वीर सपुत गौतम : नेता र राजनेता

कुरा बि.स २०१६ असार १५ गतेको हो । चिनको जनमुक्ति सेनाले नेपालको मुस्ताड भञ्जयाड क्षेत्रमा आइ तिब्बतलाई स्वतन्त्र बनाउन सक्रिय नेपालमा रहेका तिब्बती सरणार्थीहरुलाई दमन गर्न गोली चलाउदा भुलले नेपाली सेनाका सिपाही बम प्रसाद बास्तोलालाई २८ जुन सन १९६० का दिन गोली लागी मृत्यु भएको थियो । तत्कालिन प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाले उक्त घटनाको बिरोध गदैं सो घटना बारे माफी माग्न र क्षतिपुर्ती दिन पत्र लेख्नु भएकोमा चिनिया प्रधानमन्त्री चाउ यानलाई ले माफी माग्नुको साथै ५० हजार नगद रुपयाँ मृतकका परिवारलाई क्षतिपुर्ती दिने गरी पत्र लेख्नु भएको थियो ।

नेपालले पत्र लेखे पश्चात चिनिया सरकारले घटनामा आफुहरुको दोष नरहेको भनि उक्तर फर्काएको थियो । यस घटनालाई लिएर दुवै देशबिच निकै खटपट चल्यो । नेपाली पक्षबाट यसको खुलेर सबै क्षेत्रबाट बिरोध गरे । यस घटनालाई लिएर बिश्वका अन्य देशहरुबाट पनि चासो व्यक्त गरेका थिए । घटनाको सत्यतथ्य बुझन दुवै देशलाई आग्रह समेत गरिएको थियो । अन्तत चिनले नेपाल सरकारसँग घटनाको बिषयमा माफी माग्न बाध्य भयो । जसको क्षतिपुर्ती स्वरुप नगद ५० हजार रुपयाँ मृतक बास्तोलाका परिवारलाई हस्तानतरण गरिएको थियो । यसरी सो घटना सम्य भइसकेकोमा तत्कालिन भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतिय संसदमा वक्तव्य दिदै सन १९५० को सम्धी अनुसार चिनले नेपाल माथि आक्रमण गरेमा भारतमाथि गरे सरह भएकाले भारत यस घटनामा मुकदर्शक भएर नबस्ने बताएका थिए ।

रञ्जना पौडेल

यसमा प्रतिकृया व्यक्त गदैं नेपालका प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाले सन १९५० को सन्धी बारे नेहरुद्धारा गरीएको व्याखा गलत भएको भन्दै ‘नेपालले अनुरोध गरको खण्डमा मात्र भारतले सैन सहयोग गर्ने हो’। हाल चिनसँगको यस घटनामा नेपालले आफै वार्ता मिलाईसकेकोले भारतिय सेना आवश्यक नभएको व्यहोरा संसदमा जानकारी दिएका थिए । विश्वेश्वर प्रसाद कोइरालाको यस कुरालाई भारतिय प्रधानमन्त्री नेहरुले स्वृकार गरेका थिए । त्यती बेलाको घटनाबाट प्रष्ट बुझन सकिन्छ बिश्वेश्वर प्रसाद कोइरालालाई सत्ताको भन्दा बढी माया देश र जनताको थियो । निर्दरताको उदाहरण पनि बन्न पुगे विपी । उनको एक चिठिले चिनको पं्रधानमन्त्रीलाई समेत झुकायो । नेपाल प्रति एकछत्र राज गर्न खोज्ने नितिलाई पनि विपीले बुझेका कारणनै भारतिय प्रधानमन्त्रीले युद्ध गर्न उक्साएको कुरालाई ठाडै अस्वृकार गरिएको थियो । यो बाट प्रष्ट हुन्छ विपी वास्तवमै राजनेता थिए ।

यसैको दोस्रो पाटो हेर्ने हो भने समय बदलियो ठाउँ बदलियो परिस्थिति भन्दै थियो नेता बदलिए व्यवहार बदलियो । प्रसंग यसै हप्ता कैलालीमा भारतिय पक्षबाट गोली चल्दा नेपाली नागरिक गोबिन्द गौतमाको मृत्युको हो । २०७३ फागुन २६ गते नेपाली पक्षबाट निर्माण गरिएको बाध भारतिय सिमा सुरक्षा बलको टोलीले भत्काएपछि गौतम सहित नेपालीले बिरोध गर्दा उनलाई गोली लागेको थियो । भारतले नेपाली भुभागमा बनेको बाध आफनो दाबी गदै भत्काएपछि कैलालीका नेपालीहरु भारतको बिरोधमा निस्किएका थिए । सो क्रममा एसएसबिका जवानले चलाएको गोलीले गौतमको मृत्यु भएको हो । गौतमलाई ४ राउण्ड गोली प्रहार भएको थियो जसमा चौथो गोलीले उनको ज्यान गयो । गौतम आफनो देशको सिमा मिच्ने भारतिय बिरुद्ध जाइ लाग्न कैलालीको सिमामा पुगेका थिए ।

घरमा बिरामीले थला परेका बुवालाई छाडी देशको सिमा मिच्न दिन सकिदैन बुवा भनेर सम्झाएर गौतम सिमा रक्षा गर्न पुगेका थिए । घर भन्दा ठुलो देश हो बुबा उपचार पछि गरौला भिन्दै हिडेका गौतम अन्तत न घर फर्किए र बुबाको उपचारनै गर्न पाए । गौतमको बिषयमा चुपचाप छ सरकार सहिदको घोषणा त गरयो तर क्षतिपुर्ती पनि नेपाल सरकारले नै व्यहोरो । आज सम्म घटना कसरी किन भयो दोषी को हो भन्ने बिषयमा नेपाल सरकार मौन छ । लाग्छ सरकार चिरनिन्द्रमा छ । देशभर कैलालीको घटनाको बिषयमा खुलेरै बिरोध भए । किन नेपाल सरकार मौन छ ? २०१६ सालमा भएको घटनाको बिरोधमा बिश्वेश्वर प्रसाद कोइरालाले लेखिएको पत्रले चिनिया प्रधानमन्त्रीलाई झुकाएको थियो । जबकी त्यो समयमा स्रोत साधनको कमी हुदा पनि एउटा नेपाली सेनाले न्याए पाएका थिए । आज स्रोत र साधनको बिकास प्रसस्तै मात्रमा भएपनि गोबिन्द गौतमले न्याय किन पाएका छैनन ?

यो प्रश्न प्रत्येक नेपाली जनताको मुखमा सुन्न सकिन्छ । ंयो समाजमा अपराधीहरुलाई अभिनन्दन गरिन्छ तर देशलाई आफ्नो आहुती दिनेको लागि खै केही भन्न सकिन्न । नेताहरुको समय छैन ति मानिसहरुलाई भेट्ने जस्ले देशलाई आफ्नो ज्यानको आहुती दिऐ । गौतमको अन्तिम संस्कार हुदा समेत सरकारी निकायमा जिल्ला स्तरिय कर्मचारी समेत उपस्थित हुन सकेनन । बढो विडम्वनाका साथ भन्नु परेको छ यो कि हामी कस्तो देशमा जन्म लियौ ? यहाँ देशको लागी मर्दा समेत सरकार चुपचाप बस्छ । गौतम जस्ता अझै धेरै युवा छन जो देशको लागी ज्यान दिन तयार छन । तर यहाँ देशको सिमा मिचिरहदा मान्छे मारिदा पनि यो देशलाई चासो नहुदा कुनै दिन देश कब्जा गर्दा समेत नबोल्ला भन्न सकिन्न ।

यहाँ पनि नेपाल सरकारको चाहाने हो भने टेलिफोन मार्फत भारत सरकारलाई माफी मगाउन सक्थ्यो !! तर त्यसो भएन । कति लाचार छ सरकार, लाचारमा बिचार नपुगे जस्तो बनिदिएको छ । त्यसैले त घटनास्थलमा आफु पुग्न त कहाँ हो कहाँ त्यही जिल्ला प्रमुख जिल्ला अधिकारी घटनास्थल सम्म पुग्न सकेनन । आफनो नाबालक छोरा छोरी बृद्ध बुवालाई छोडी देशको सिमाको रक्षा गर्ने बिर गोबिन्द गौतमलाई सहिद त भनियो तर सहिद जस्तो सम्मान गरिएन । सहिद शब्द आजकल यति सस्तो भइदिएको छ चट्याड लागेर मृत्यु हुने सहिद दुर्घटनामा मृत्यु हुने पनि सहिद । यत्रतत्र सर्वत्र सहिदै सहिद । त्यसैले गोबिन्द गौतम सहिद मात्र हैनन उनि त विर सपुत हुन । बिर सपुत गोबिन्द गौतम ।

प्रतिक्रिया

सम्बन्धित