दापमा खुकुरी नहालेर खुकुरीमा दाप हाल्नेले अब पनि पहिचान पचाउन मिल्छ ?

पहिचान चाहियो भनेर खोजी हिड्ने पहिचानवादीहरु र पहिचानको कुरा उठान गर्ने राजनीतिजीवीहरुले गरेका वकालतीका प्रयाशहरु बालुवामा पानी हाले जस्तै निरर्थक हुँदै जादैछन् । यस्ता निरर्थक प्रयाशमा लाग्नेहरु पहिचानको पृष्ठभूमि बुझेर सिहदरवारमा नखोजी हङ्कङ् सिङ्गापुर खाडी मुलुक र युरोप अमेरिका तिर पहिचान खोज्न लागे पनि पहिचान पाउन र दिलाउन भने सकेका छैनन । पहिचान दिन सक्नेहरु केवल नेपाली पहिचान भए पुग्छ भन्ने शुगा रटाइ गरेपनि नागरिकता र राष्ट्रियता चै नेपाली हुन सक्ला तर नेपाली शब्दले हामीलार्इ पहिचान भने दिन सक्दैन भन्ने कुरा राजनीति जीवीहरुले किन न बुझेको हो ? पहिचानको मर्म बुझ्न नचाहने लालबुझक्कडहरुले जात जातका नाममा राज्य भन्ने किन गलत अर्थ लगाएका हुन ? सत्य तथ्यलार्इ पन्छाएर गहिराइमा नपुगी सतही तरिकाले डाडु पुन्यु हातमा राख्ने शासकनेताहरुले सनककै भरमा पहिचानवादीहरुको मागलार्इ उछितो काड्न मिल्छ ? किन चाहियो पहिचान ? नेपाली पहिचान छदैछ अझ समानुपतिक र समावेसी पद्दति कायम गरिसककाले पहिचानको माग सम्बोधन भएको छ भनेर नथाक्ने सरकार र पहिचानको जिद्दी गर्नेहरुको जुहारीले समाधानको बाटो पहिल्याउन नै सकेको छैन ।

समाधानको बाटो पत्ता लागाउने काम भएन भने पहिचान खोज्नेहरुका स्वर बढ्दै गएर यो देशमा अराजकताको स्थिति अवश्य आउने छ ढिलो छीटो मात्र हो । पहिचानका बिषयमा नेपाली नामको पहिचान र समानुपातिक समावेसी प्रतिनिधित्वले पहिचान खोज्नेहरुका घाउमा नूनचूक लाउने काम मात्रै गरेको छ घाउमा मलहमपट्टी गर्ने काम गर्न सकेको छैन र गर्दैन भन्ने यथार्थ यो देशमा सनककै भरमा शासन गर्दै आएका शासकहरुका दिमागमा कहिले प्रवेश पाउने ? । पहिचान भनेको के हो ? गणतन्त्र आए पछि मात्रै किन चाहियो पहिचान ? किन र कहिलेदेखि पहिचान हरायो ? के पहिचान खोज्नेहरुले जातका नाममा राज्य मागेको हो वा जातिय राज्य खोजको ? यो पहिचान भन्ने शब्दको पृष्ठभूमि स केलाएर हेर्ने तिर लागौ ।

नेपाली भन्ने पहिचानले सबै नेपालीहरुको पहिचान दिएकै छ भनेर बस्ने गणतान्त्रीक सरकार र पहिचानको माग गर्नेहरुले के चै बुझ्न जरुरी छ भने गोर्खाका राजा पृथ्वी नारायण शाहले शुरु गरेको गोर्खा राज्यको बिस्तार गर्ने क्रममा पूर्वमा टिष्टा र पश्चिममा सतलज काङ्गडा भित्रका कुमाउँ गढवाल बाइसे चौबीसे खसान जडान थरुवान मगरात तमुवान नेपाल खाल्डो वल्लो किराँत मकवानपुर चौदण्डी माँझ किरात भित्रका सबै साना तिना राजारजौटाहरु सबैलार्इ युद्धमा जितेको र उनीहरुका अधिनस्थ रहेका सबै भूभागहरुसङ्सङै त्यहाँका राज्यहरुमामा बसेका बिभिन्न जात जाति थर गोष्टीका मानिसहरु सहित उनीहरुको भाषा धर्म सस्कार सस्कृति आदि सबै थोक गोर्खा राज्यमा विलय गराएको हो । युद्ध नगरी सम्झौता अर्थात ताम्रपत्र गरिदिएर पल्लो किराँत लिम्बुवान भित्रका १७ थुम राज्यहरु गोर्खा राज्यमा विलय गराएको साक्षी इतिहास नै छ ।

गोर्खा साम्राज्यमा विलय गराइएका सबै राज्यहरुका प्रजाहरु ( आधुनिक भाषामा भन्दा नागरिकहरु ) आआफ्ना पहिचान सहित गोर्खा साम्राज्यमा विलय भएर पनि राजा पृथ्वी नारायण शाहबाट पाएको चारजात छत्तीस बर्णको फूलबारी भन्ने अश्वासन तथा मगरातको राजा हुँ भन्ने जस्ता भनाइ र हिजोको तिम्रा मुलुक भित्रको सबै थामी बक्स्यौ भनेर पल्लो किराँतका लिम्बू र गैह्र लिम्बूहरुलार्इ गरिदिएको सम्बत १८३१ को ताम्रपत्रसमेत अध्ययन गरेर हेर्दा गोर्खा साम्राज्यमा विलिन भएका राज्यका मानिसहरुको पहिचान लोप गराउने काम गरेको देखिदैन । देश बिकास गर्नकालागि विकेन्द्रिकरण कायम गराउँने भन्दै शुरु गरिएको पन्चायत व्यवस्था लागु नभएसम्म पहिचान तलमाथि भएको थिएन ।

तर पन्चायती कालमा आएर गाउँ पन्चायत जिल्ला पन्चायत अन्चल पन्चायत बनाउने क्रममा बाइसे चौबीसे खसान जडान थरुवान मगरात तमुवान नेपाल खाल्डो वल्लो किराँत मकवानपुर चौदण्डी माँझ किरात पल्लो किरात लिम्बुवानसमेतमा बसोबास गर्दै आएका रैथाने नागरिकहरुको साविकदेखि कायम हुँदै आएको पहिचान हरण हुन गएकै हो । पन्चायतीकालमा पनि पहिचान खोज्ने काम भूमिगतरुपमा भएकै हो तर पन्चायती व्यवस्था समाप्त भर्इ बहुदलीय व्यवस्था आए पछि बनेका शासकनेताहरुले पहिचान दिने काम गरेनन् । पहिचान भनेको नेपाली नै हो भनेर ढाँट्दै छल्दै फूट डालो राज करो भन्ने मन्त्र जप्दै पहिचानवादीहरुको एकता पार्टीका नामबाट टुक्क्र्याएकै हुन । यस पछिको माओवादी अन्दोलनमा भने पहिचान भनेको जातिय पहिचान हो भनेर छक्याउँदै पहिचानवादीहरुलार्इ दिग्भ्रमित पारेकै हो ।

सविधान बनिए पछि पहिचान पाइएला भनेकोमा नेपालीहरुको पहिचान हो भन्दै तालनसुरको नेताहरुको फाइदाकालागि बनाएको समानुपतिक र समावेसी पद्दतीले पहिचानवादीहरुका आँखामा छारोहाल्ने काम मात्र हुन पुगेको छ । जब आफ्नो पहिचान सहित गोर्खा साम्राज्यमा विलय भएका रैथानेहरु मध्ये आआफ्ना मातृभाषा हुने हरुले घर र आफ्नै जातगोष्टीको समुहमा कुरा गर्दा आआफ्ना मातृभाषामा कुरा गर्ने आआफ्ना धर्म सस्कृति पालना गर्ने र फरक मातृभाषा हुनेहरुसग गाउँघर तिर कुरा गर्दा सम्पर्क भाषाकोरुपमा रहेको खस पर्वते भाषाबाट काम चलाउने चलन थियो जो गाउँघर तिर आजसम्म पनि यथावत नै छ । गैह्रखसहरुले हालको नेपाली नामाकरण गरिएको नेपाली भाषालार्इ नेपाली भाषा नभनेर पर्वते भाषा, खसभाषा र खस भाय् नै भन्ने गरेकै छन । यो सम्पर्क भाषालार्इ गोर्खा राजाहरुको राजकाजको भाषा भएको हुँदा त्यो बेलाका दरवारीया भारदार र पण्डितहरुले गोर्खाभाषा नामबाट सम्बोधन गर्ने गरेको देखिन्छ ।

जुन बेलासम्म हाम्रो पहिचान कायम थियो त्यो बेला पशुपतिनाथ स्वयम्भू किरातेश्वर महादेव गोकर्ण बुढानिलकण्ठ आदि देउदेउताको दर्शन गर्न भनेर कुमाउँ गढवाल देहरादून नैनीताल जैथक अलमोडा बाइसे चौबीसे खसान जडान थरुवान मगरात तमुवान नेपाल खाल्डो वल्लो किराँत मकवानपुर माँझ किरात चौदण्डी पल्लो किराँत तथा टिष्टा भित्रका ताजेलुङ् गडेसाङ् लोहाङ्गड समेतका ठाउँहरुका रैथानेहरु नेपाल आउँने चलन थियो भन्ने कुरा सबैले जानेकै हो । पौराणिक नेपालको आफ्नै बिषेशता थियो र हाल पनि छ । जसरी नेपालको आफ्नो बिषेशता थियो अरु सतलज काङ्गडा भित्रका कुमाउँ गढवाल देहरादून नैनीताल जैथक अलमोडा बाइसे चौबीसे खसान जडान थरुवान मगरात तमुवान नेपाल खाल्डो वल्लो किराँत मकवानपुर माँझ किरात चौदण्डी तथा पल्लो किराँतको टिष्टा भित्रका ताजेलुङ् गडेसाङ् लोहाङ्गड सिङ्माङ्गड समेतका ठाउँहरुका पनि आआफ्नै विषेशता नभएका होइनन् ।

थिए र हालसम्म पनि छन् । आआफ्ना पहिचान मातृभाषा सम्पर्कभाषा धर्म सस्कृति सहित जसरी गोर्खा साम्राज्यमा नेपाल विलय भएको हो उसैगरी माथि उल्लेखित अरु सबै राज्यहरु पनि गोर्खा साम्राज्यमा नै विलय भएका हुन् यसमा शङ्का गर्ने ठाउँ कतै छैन । नेपाल गोर्खा साम्राज्यमा विलय भएको हो तर गोर्खासाम्राज्य नेपालमा विलय भएको होइन । दापमा खुकुरी हाल्न मिल्छ तर खुकुरिमा दाप हाल्न मिल्दैन भन्ने तथ्य शासक बनेका नेताहरुका विवेकमा हालसम्म पस्न नसकेर हामीलार्इ हाम्रो असली परिचय हड्पेर किन नेपाली पहिचान बोकाइरहेका हुन ? यस्मा कस्को के स्वार्थ छ ? यस बिषयमा अध्ययन र अनुसन्धान गरी पछी चर्चा हुने नै छ । नेपाल लगायत हामी हाम्रो आफ्नो पहिचान सहित गोर्खा साम्राज्यमा विलय भएकोमा हामीलार्इ नेपाली पहिचान किन थोपरिएको हो ? नेपाल पनि हरुवा देश हामी पनि हरुवा देशका रैथाने हौ ।

नेपालका रैथानेहरुको पहिचान , नेपा भाय्, नेपाल भाषा, नेपाल नेपालका रैथाने नेपाली हुन सक्छ तर लिम्वुवान थरुवान तमुवान खसानका मगरात आदिका रैथानेहरु कसरी नेपाली हुने ? यदि नेपाली पहिचान बोकाउने नै हो भने नेपाली पहिचानको सट्टा थरुवान् मगरात तमुवानको पहिचान किन नहुने ? किरात पहिचान किन नहुने लिम्वुवान किन नहुने ? खसानको पहिचान किन नहुने ? नेपालको पहिचान नै हामीले बोकी दिनु पर्ने ? कि हामीलार्इ हाम्रो गोर्खा साम्राज्यमा बिलय हुनु अघिको असली पहिचान चाहियो कि हामीलार्इ पहिचान सहित गीर्खा साम्राज्यमा विलय भएको गोर्खा पहिचानले सम्बोधन गर्नु पर्यो ? नेपाल खाल्डोका रैथानहरुको नेपाली पहिचान हामी सबैलार्इ स्वीकार्य छैन । समानुपातिक समावेसी भन्ने शासकहरुको षडयन्त्रकारी भनाइमा पहिचान छैन । पहिचानवादीको असली माग यही नै हो भन्ने मेरो मान्यता हो । ?

प्रतिक्रिया

सम्बन्धित