सन्दर्भःअन्तर्राष्ट्रिय महिला दिवश

गोमा नेपाल

मेरो ९० बर्ष पुग्नु भएको ससुराबुवाले भन्नुभयो – महिलाको अधिकार भनेको के हो ? के हुँदाअधिकार प्राप्त हुन्छमेरो ? के चाहिएर के ले नपुगेर महिलाहरु सडकमा नारा र्याली गर्दै हिडछन् ? वहाँको बिचारमामहिला सर्बअधिकार सम्पन्न छन् । अर्काकी छोरी घरमाभित्र्याएर आफ्नो घरको ढिकुटी, भान्सा, सम्पत्ती, परिवार जस्ता त्यस परिवारको सम्पूर्ण कुराको मालिक्नीतथा हिस्सेदार बनाइन्छ । छोराछोरी महिलाका, अन्नपातमहिलाले उपयोग गर्ने, सुनचाँदी गरगहनामहिलाले उपयोग गर्ने, भान्सा भाँडावर्तन महिलाको हातमा,खानपानको खटन महिलाको, कमाएर ल्याएको रुपैंया महिलालाई राख्नदिने, घर, खेती, बस्तुभाउ, ब्यापार व्यवसाय सम्पूर्णको जिम्मादिएको छ र पनिमहिलालाई नै अधिकार पुगेन भन्छौ ! कस्तो समय आयो हेर्दा हेर्दै , भनअब के अधिकार चाहियो तिमीमहिलाहरुलाई ?
बाको यस अनपेक्षितप्रश्नले एकछिन् अनुत्तरित हुनपुग्छु । वहाँको कुरा आफ्नो ठाउँमा सहियसमानेमा छ की – वहाँको समयमामहिलालाई माथिभने जति कुराको आधिकारीकताभएपुग्थ्यो । फेरी सबैको घरमामहिलालाई त्यति सुबिधाकहाँहुन्थ्यो होला?पतीको घरलाई आजसम्मपनि“अर्काको घर” भन्ने चलन छ । मेरो पुस्ता सम्मले आजसम्म न माइतिघरलाई आफ्नो भन्नपाएको छ न बिबाहभएर गएको लोग्नेको घर कहिल्यै आफ्नो भएको छ । छोराछोरी आफ्ना भैदिए, घर सम्पत्तीआफ्नो भैदिए, लोग्ने आफ्नो भैदिए, जीवनबाँच्नआफ्नो लागि भैदिए, पहिचान र सम्मानआफ्नो भैदिए, घरमाअफिसमा, समाजमापुरुषमहिला सहकर्मी भैदिए लैङ्गिकविभेदको शिकार हुननपरे महिलाहरु आफ्नो अस्तित्वको लागिआजसम्मकिन लडिरहनु पथ्र्यो र !
महिलाहरु किनआन्दोलित छन् र के अधिकार चाहियो भन्ने कुरा म बालाई कसरी सम्झाँउ?जुन सामान्य कुराको लागिहामी लडाई लडदैछौं त्यस बिषयमाआमाले बा संग कहिल्यै गुनासो गर्नुभएन । चाहे घर खेतिमा सहयोग गर्ने कुराहोस, चाहे आमाले सुकामोहोर जम्मापारेर संचय गरेको रुपैंया पैसा बा ले कतै लगेर चलअचल सम्पत्तीखरिद गरेपनीवाफुर्मास गरेर सकेपनी, चाहे आफुलाई सुत्केरी व्यथालागेको बेला बुढाले छाडेर महिनौ गायवहुँदाहोस् , कहिल्यै केहि गुनासो बेगर हाँसीहाँसीआफ्नो सम्पुर्ण जिवनकालव्यतित गरेकी मेरी सासुआमाकी बुुहारी म कसरी बताउँकीमहिलाहरु आफ्नो अस्तित्वको लागी संघर्षरत छन् । घरमा, समाजमा,अझबिश्व भरी महिलाहरु पुरुष सरह सक्षम र सबल हुँदाहुदै पनि लैङ्गिकविभेदको शिकार भइरहेका छन् । अधिकार केवलकागजीनारामासिमित रहन बाध्यछन् । आजपनि सामाजिक संरचनामामहिलापुरुषबिच रहेकाविभेदहरु अन्त्यहुन

अमेरीका जस्तो विकशित देशमा त सकिरहेको छैन भने हामीविकाशशिल देशमा रहेकामहिलाको अवस्थाहामीआफैं मूल्याङ्कनगर्न सक्छौं ।
समस्या गृहिणी महिलाहरुमामात्रसिमित छैन, कामकाजीमहिलामाझन दोहोरो समस्या छ । घरमा , समाजमा साझा समस्या छन् अफिसमाअझ फरक खाले विभेदहरु छन् ।मेरा केहिपुरुष साथिहरु जहिले पनिभन्ने गर्छन – तपाई जहिले पनिमहिलाको वारेमामात्र कुरा गर्नुहुन्छ , के सारो फेम्नीस्ट हौ ! यो तपाईको सारै नराम्रो बानीहो सुधार गर्नुस् आदिआदि तर ति बिद्धान महाशयहरुको आशयमलाई राम्रो संग थाह छ किउनिहरु मसंग जल्छन् आफ्नो निकटतम प्रतिद्घन्दीको रुपमा हेर्छन र मेरो कमजोरी महिलावादीहुनमा देख्छन् । तर आज मैले महिलाको आवाज नउठाए कहिले उठाउने ? मैले नगरे कस्ले गर्ने ? जस्ता कुराले महिलाका मुद्धाहरु उठान गर्दै समाजमामहिलाशशक्तिकरणका लागिआफ्नो तर्फबाट सक्ने जतिपहलगर्न छाडेको छैन ।आफु समान रआफुभन्दाउच्चपदमाआसिनमहिलालाई सम्मानगर्न नजान्ने पुरुषवादीचिन्तनबोकेका मेरा सहकर्मीहरु सधैं लगाउने लुगाको आधारमाव्यक्तित्वको मुल्याङ्कन गर्छन् । सहकर्मीको रुपमाभन्दा सहयोगीको भूमीकामामहिलाको परिचय गराउन चाहन्छन् । कामप्रतिलगनशिलता, त्याग र समर्पण नदेख्ने , अरुको योग्यताक्षमतामा इस्र्या गर्ने प्रबृत्तिअन्त्यभएमामात्रनारी पुरुष बराबर भई समाजविकशितहुन सक्ने कुरामादुइमत छैन ।
विश्वभर १०७औं अन्र्राष्ट्रिय महिलादिवशर “महिला सम्मानको आधारः शिपयुक्तहात र स्वरोजगार”भन्ने राष्ट्रिय मूलनाराका साथ ‘बदलिदो परिवेशमाकामकाजीमहिला, सन् २०३० सम्ममा बराबरी पाइला’भन्ने सहायकनारा लिएर नेपालकाबिभिन्न स्थानमामहिलाहरु जम्माभएर नारी दिवशमनाइरहेका छन् । तथापी ग्रामिण दुरदराजका पिछडिएका, सिमान्तकृत, बिपन्नमहिलासम्म यो सन्देश पुग्न सकिरहेको छैन ।

नेपालीमहिलाले नयाँबनेको संविधानमाउल्लेख भएजतिहकअधिकार पाउने हो भने पनिमहिलाको जिवनस्तर उकास्न धेरै समय लाग्ने छैन । नयाँ संविधानकार्यान्वयनगर्ने कुरामादवाव सृजनागर्दै आसन्न स्थानीयनिर्वाचनमामहिलाकालागिआरक्षण गरिएकाकोटा प्राप्तीको सुनिश्चितता, राज्यका हरेक निकायमामहिलाको अर्थपूर्ण सहभागिता, शिक्षा, श्वाश्थ्य र रोजगारीका क्षेत्रमा सम्मानजनक सहभागिता जस्ता विषयमा एकजुट भएर आवाजबुलन्दगर्न जरुरी छ । सम्मानजनक सामाजिकजिवन र गुणस्तरीय जिवनको लागिआयआर्जन तथा स्वरोजगारी तर्फ ध्यानदिंदै महिलापुरुष एक रथकादुई पाँग्राको सार्थकता झल्काउन आजैदेखि सबैले प्रण गरौ । महिलादिवशको उपलक्ष्यमा सबै महिला पुरुषलाई शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित