अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र समेट्नुपर्ने विषय

विभिन्न अवसरमा मनाइने दिवसहरु विकासे कार्यकर्ता,सरकारी तथा गैर सरकारी संघ संस्थाका लागि निकै ठुलो चाड बनेर आउछन । तामझामका साथ । नजिकिदै गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात नारी दिवस ले पनि शताव्दिको इतिहाँस बोकेको छ । यस वर्ष १०७ औं नारी दिवस मनाउदै छौं । विषेशगरि महिला अधिकार प्राप्तिको आन्दोलनमा भएका योगदानको सम्मान र सम्झनामा यो दिवस मनाइन्छ ।

बालापनदेखिका सम्झनाहरु जोडिएका छन यस दिवससंग । सानो छदा स्कुले जीवनमा केटीको मात्र विदा हुने दिन भनेर खुसि बनाउथ्यो नारी दिवसले । तर आज आएर महिला आन्दोलनको सिङ्गो इतिहाँस र यस आन्दोलनमा योगदान पुर्याउने विश्वभरिका महिलालाइ सम्झने दिनको रुपमा स्मरण गर्न थालेकिछु । सम्भवत महिला अधिकार प्राप्तिको यात्रामा हिडेको एउटा सचेत मन…..यि सम्पुर्ण विषय महसुस गर्नकालागि योग्य पनि छ ।

वर्तमान अवस्थामा हाम्रो समुदायमा महिलाले गरेको कुन कामलाइ श्रमको रुपमा स्विकारिएको छ ? कस्तो कामले श्रमको हेक्का राख्छ ?

श्रमलाइ परिभाषि गर्ने मापदण्ड के के रहेका छन ? यि विषयहरुमा पक्कै पनि एकरुपता पाइदैन । जसको प्रत्यक्ष प्रभाव महिलाको अनौपचारिक श्रम र घरेलु श्रमको मुल्य स्थापनामा परेको छ ।

शोभा बजगाइ

सामान्य रुपमा सोच्दा महिलाले अधिकांश समय घरमा बिताउछन । केही काम नगरि भन्ने आम मानिसको बुभाइ रहेको छ । तर त्यो समयमा ती महिलाले गरेको कामको आर्थिक गणना हुने हो भने, घरको साथ साथै मुलुककै अर्थतन्त्र बलियो बनाउन महिलाको योगदान पनि पुरुषको जत्तिकै रहेको कुरा स्विकार्य पक्कै पनि हुने थियो । अव यसलाइ वहसको विषय बनाइनु पर्छ ।

लैङ्गिक समानताका लागि अघि बढेका कदमहरु महिला महिलामाथि हुने हिंसामा मात्र ठोकिनु हुदैन । वर्षौदेखि हिंसा न्युनिकरणमा भएका प्रयासबाट व्यक्तिको जीवन र सिङ्गो समाजमा पारेको प्रभाव पनि त्यत्तिकै चर्चाको विषय बन्नुपर्छ । अन्यथा यतिका वर्षको अथक प्रयास र उपलव्धि दिनानुदिन गौण बन्दै जाने कुरामा दुइमत छैन ।

भने अर्कोतीर समय समयमा मनाइने यि दिवसहरुको मर्म विभेद र हिंसारहित समाज निर्माणमा आम नागरिकको ऐक्यवद्धताका लागि सचेतीकरण गर्नुपनि हो । जसका लागि महिला पुरुष र तेस्रो लिङ्गि सबैको उत्तिकै साथ,सहयोग र योगदानको जरुरि हुन्छ । तसर्थ, यस्ता प्रकारका कार्यक्रम र अभियानमा पुरुष र तेस्रो लिङ्गीको पनि समान र अर्थपुर्ण सहभागिताको जरुरि हुन्छ । न की महिलाको मात्र ।

महिलाको निम्ति बनेका कानुन तथा नीतिगत रुपमा भएका परिवर्तन,राज्यबाट भएका महत्वपुर्ण प्रयास र सरकारि तथा गैर सरकारि संघ संस्थाद्धारा संचालित सचेतनामुलक र पैरविमुलक कार्यक्रम साथै स्वयं व्यतिmमा आएको परिवर्तन उन्मुख जागरुकताले गाउँ र दूर दरारका महिला दिदि वहिनिमा निकै ठुलो परिवर्तन ल्याएको छ ।

आफ्ना कुरा राख्न सक्ने भएका छन । केहीहदसम्म असहमतिको आवाज उठाउन सक्ने भएका छन । अधिकारप्रति थोरबहुत सचेत भएका छन । तर अर्को तिर शहर बजारका सभ्रान्त वर्गका महिलाहरु जसलाइ कुनै दिवसले पनि छुदैन । कुनै प्रकारका अभियानले पनि समेट्न सक्दैन । उनीहरु माथि हुने हिंसाको स्वरुप बेग्लै छ । त्यस्ता प्रकारका हिंसा वाहिर ल्याउन जरुरि छ । जसतर्फ पनि हाम्रा अभियान केन्द्रित हुन जरुरि छ । हाम्रा दिवसहरु केन्द्रित हुनुपर्छ ।

कुनैपनि मानिसलाइ लिङ्गको आधारमा गरिने भेदभावपुर्ण व्यवहार नै वास्तवमा लैङ्गिक हिंसा हो । तर सामान्यतया हाम्रो बुझाइ महिला माथि हुने हिंसा तर्फ मात्र केन्द्रित हुन्छ । तेस्रो लिङ्गि र पुरुष माथि हुने हिंसा पनि लैङ्गिक हिंसा अन्तर्गतकै विषय हो भन्ने बुझाइको विकास हुनुपर्छ अनिमात्र पूर्ण रुपले हिंसारहित समाज निर्माणमा हात्तेमालो गरि अघि बढ्न सकिन्छ ।

लैङ्गिक हिंसा विरुद्धको सबै कार्यक्रमको सार्थकता पनि महिला,पुरुष र तेस्रो लिङ्गि सबैमाथि हुनेगरेको हिंसा न्युनिकरणमा प्रतिवद्ध हुनुसंग नै जोडिएको छ । महिला माथि हुने हिंसाका घटना पुरुषको तुलनामा निकै बढि छन तर जव कसैको पनि जीवनमा हिंसाको प्रवेश हुन्छ त्यसको सम्वोधन हुनुपर्छ । महिला,पुरुष र तेस्रो लिङ्गि सबैको ।

हिंसाको सम्वोधन न्यायबाट गरिन्छ । राज्यले शुनिश्चित गरेको न्याय प्रणालिको आधारमा पिडितलाइ न्याय प्रदान गरिन्छ । न्याय सम्पादन गर्ने क्रममा पिडितलाइ वास्तविक न्यायको प्रत्याभुत गराउन सकिएको छ या छैन भन्ने विषय महत्वपुर्ण हुन्छ । पिडितको आवश्यत्ता,सामाजिक,सांस्कृतिक र व्यवहारिक पक्षलाइ वेवास्ता गरि न्यायलाइ परिभाषित गर्दा के साच्चै पिडितलाइ न्यायको अनुभुत हुन सक्ला ?

कतिपय अवस्थामा पिडितमुखि न्यायप्रणालिको अभावमा भएका निर्णय कानुनि राज्यको उपहाँस मात्र भएको यथार्थ हामीसामु छर्लङ्ग छ । कानुनि रुपमा न्याय पाएपनि पिडितले सामाजिक रुपमा न्याय पाएको अवस्था छैन । यसतर्फ पनि निरन्तर पैरवि र वहस हुनु अहिलेको आवश्यत्ता हो ।

लैङ्गिक हिंसा न्युनिकरणका लागि सरकारि तथा गैर सरकारि तवरवबाट अभियानको रुपमा विभिन्न कार्यक्रमहरु संचालन हुने गरेका छन । यहानेर प्रश्न उव्जन्छ कि हामिले गरेका कार्यक्रमको प्रभावले कति हिंसाबाट प्रताडित दिदिवहिनिहरुमा मल्हम बन्न सकेको छ ?यतिका वर्षको प्रयासबाट गाउँका दुर दरारमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस के हो ? १६ दिने के हो अभियान के हा ? तथा अन्य दिवसयि कार्यक्रमको खास मर्म के हो ?भन्ने विषयको जानकारि कतिको पुग्न सकेको छ ? हिंसा प्रभावित महिलाको न्यायमा पँहुचको अवस्था कस्तो छ ? यसको पनि वैज्ञानिक लेखाजोखा गर्न आवश्यक छ ।

महिला शशक्तिकरणमा सर्वप्रथम महिलाको आर्थिक शशक्तिकरणको पाटो मजवुद हुनुपर्छ । जसको लागि महिलाको अनौपचारिक श्रमको आर्थिक र सामाजिक मुल्य स्थापनाको वातावरण निर्माण हुनुपर्छ । त्यसैगरि दोस्रो विषय भनेको पीडक केन्द्रित कार्यक्रम,सचेतना र पैरविको खाँचो छ । कुनैपनि अपराधि, पीडक वा हिंसा गर्ने व्यक्ति कानुनि आधार नभएसम्म कारवाहिको लागि प्रहरि प्रशासन समक्ष उपस्थित हुनेअवस्था रहन्न ।

उ निरपराधि झैं खुलेआम यहि समाजमा अभ्यस्त जीवनशैलि विताइरहेको हुन्छ । तर पीडितको भने उक्त घर र समाज बस्न सक्ने वातावरण रहन्न । कस्तो विडम्वना हिंस्रक पीडक त्यसमा पनि पुरुष पीडकलाइ यो समाजमा पुनः स्थापना हुन कठिनाइ हुदैन तर पीडित भने अरुको आश्रय खोज्दै भौतारिनु पर्ने स्थिति छ ।

महिला हिंसा अन्त्यका लागि देशमा उपलब्ध श्रोत साधनहरुको वितरण प्रक्रिया समन्यायिक र पारदर्शी हुनुपर्छ । हरेक क्षेत्रमा महिलाको अर्थपुर्ण सहभागिताले न्यायमा बिना भेदभाव पहुंच स्थापित हुन सक्ने कुराको आधार खडा गर्नेछ जसको लागि राजनीतिक दलहरूभित्रको शक्ति संघर्षको अन्त्य गर्न आवश्यक छ ।

संघिय लोकतान्त्रिक गणतन्त्र संविधान मात्र भएर हुदैन जब सम्म महिलामुखी संयन्त्र निर्माणका लागि पहल हुदैन । यसैगरि सन २०१५ सेप्टेम्वर २५ मा संयुक्त राष्ट्र संघको साधारण सभाले पारित गरेको दिगो विकासका लक्ष्य प्राप्तिका लागि विभेदपुर्ण संरचनाको अन्त्य हुनु जरुरि छ । जसको लागि नेतृत्वतह र मुल प्रवाहीकरणमा यथेष्ठ महिला सहभागिताको खाँचो छ ।

विद्यमान सामाजिक असमानता,लैङ्गिग विभेद,मानव वेचविखन लगायतका सवालहरुको न्युनिकरणका लागि विद्यमान सामाजिक,सांस्कृतिक र आर्थिक पक्षमा रुपान्तरणको खाँचो छ । जुन दिगो विकासको लक्ष्य प्राप्तिका लागि चुनौतिको रुपमा खडा रहेको छ । सधै झैं यसवर्ष पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारीमा जुटिरहेका छौ । यि विभिन्न विषयहरुलाइ यस दिवसले प्रत्यक्ष र परोक्ष रुपमा समेटेर महिला आन्दोलको गतिलाइ अधि बढाउन उर्जा प्रदान गर्नेछ । महिला आन्दोलनमा इतिहाँस रच्ने संसारका सबै महिलालाइ नमन ।

प्रतिक्रिया

सम्बन्धित