको क्रेडिट पनि यहि सरखारले नै लिने हो कि ? एदी घुस र कमिसन नखाइकन राम्रो संग सम्झौता गरेर  बिदेशी लगानी भित्राएर हजार मेगा वाटको ७ वोटा आयोजना मात्र पनि बनाउन सकेको भए नेपाली नदि प्रयोग गरे बापत दिने २५ % फ्री बिजुलीले सिंगो नेपाललाइ सित्तैमा बिजुली दिए पनि सकिन्थ्यो । त्यशो गर्दा  गरिबी ह्वात्तै घट्ने थियो । राजनीति पार्टीले जुलुस आन्दोलन र आमसभामा गरिबलाई लगेर पनि गरिबी घट्ला र प्रभु ?

          एदि उद्योग धन्दा नभए अनी आम्दामिको श्रोत नभए,  राज्यले चौबिसै घण्टा बिजुली दिए पनि बिल चाँही  कंहा बाट र कसरि तिर्नु नि ?  देश बिकाश हुन् नेताको  घैटोमा बिजुली छिर्नु पर्छ । नेताको घैटोमा घाम नलागे पनि बिजुलीको उज्यालो छिराउन मात्र  पाए पनि अलि अलि चेत खुल्थ्यो कि ?   त्यशैले लोड सेडिंग हट्दैमा देश बिकाश हुदैन । देश बिकाश हुन् असक्षम कर्मचारी र असक्षम नेताहरु हट्नु पर्छ । हट्न नमाने आगामी चुनाब बाट जनताले हटाउन सक्नु पर्छ । तर ति नेता पुन समानुपातिक बाट साम्सद बनेर आउन सक्छन । त्यशैले  समिधान बनिसकेको अहिलेको अवस्थामा अब समानुपातिक  व्यवस्था पूर्ण रुपले हटाउनु पर्छ । देश बनाउन माथि उल्लेखित यी भ्रमहरु हटाउनै पर्छ ।  किनकि लोड-सेडिंग त् हटी सकेको छ ।

प्रतिक्रिया

सम्बन्धित