३४ हजार अाशाका किरणहरू

नेपालको इतिहासमा कयौ राजनीतिक तथा सांस्कृतिक आन्दोलन भइसकेका छन।सबै घटना र दृष्टान्तले केही क्षणसम्म गतिलो परिणाम दिएपनि त्यसले कालान्तरमा कुनै लाभ नदिएको अवस्था छ।प्रत्यक्ष रूपमा हामीमाझ अाजसम्म इतिहास नै साक्षी भएर बसेको छ।परिस्थिति निर्माण भएको थियो तर कहिले अवस्था परिवर्तन भएन चिर स्थायी कालको लागि।सिर्जना गरे माहोल तर परिणाम स्वीकार्य कहिले भएन र अाशा गरेर बालेका दीपहरू उज्यालो नछर्दै निभेर अन्धकारमा परिणत भएका दृष्टान्त हामीसामु अाज पारिलो घाम झै छर्लङ्ग छ।      नेपालमा सधैं शासनको इतिहास हेर्दा परिवारमा सिमित थियो वा एक झुन्डमा झुम्मिएर शासन सञ्चालित थियो।२००७ सालमा प्रजातन्त्र अाउनु भन्दा अगाडि राणाहरूको मुठ्ठीमा थियोे शासन र जनता शाषित थिए।
प्रजातन्त्र अाएपछि नेपालमा पुन: शासन जनताको नाममा शासित प्रजातन्त्र राजामा हस्तान्तरण गरियो।त्यसबखत जनतामा सामान्यरूपमा प्रजातन्त्र के हो र प्रजातन्त्र कस्तो हुन्छ भनेर धङधङी लाग्दै गरेको अवस्था थियो।अाजको मितिसम्म पनि पुर्णतया नेपाली नागरिकले वास्तवमा प्रजातान्त्रिक अभ्यासको शासन व्यवस्थामा रहेर संवत्:स्फुर्त ढंगले दैनिक जीवन यापन गरेको अवस्था हामीमाझ छैन यो नेपाल र नेपालीको लागि एकदमै विडम्बनापूर्ण सत्य सावित भऐको अाधारहरू हुन।जबसम्म राज्यमा नागरिकका अाधारभुत अधिकारहरू जीवनमा उपयोग गर्न पाउदैनन तब सम्म हामीले कल्पना गरेको जस्तो राज्य र शासन व्यवस्थामा रहेर शासित हुन पाउदैनौ।अब अायो कुरा लामो समय देखि नेपालमा हुन नसकेको स्थानीय निर्वाचन दुई दशकभन्दा पनि बढी भइसकेको थियो।सरकारले वैशाख ३१ मा स्थानीय निकायको निर्वाचन गर्ने भनेर घोषण गरिसकेको अवस्था छ।डेढ दशक अघि राजा ज्ञानेन्द्रले स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेका थिए त्यस बखत अहिले सत्तामा साझेदारी दल नेपाली कंग्रेसले तत्कालीन माअोवादीको सहारा लिएर निर्वाचनको विरोधमा निस्केका थिए र अहिलेको ठयाक्कै जटिल परिवेशमा यी दुबै दल एकै ठाउँमा बसेर निर्वाचनको घोषणा गरेका छन।

अतिन अाचार्य
        एक दशक अघि देखि नै नेपालमा स्थानीय निकायको निर्वाचनको अावश्यकता थियोे तर अहिलेसम्म भएको छैन।यो बिचमा नेपालमा ठुलै अान्दोलन भयो र नेपालको शासन व्यवस्थालाई नै उथलपुथल पारेको छ हरेक क्षेत्रमा।अहिलेको निर्वाचन अती अावश्यक छ हामी अहिले संविधानलाई पुर्णतया कार्यन्वयन गराउने जमर्कोमा छौ।यो निर्वाचनले संघीयतामा जान्छौ र संघीयताको एक स्तम्भको रूपमा कसीको काम गर्ने छ भनेर अाशा गर्ने ठाउँ पलाएको छ।यो निर्वाचन किन पनि अावश्यक छ भने सविधानवाद र लोकतन्त्रको संरक्षण गर्नको निम्ति।        नेपालमा अब बिस्तारै अाशाको किरणहरू धर्तीमा बिजारोपण हन थालेका छन।नेपालमा१९ वर्ष पछि हुन लागेको स्थानीय निर्वाचन मा ३४ हजार भन्दा बढी प्रतिनिधिहरू छानिन्दै छन।यसले के कुराको प्रमाणित गर्छ भने अब प्रत्यक्ष रूपमा नागरिक बाट चुनिएर गएका प्रतिनिधिहरू स्थानीय स्तरका देखेका समस्या र विकृतिलाई उजागर गरी तत्क्षण समाधानको उपायहरू अवलम्बन गरी अाफ्नो सपना र यथार्थको भण्डार निर्माण गर्ने छन।
निर्वाचन अायोगको प्रारम्भिक अनुमान अनुसार करिब १ करोड ३८ लाख मतदाता हुनेछन।विगतको निर्वाचन भन्दा फरक विगतका प्रतिनिधि भन्दा पनि फरक अाउने छन।जनप्रतिनिधि जति बढी हुन्छन उती नै कर्ममा सफलता हासिल गरेका उदाहरणहरू प्रशस्तै छन।निर्वाचन अायोगले अहिले नै समावेशी मुलक जनप्रतिनिधि चयन गर्नुपर्ने भनेर सार्वजनिक घोषण नै गरिसकेको छ यसपटक निर्वाचन वास्तवमा प्रगतिशिल र अाशावादी बनाउने प्रशस्तै दृष्टान्त छन।स्थानीय तहअन्तर्गत गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,नगरपालिकाको प्रमुख,उपप्रमुख र वडा अध्यक्ष र प्रत्येक वडामा ४/४ सदस्य निर्वाचित हनेछन।स्थानीय तह प्रमुख वा उपप्रमुखमा एक महिला उम्मेदवार अनिवार्य हुनैपर्ने बाध्यकारी नीति पनि लागू गरिएको अवस्था छ।वडा समिति सदस्यमा २ महिला सिटमा १ दलित महिलाको सिट अारक्षित कोटामा सुरक्षित पनि गरिएको छ यश कारणले विगतको निर्वाचन भन्दा यो पृथक र अाशाको मुस्कानहरू भेटने प्रशस्तै स्थानहरू तय गरिएका छन।
यसैगरी नेपालमा अब अार्थिक विकासको ढोकाहरू खोलिने पनि विभिन्न तथ्यांकले सार्वजनिक गरिसकेको छ।हालै मात्रै अर्थ मन्त्रालयले चालू अार्थिक वर्षको बजेट ६दशमलव ५प्रतिशत ले वृद्धि हुने जिकिरका साथ घोषणा गरेको छ।यसले पनि नेेपाललाई प्रगतिको पथमा लम्कने एक सुवर्ण अवसर प्रदान गर्दैछ भनेर बुझ्न जरुरी छ।यसभन्दा अघि २०५०-५१ मा ७ दशमलव ६ प्रतिशतका दरले कुल गार्हस्थ उत्पादन(जिडिपि) वृद्धि भएको थियो।जुन अहिलेसम्मको नेपालको इतिहासमा अार्थिक वृद्धि भएको यो एक घटना हो। यी सबैको कारण भनेको मौसमी अनुकूलता र ग्रामीण भेगमा बीउबिजन समयमा पुग्नु र उत्पादन क्षमताको वृद्धि हुनु र यातायात मार्गको सहजता तथा विधुत अापुर्तिमा सुधार तथा यी अादि कारणले पनि अार्थिक वृद्धिमा टेवा पुगेको हो।
  एकातिर सरकारले निर्वाचनको घोषणा गरिसकेको छ भने अर्कोतिर मधेसवादी दलले विरोध सुरू गर्न थालिसकेका छन मसाल जुलुस देखि बन्दका कार्यक्रम सम्म घोषणा गरिसकेका छन।लोकतान्त्रिक व्यवस्थामा सबैभन्दा लोकतन्त्रको गहना भनेको नै निर्वाचन हो।लोकतन्त्रको अर्को पक्ष भनेको पनि सहमति र सहकार्य हो यसलाई सार्थकता दिने भनेको पनि वार्ता र सहमति नै हो।यसको सिद्धान्तत व्यवहार लागू गरेर अधिकतम मिलनविन्दु पत्ता लगाएर अगाडि बढनु अहिलेको मुख्य अावश्यकता हो।समस्या छ होला सधैंभरि जनताको अधिकारलाई पनि त कुण्ठित गरेर राख्नु भएन।अहिलेको निर्वाचनले र अहिलेसम्म नै कहिले पनि प्रतिनिधि नबनाएको यश निर्वाचनले ३४ हजार भन्दा बढी प्रतिनिधि बनाउदै छ।यश निर्वाचनमा सबैभन्दा बढी प्रतिनिधि हुने छन तराईको जिल्ला बाट यसमा अहिले समावेशी सिद्धान्तको अवधारणा लागू गरिएको छ।महिला,दलित भनेर निर्वाचन अायोगले प्रत्यक्ष उम्मेदवारको सिमा नै निर्धारण गरेको छ।यश निर्वाचनको पछाडि विरोध हुनुमा केही व्यक्तिवादी चरित्रको बर्चस्व गुम्ने खतराले पनि यस्ता विरोधजन्य कार्यक्रम सार्वजनिक रूपमा नै घोषणा गरिएको हो।जनतामा प्रत्याभूत छ कि निर्वाचन बाहेक अरू विकल्प अब केही छैन भनेर।
  यता अाएर अर्कोतिर सरकारले २०७४ वैशाख ३१ गते निर्वाचन गर्ने भनेर घोषणा गरिसकेको र यसले संविधान कार्यान्वयनको ढोका खोलेको छ।अर्कोतिर पुन:२०७४ माघ ७ सम्ममा सबै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गरेर संविधानको मुल मर्मको भावनालाई बुझी अगाडि बढनु एक टडकारो अहिले सरकारमा रहेको छ।यही सरकारले नै ३४ हजारभन्दा बढी अाशाको किरण छर्ने या नछर्ने यही सरकारको हातमा छ।नागरिकले अब बढी अाशा राखेका छैनन मात्रै अबको नागरिकको माग र चाहना भनेको निर्वाचन हो।गाउँ गाउँमा विकासका जराहरू फुटाउनु छ यही स्थानीय निकायको जनप्रतिनिधि मार्फत।अबको निर्वाचनले सच्चा र इमानदार जनप्रतिनिधि चुन्नु छ।३४ हजार किरणहरूको अाशा किन भन्दा खेर २०६३ यता जनता सार्वभौम भनिए पनि राजनीति अति केन्द्रीकृत भएको अवस्था छ।राजनीतिक दलको सिद्धान्त भन्दा नेताहरू शक्तिशाली भएका छन।दलभित्र लोकतन्त्रको अवसान भएको छ।स्थानीय निकायको निर्वाचनले गाउँ-गाउँको भावना र समस्या समाहित हुनेछन।यसले वास्तविक शक्ति निर्माण गर्नेछ  ग्रामीण भेगमा सबैलाई अधिकारको सहअस्तित्वको भावना दामसायी रूपमा सञ्जालको हिसाबमा वितरण गरिनेछन।तर शंका र कयौ दृष्टान्तले बताएका छन निर्वाचन सरेका छन।यो निर्वाचन सारेर ३४ हजार अाशाका किरणहरूलाई अन्धकारमा बिलाउन नदिउन।

प्रतिक्रिया

सम्बन्धित