रबिन्द्र मिश्रलाई खुल्ला पत्र

दिनेश पाण्डे

प्रिय रबिन्द्र,
म तिमीलाई ब्याक्तिगत रुपमा त चिन्दिन तर सम्बृद्ध नेपाल निर्माणको लागि तिमीले गरेका अथक प्रयास र प्रयत्नहरुलाई नजिक बाट नियाली रहेको छु । तिम्रो बिचार, आदर्श, निष्ठा र सिद्धान्त संग पहिले देखिनै म र सम्बृद्ध नेपाल चाहने हजारौ युवाहरु चिरपरिचित छौ ।

तिमी बि बि सी छोडेर राजनीतिमा गएको खबरले मरुभूमिमा आफ्नो श्रम, जवानी र भबिस्य तुहाईरहेका हजारौ युवाहरु अत्यान्तै उत्साहित छन र म पनि I रबिन्द्र, तिमी दाम र नामको लागि नभई साचिकै देशको मुहार फेर्नको लागि राजनीतिमा होमिएका हौ भन्ने कुरामा म बिश्वस्त छु, किनकि जुन दाम तिमीले कमाइरहेको थियौ त्यो दाम राजनीतिमा गएर बेइमान गरेउ भने पनि कमाउन गार्हो पर्ला, तिम्रो जुन नाम र ब्राण्ड थियो त्यो थामी खान समेत तिम्लाई मुस्किल पर्ला, यति जान्दा जान्दै पनि तिमीले भनेजस्तै निलो समुन्द्र बाट धमिलो खाल्डोमा होमिने निर्णय गरेउ, रास्ट्र निर्माणका लागि तिमीले गरेको त्याग र साहस अत्यान्तै प्रशंसनीय छ, हृदय देखि नै बधाई अनि सफलताको सुभकामना ।

“मैले नियतबस एक पैसा घुस खको रछु भने मेरी आमाको खुन पिए बराबर पाप लागोस”, “भ्रस्टाचारिलाई किरा परोस”,”भ्रस्टाचारि जेल परुन”… भ्रस्टचार विरुद्ध तिमीले गरेका शाब्दिक प्रहारहरु व्याहारमा लागु हुन सकुन I तिमीले दिएका हरेक अभिब्याक्ती, प्रतिबध्ता र प्रयासले तिमीलाई एउटा असल नेता बन्न नैतिक ऊर्जा प्रदान गरोस । भ्रस्टचारीलाइ जेल बाट निस्कदा चालिस किलोको मालाले स्वागत गर्ने अनि सदाचारी लाइ बिज्ञप्ति निकालेरै पागल भन्ने पाखण्डी समाजमा खुट्टा तान्नेहरु बढी हुन्छन सधै सतर्क रहनु । तिमी सत्कर्म गर्दागर्दै कसैले मिथ्या आरोप लगाउछन भने खुलेर प्रतिबाद गर्नु । पार्टीको आर्थिक कारोबारलाई पारदर्शी देखाउनु ताकि कसैले शंका गर्ने ठाउँ नपाओस । दुइ चार जना पाखण्डीहरुले नकारात्मक टिपणी गरेर निरुत्साहित गर्न खोज्लान, अलिकति पनि बिचलित नहुनु किनकि तिम्रो पछाडी लाखौ युवाहरु छन् जसले तिम्रो सत्कर्मको सधै जय जयकार गर्नेछन । साझा पार्टीमा सक्षम युवाहरुलाइ बढी प्राथमिकता दिनु, समाजबाट तिरस्कृत भैसकेका ब्याक्तिलाई संलग्न नगराउनु किनकि एउटा कुहिएको आलुले बोरामा भएका अरु राम्रा आलुलाई कुहाउछ ।

हामीले राजतन्त्र, पंचायत, प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्र सबै तन्त्र दोहोराई तेहेराइ भोगेउ तर कहिले अगाएनौ । आस्थाको नाममा अन्धभक्त भयौ, भ्रस्ट व्यक्ति र पार्टीलाई जानी जानी पटक पटक भोट दियौ किनकि हामीलाई दुनियाको कुनै पनि रास्ट्र पार्टी र तन्त्रले सम्बृद्ध बनाएका होइनन भन्ने कुरा थाहा थिएन । जापान, अमेरिका, चीन, सिंगापुर, दुबई, मलेसिया आदि जति पनि बिकषित रास्ट्र छन् यी कुनै तन्त्र र पार्टीले बनेका हैन रहेछन, एउटा कुसल व्यक्तिको नेतृत्वले बनाएको रहेछ I हामीलाई पनि त्यस्तै एउटा नेतृत्वको खाचो छ जसले यो देशलाई हाम्रै पालामा सुन्दर, शान्त र सम्बृद्ध बनाउन सकोस् यो सम्भावना मैले तिमीमा देखेको छु रबिन्द्र, आशा छ अब पुरा हुनेछ । निर्धक्क भएर अघि बढ,परिबर्तन हाम्रै पालामा चाहाने लाखौ युवा तिम्रो पछि छन् जसले तिम्रो हरेक पाइलामा साथ दिने छन ।

दिनेश पाण्डे
सियाटल, वाशिंगटन

प्रतिक्रिया

सम्बन्धित