युवाहरूले पहिला राजनीतिकाे अर्थ बुझ्नुपर्छ अनी मात्र त्यसमा हाेमिनुपर्छ : युवा नेता सिजन गुरूङ

२०३८ सालमा खोटाङमा जन्मेर हाल सुनसरीको तरहरालाई कार्यक्षेत्र बनाई राजनीति समाजसेवा र ब्यापार ब्यवसाय गरिरहेका युवा नेता सिजन गुरुङ युवाहरुका लागि अभिभावकको भुमिका निर्बाह गरिरहेका छन् । २०५७ सालदेखि नै राजनीति सक्रिय भएका उनी राजनीति सफलताको श्रेय जति सबै आफ्ना बाबालाई दिन्छन् । नेपाली कांग्रेसका युवा दस्ता तरुण दल सुनसरीका सभापति समेत रहनुभएका सिजन गुरुङ पूर्वमा नाम कहलिएको युवा नेता हुन । सानै उमेरमा राजनीति लागेको सिजन अहिले धरानमा भाटभटेनी फास्टफुट समेत सञ्चालन गदै आएका छन । राजनिति सँगै समाजसेवा र ब्यावसाय अपरिहार्य रहेको उनको निश्कर्ष रहेको छ ।  ब्यावसायमा राजनीति अपरिहार्य रहेको वताउँने युवा नेता गुरुङ सँग पुर्वेली न्युजले गरेकाे संक्षिप्त कुराकानी

स्थानिय चुनावको माहोल वढेको छ अहिले के गदै हुनुहुन्छ ?

स्थानीय चुनावको तयारी सँगै ब्यावसायमा पनि लागीरहेको छु । तोकिएकै समयमा स्थानीय चुनाब सम्पूर्ण राजनीतिक दलहरुलाई सबै किसिमका समूदायहरुलाई पाए पर्ने तरिकाले सबैलाई समेटेर स्थानीय निर्बाचन गर्दा उपयुक्त हुँन्छ । तोकिएकै मितिमा चुनाव हुन जरुरी छ । मधेसबादी दलले बहिष्कार गरेर वसेको चुनावलाई केहि हद सम्म जायज मागहरुलाई समेटेर स्थानीय चुनाव गराउँनुपर्छ जस्तो लाग्छ । म आफु ब्यक्तिगत रुपमा यस्तो सन्देश समेत दिदै आएको छु ।

 आउँने बैशाख ३१ गते चुनावको मिति घोषणा भएको छ मधेसी मोर्चा तथा अन्य पार्टीहरुले पनि असन्तुष्टि जनाइरहेका छन् कुनै पनि हालतमा चुनाव हुन दिन्नौ भन्छन् के फेरी चुनाव सर्ने त होइन ?

एमालेले हिजोको दिनमा मंसिरमा चुनाव घोषणा गर्दै गर्दा उसलाई आफ्नो पाए पर्ने तरिकाले उ आफँु सत्तामा रहँदा रहँदै चै चुनाव घोषणा गर्छु र त्यसले गर्दा आफ्नो पार्टीलाई सपोर्ट हुँन्छ भन्ने तरिकाले गरेको थियो । र अहिले एकथरिले स्थानीय चुनावलाई बहिस्कार गर्दै गर्दाखेरि र अर्कोथरीमा मात्रै निर्बाचन सम्पन्न गर्छु भन्ने यो चैँ खासै उचित हुँन्छ जस्तौ लाग्दैन । यो मुलुकमा स्थानीय चुनाब हुँने हो भने मुलुकका सम्पूर्ण राजनीतिक दलहरुलाई सबै किसिमका समूदायहरुलाई पाए पर्ने तरिकाले सबैलाई समेटेर स्थानीय निर्बाचन गर्दा उपयुक्त हुँन्छ । हालसम्म स्थानिय चुनाव सर्ने नसर्ने केन्द्रबाट केही पनि जानकारी आएको छैन । सकेसम्म बैशाखमै मिति घोषणा भएको छ । सरकारले मिति घोषणा गरेअनुरुप नै स्थानीय निर्बाचन गराउला । र त्यो चुनाव हुँने दिनसम्म मधेसबादी दलले बहिष्कार गरेर बसेको छ । उनीहरुलाई पनि सहमति गराएर केही जायज माघहरुलाई समेटेर बैशाखमै स्थानीय चुनाव गराउँनुपर्छ

दुई दशकपछि स्थानीय चुनाव हुँदैछ, कांग्रेस र तरुण दलले कसरी चुनावको तयारी गरिरहेको छ ?

धेरै लामो अन्तरालपछि जनप्रतिनिधिले आफ्नो स्थानीय निकायमा आफ्नो स्थानीय प्रतिनिधिद्धारा शाषन गर्ने या सुविधा विकास गर्ने जुन प्रणाली छ त्यसको विकाश गर्नका निम्ति र स्थानीय सुविधालाई स्थानीय तहमा नै प्रयोग गर्नका निम्ति स्थानीय निर्वाचन अपरिहार्य रहेको छ । दुई दशकपछि हुँन लागेको स्थानीय निर्वाचनमा निम्ति हामी जोडतोडले लागी परेको छ । यो मुलुकमा नेपाली कांग्रेस मात्रै यस्तो पार्टी हो जसले लोकतन्त्रलाई आत्मसाथ गरेर अगाढी बढिरहेको छ । र नेपाली कांग्रेसले यो मुलुकमा सबै तहबाट बिजयी हाँसिल गर्न सक्यो भने मात्रै यो मुलुकको मुहार परिबर्तन गर्नै सक्छ । यो मुलुकमा लोकतन्त्रको रक्षा गर्न सक्छ यो मुलुकमा समृद्धि ल्याउँन सक्छ । त्यसकारणले गर्दा मुलुकको समृद्धिका लागि पनि नेपाली कांग्रेसले स्थानीय चुनाव आफ्नो पोल्टामा हाल्ने तरुण दलका युवा र समग्र कांग्रेस चुनावको तयारीमा जुटेको छ ।

युवाहरु पछिल्लो समय राजनीति कसरी लागिरहेछन ? युवाहरुले राजनीति के पाउँने अपेक्षा गर्नु ?

बिशेषगरी राजनिति भनेको समाजसेवाको बृहत रुप हो म त्यसरी हेर्छु । राष्ट्रका जनताको सेवा गर्नु राष्ट्र निर्माण गर्नका निम्ति लाग्नु हो । र धेरैजसो युवाहरुले राजनितिमा किन होमिएको छ भने राजनिति थाह नहुँदै गर्दाखेरि पनि राजनितिमा प्रवेश गर्दै गरेको अवस्था छ । बिशेषगरी अराजक दलहरुले युवाहरुलाई राजनितिक भन्नुको अर्थ युवाहरुलाई स्कुल छाडेर टाएर बाल्नका लागि मात्रै पनि आन्दोलन गर्नका लागि मात्रै पनि प्रयोग गरिरहेका छन् बन्द हड्ताल गर्न मात्रै पनि प्रयोग गरिरहेको अवस्था छ । र तिनै युवाहरु त्यस्तै टाएर बालेरै पनि रमाइरहेको अवस्था पनि छ । बास्तवमा भन्ने हो भने राजनितिक भन्ने शब्द सडकमा टाएर बाल्नु र बन्द हड्ताल गर्नुलाई राजनितिक हैन । राष्ट्र निर्माण गर्नुका निम्ति युवामा जुन जोश छ युवामा शक्ति छ त्यसको सदुपयोग गदै मुलुक निर्माण गर्नका निम्ति लगाउँनु पर्यो । मुलुकको संरचनाहरु धोस्त गर्नका निम्ति अवरोध गर्नका निम्ति चैँ युवाहरुलाई प्रयोग गरिनुहुन्न । राजनितिमा लागेका युवाहरुले आफ्नो भविश्य राजनितिमै शुनिस्चित गर्छु । म राष्ट्रको सेवा गर्छु जनताको सेवा गर्छु राष्ट्रलाई विकाशोन्मुख तिर लैजान्छु मेरो शक्ति र उर्जाहरु मुलुकका जनताहरुका निम्ति लगाउँछु भन्ने धेरै कमले मात्रै बुझेका छन् । राजनितिक क्षेत्रमा लागि परेका युवाहरुले बुझनुपर्ने हुन्छ कि राजनिति समाजसेवाकै बृहत हो । आफुँलाई हैन मुलुकका जनताका भलाइका निम्ति लाग्नुपर्ने हुन्छ ।

के युवाहरु राजनीतिमा लागेपछि भविश्य खोज्न अन्त जानु पर्दैन ? राजनितिमै भबिश्य छ ?

भविश्य आफूँ जे मा दत्तचित्त भएर लाग्नुभाछ जे कुरा आँफुले बुझेर गएको खण्डमा जुनै क्षेत्रमा लागे पनि आफ्नो भविश्य शुनिश्चित गर्न सकिन्छ । बिशेषगरी राजनितीमा सोचेअनुरुपको भविश्य हाँसिल त नहोला तर सबैभन्दा प्रमुख कुरा के हो भने राजनितीकमा होमिनु भनेको चैँ राष्ट्रनिर्माणका लागि लाग्नु हो । राष्ट्रनिमार्ण समृद्ध भयो भने युवाहरुले बुझेको र चाहेको त्यहि नै हो । त्यो भएको खण्डमा युवाहरुले सोचेको युवाहरुको सपना पुरा हुँन सक्छ । न त आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्नका निम्ति आफ्नो खल्ति भर्नका निम्ति राजनितलाई औँल्याएर अगाढी बढेका छन् भने पक्कै पनि यस्ता सोच पुरा हुँन सक्दैन । ति भ्रम हुन् त्यो भ्रमलाई चिर्दै युवाहरु आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि मुलुकको स्वार्थका निम्ति लागेको खण्डमा भोलिका दिनमा मुलुकले मुहार फेर्नेछ ।

राजनीति सँगसँगै समाजसेवा पनि गरिरहनुभएको छ सामाजिक क्षेत्रमा पनि सक्रिय हुँनुृहुन्छ आगामी दिनमा युवाहरुलाई कसरी अगाढी बढाउँने सोच्नुभाछ ?

मैले २०५६ ÷५७ सालदेखि नै युवाहरुलाई संगठित गरेर जुन युवाहरुलाई सहाराको आवश्यक हुँन्छ त्यस्ता युवाहरुलाई सहारा दिँदै बेरोजगार युवाहरुलाई स्वारोजगारको बाटो सृजना गर्दै आएको छु । बिभिन्न खालको सामाजिक क्षेत्रमा जानकारी गराउँने,समाज निर्माणको बारेमा जानकारी गराउँने त्यस्ता किसिमको क्रियाकलापमा निकै लामो समयदेखि लागिरहेको छु । र भोलिका दिनमा पनि यस्तै हिसाबले युवाहरुलाई उनिहरुको क्षमता र योग्यता अनुरुपको अवसर यो मुलुकमा श्रृजना गर्नुको निम्ति सधैँव लाग्ने छु । राजनितिमा ब्यावसाय अपरिहार्य ठानेर अहिले म ब्यावसायमा लागेको हुँ । राजनिति गर्ने पैसा चाहिदो रहेछ त्यस कारण अहिले म राजनिति सँगै ब्यावसायमा लागेको हुँ ।

काग्रेस र तरुण दलले युवा नेतृत्वलाई कसरी लिएको छ जस्तो लाग्छ ?

युवाहरुले चाहेको खण्डमा अन्य बिकसित राष्ट्रहरुजस्तै केही बर्षभित्रै नेपाललाई विकसित गर्न सक्छन् । युवाहरुमा राजनितिक चेतना रहनुँपर्यो र जतिपनि अग्रज नेताहरु हुँनुहुँन्छ उहाँहरुले युवाहरुलाई अवसर पनि दिनुपर्छ । नेपाली कांग्रेसको परिवर्तनलाई हेर्ने हो भने भोलिका दिनमा युवाहरुको आवश्यकता पक्कै पनि नेपाली कांग्रेसले महशुश गर्ने । पार्टीकै सभापतिको कुर्सिमा बसेर देहावसान हुँने बेलासम्म पार्टीकै कुर्सीमा पदमै बसिराख्ने जुन यो पुरातन प्रबृति छ बास्तावमा यो गलत प्रबृति हो र त्यो ठाउँमा युवाहरुलाई पुग्ने बाटो सृजना गनुपर्छ जस्तो लाग्छ ।

जस्तो युवाहरु चुनावको बेला एउटा पार्टीको प्रचारमा हिँड्ने र भोट चैँ अर्कै पार्टिलाई दिने पनि भन्नमा सुन्न आएको छ नि?

हो, मैले अघि नै पनि भनिसकेँ युवाहरु राजनितिमा प्रबेश गर्नु अगाढी के हो राजनिति भन्ने बुझ्नु पर्छ । भोलि मैले एक भोट किन्नका निम्ति पाँच हजार दिएँ भने त्यो मान्छेलाई अर्को पार्टीले छ हजार दियो भने त्यो अर्को पार्टीलाई भोट हाल्न सक्छ । यस्ता किसिमका युवाहरुको राजनितीमा लागेर काम छैन । वास्तवमा युवाहरुले राजनिति बुझ्नु भएको छ भने मुलुकको बिकासका निम्ति तपाईँ चिन्तित हुँनुहुन्छ भने आफूँलाई चाहेको पार्टीलाई भोट हाल्नुपर्ने हुँन्छ मुलुकको समृद्धिको लागि ।

अन्त्यमा युवाहरुलाई केहि भन्नु छ ?

युवा देशका भविष्य हुन । देश विकासको लागी अहिले देखि नै विकृतीहरु छोडी ब्यापार ब्यावसाय सँगसँगै समाज सुधारमा लाग्न सुझाब दिन्छु । सकरात्मक सोचले अगाडी वढ्दै आफ्नो ठाउँको विकासमा युवापुस्ता लाग्नु अहिलेको आवश्यकता हो त्यस कारण युवाहरुले आफ्नो ब्यावहार परिवर्तन गर्ने हो भने भविष्यमा एउटा सक्षम मानिस बन्न सक्छ त्यो बाटो रोज्न आम युवाहरुलाई अनुरोध गर्दछु ।

प्रस्तुती – बिवेक विवस रेग्मी 

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…