हामी पढ्नुको अर्थ नबुझेरै पढिरहेछौँ – साहित्यकार पुण्यप्रसाद प्रसाई

एक प्रेरक साहित्यका सर्जक हुन्, पुण्यप्रसाद प्रसाई । प्रसाईका कृतिहरु निकै प्रेरक हुने गर्छन् । उनका कृति पढिसकेपछि पाठकले नयाँ उत्साह र प्रेरणा महसुस गर्छन् । बिगत दुई दशकदेखि प्रसाई साहित्यिक लेखन र प्रकाशनमा छन् । उनका आधा दर्जन उपन्यास साथै दुई दर्जनभन्दा बढी अन्य कृतिहरु प्रकाशित छन् । अहिले प्रसाई इटहरीमा छन् । सन्दर्भ परेको छ पुस्तक प्रदर्शनी तथा साहित्य महोत्सवको । यही माघ २८ गतेबाट फागुन ७ गतेसम्म इटहरी उपमहानगरपालिकाको सांस्कृतिक भवनमा बृहत् पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव चलिरहेको छ । उनी डिकुरा पब्लिकेसन र बाल साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत हुन् । प्रसाई इटहरीमा हुनुको सन्दर्भ पनि यही हो । यही मौकामा पुस्तक प्रदर्शनी र साहित्यिक महोत्सवका साथै नेपाली साहित्य र प्रकाशनको सन्दर्भमा गरीएको कुराकानी

 तपाई काठमाडौँमा बस्ने अहिले पूर्वाञ्चलमा बसाई त लामै भयो नि ?

हो, यो भन्दा अगाडी हामीले बिर्तामोडमा बृहत् पुस्तक प्रदर्शनी सकाएर दमकमा माघ १५ गतेबाट साहित्यिक महोत्सव सहितको पुस्तक प्रदर्शनी शुरु गर्यौँ । जून २२ गतेसम्म चल्यो । यही कारणले पनि बसाई लम्बिएको छ । मेरा घर पनि यतै भएकाले यो बसाई सहज र प्रिय पनि छ ।

 प्रदर्शनीमा यस क्षेत्रका पाठकहरुको उत्साह कस्तो पाउनु भयो ?

यो झापा र मोरङको संगमस्थल पनि हो । दमकको छेवैमा विकसित भइरहेको उर्लाबारी छ । नेपालकै सबैभन्दा बढी साप्ताहिक पत्रिका प्रकाशित हुने गाविस भनेर चिनिने उर्लाबारीको कारणले पनि प्रदर्शनीमा अवलोकनकर्ताको चाख बढेको छ । शिक्षाप्रति यहाँका मानिसमा गहिरो अभिरुचि छ । मलाई लाग्छ पढ्नुको महत्व दमक र उर्लाबारीका साथै पथरी र अन्य क्षेत्रका मानिसले बुझेका छन् । बुझाउन खासै धेरै मेहनत गर्नु पर्दैन । आजको युगमा राम्रो टिभी र कम्प्युटर मात्र सभ्यता होइन पुस्तक सभ्यताको सबैभन्दा ठूलो आधार हो । बैठकमा ससानो भएपनि पुस्तकले सजिएको र्याक भएको सिटिंग रुम भएको घरको मानिसलाई समाजले हेर्ने दृष्टिकोणमा नै फरक पर्छ । यो कुरा यहाँका पाठकलाई सम्झाइरहनै नपर्ने रहेछ ।

 विद्यार्थीको संलग्नता कतिको रह्यो प्रदर्शनीमा ?

आजका बालबालिका नै भोलिका पाठक, लेखक, शिक्षक, वैज्ञानिक हुन् त्यसैले उनीहरुको शिक्षादिक्षामा हरेक प्रकाशक तथा लेखक सम्वेदनशिल हुनुपर्छ भन्ने मेरो मत छ । स्कुलमा एउटा पुस्तकालय हुनुपर्ने र यस्ता प्रदर्शनीहरुमा आप्mना बालबालिकालाई एउटा ससानो भए पनि आपूmले रोजाएर पुस्तक किनाउन स्कुल कलेजले पहल गरेको भए आगामी दिनमा रिडिंग कल्चरको विकास गर्नमा ठूलो टेवा पुग्थ्यो । बालबालिकामा पनि कोर्स बाहिरका पुस्तक पढ्ने बानीको विकास हुने थियो । बालबालिकाको कल्पनाशक्तिको विकास गर्नमा उनीहरुलाई मिल्दो साहित्यको ठूलो भूमिका हुन्छ । बिर्तामोडमा त्यस्तो अभ्यास हुन पाएन । एउटा वाल्मिकी स्कुल र कलेज बाहेक कुनै पनि स्कुल भिजिटका लागि बालबालिका लिएर आएनन् । तर यहाँ त्यस्तो पाइएन । दमकमा नयाँ अनुभव हुँदैछ । यहाँ स्कुलमा लाइब्रेरी चाहि नभएको पाइयो ।

 बिद्यालयमा सरकारले नै अनिवार्य पुस्तकालय भनेको छ यसरी स्कुल कलेजमा पुस्तकालय नहुनुलाई तपाई कसरी हेर्नुहुन्छ ?

दुखद कुरा हो यो । एकाइसौ शताब्दीका स्कुलमा लाइब्रेरी हुँदैन भने त्यो बिडम्बना हो । म त सम्पूर्ण प्यारेट्सलाई अनुरोध गर्न चाहन्छु जुन स्कुलमा पुस्तकालय छैन त्यो स्कुलमा आप्mना बच्चा नपढाउनुस् । यदि पढ्दै छन् भने सबै प्यारेट्स मिलेर पुस्तकालय बनाउन म्यानेज्मेन्टलाई जोड दिनुस् । त्यस्ता स्कुलले के पढाउछन् जुन स्कुलमा एउटा लाइब्रेरी समेत छैन । त्यो असभ्य मानिसले चलाएको स्कुल हो । तिनीहरुलाई कसरी पढाउने र शिक्षा के हो केही पनि थाहा छैन । हरेक स्कुलले एक घण्टा स्टुडेन्टलाई लाइब्रेरी पढाउने क्लास संचालन गर्न आवश्यक छ । 

मानिसले किन पढ्नु पर्छ ?

हामी पढ्नुको अर्थ नबुझेरै पढिरहेछौ । हामीलाई लागेको छ पढ्नु भनेको डिग्री लिनका लागि मात्र हो । तर त्यो पूरा सत्य होइन । अलिअलि मात्र हो । हामीले आपूmलाई तयारीमा राख्नुपर्छ । एउटा युवकको एकदमै पढ्ने बानी थियो उसको पढ्ने बानी देखेर उसका साथीले उसलाई सोधे किन यति धेरै पढेको पढेर के हुन्छ ? युवकले भने मैले आपूmलाई तयारीमा राख्नु पर्छ के थाहा एक दिन म यो देशको राष्ट्पति पो हुने हुँ कि ? पछि ती युवा साँच्चिनै राष्ट्रपति बने अमेरिकाको सोह्रौ राष्ट्रपति । उनी थिए, अब्रहाम लिंकन । हामीले आपूmलाई तयारीमा राख्नु पर्छ । जब अवसर आउँछ अनि तयारी थालेर हुँदैन । त्यो अवसर फुत्किन्छ । दिनमा एक घण्टा पढ्ने मानिस संसारका पाँच प्रतिशतमा पर्छ । कुनै पनि काम या व्यवसायमा कोही असफल छ भने त्यसको प्रमुख कारण उसले सिक्न छोड्नु हो ।

म एक लेखक बर्क हेजलाई तपाईको प्रश्नको उत्तर दिन भन्छु, उनी भन्छन्, पढदै राख्नुहोस् र बढ्दै रहनुहोस्,चाहे तपाईं एक शौखिन पाठक हुनुहोस् वा हाईस्कुलपछि यो तपाईंको पहिलो पुस्तक हो, एउटा कुरा त सफा छ कि यो पुस्तक वा शायद तपाईंको पछिल्लो पुस्तक, तपाईंलाई विविध प्रकारले धन्यवान, बन्नका लागि समर्थवान बनाउन सक्दछ ।धनी बन्ने सिलसिला एउटा सजिलो तर शक्तिशाली कामबाट शुरु हुन्छ । तपाईं एउटा किताब छान्नुहोस्, त्यसलाई खोल्नुहोस् र पढ्न शुरु गर्नुहोस्, जुन तपाईं यसरी पढ्न शुरु गर्नुहोस् जस्तो कि तपाईंले पहिले कहिल्यै सोच्नुभएको थिएन । राल्फ वाल्डो इमर्सन भन्छन्, थुप्रै पटक कुनै एउटा किताबले कसैको भविष्य सपारेको छ । एउटा ठीक समयमा पढिएको पुस्तकले तपाईको जीवनकथा बदल्न सक्छ । त्यसैले पढ्ने संस्कार बनाउनु पर्छ ।

 तपाईको उपन्यास युद्धका डोबहरु निकै सफल रह्यो तर समिक्षकले यसलाई ठूलोठूलो कुराको ठेली भने नि ?

युद्धका डोबहरु स्वयम् होप र ड्रिममा विश्वास राख्ने युवाहरुको कथा हो । हाम्रो अवचेतनले पनि गुरुत्वाकर्षणको जस्तै नियमले काम गर्छ । हामी जुन कुरा पाउने छनोट गर्छौं, जे प्राप्तिको लक्ष्य राख्छौंं त्यो पाउन सक्छौ । केबाट कुनै फरक पर्दैन भने त्यो कुरा कति ठूलो छ । के होइन भने तपाई अरु मानिसले आजसम्म नसोचेको कुराको कल्पना नै नगर्नुहोस् । तपाईं कुनै कुरा सोच्नुहुन्न भने पाउनु हुन्न । नसोचेको कुरा पाउने तरिका मलाई थाहा छैन र सोचेको कुरा नपाउने तरिका पनि मलाई थाहा छैन । कुनै पनि कुरा चाहे जति नै ठूलो होस् तपाईं सोच्न सक्नुहुन्छ, सपना देख्ने हिम्मत गर्नु हुन्छ भने त्यसलाई पाउन पनि सक्नुहुन्छ । यो एक बेस्टसेलर कृति हो । बिक्रीलाई आधार मान्ने हो भने म एउटा बेस्टसेलर राइटर भए“ ।

 तपाई आपूmलाई कुन स्तरको साहित्यकार मान्नुहुन्छ ? तपाईं आपूmलाई को जस्तो लेखक भन्न मन पराउनु हुन्छ ?

म न कोही भन्दा कम (इन्फेरियर) छु न कोही भन्दा ज्यादा (सुपेरियर) छु । हामी जे छौं त्यसलाई निखार्ने हो र आपूmलाई सम्मान गर्ने हो । जसले आपूmलाई सम्मान र आदर दिंदैन त्यसले अरुलाई पनि दिंदैन । सर्वप्रथम हामीले आप्mनो अस्तित्व स्वीकार्नु पर्छ । दाजिनु मूर्खता हो । 

नेपाली साहित्यको विषयवस्तु एकदमै साधारण भए भनिन्छ नि ?

ओबामाको भन्दा राम्रो विचार एउटा गोठालोसँग हुन सक्छ, तर प्रमुख करा हो कसैले आप्mनो विचार कति आत्मविश्वासका साथ राख्छ । ओबामाका साधारण विचार भए पनि महान् मानिन्छ, किनकि उनी आप्mनो विचार आत्मविश्वासका साथ भन्छन् चाहे जति नै साधारण किन नहोस् ।विलियम बटलर यिट्स पहिलो कविता मूर्तिको द्वीप उन्नाइस वर्षको उमेरमा प्रकाशित भएको थियो र उनलाई सन् १९२३ को नोबेल पुरस्कार दिइएको थियो । मेरो पहिलो उपन्यास कुमुदिनी पनि १९ वर्षमै प्रकाशित भएको थियो । १९ वर्षको एउटा किशोरले लेखेको त्यस उपन्यासमा पनि समाजप्रति गहिरो चिन्ता व्यक्त छ । र, पाठकद्वारा रुचाइएको पनि थियो । पहिलो संस्करण तात्तातै बिक्यो । बिर्सनु हुँदैन तानाशर्माले पहिलो उपन्यास शुली र भूपीले पहिलो होला सायद कविता सारी भित्र नारी लेखेका थिए र बालकृष्ण पोख्रेलका अनेकानेक नाममा निस्केका लगभग आधा दर्जन उपन्यास हेर्नुहोस । नेपाली साहित्य निकै बुझेको छु भन्ने हरि अधिकारी जब आपूmले लेख्नु पर्ने हुन्छ अनि गार्मेण्टकी गायत्री लेख्छन् । सुरुसुरुमा उमेरका कारणले गम्भीरता नआउन पनि सक्छ ।

समयले कति कुरालाई असान्दर्भिक पनि बनाउँदै लग्छ, जस्तो तपाई बसाई उपन्यास पढ्नुस् अबको समयमा यो एउटा बाल उपन्यासभन्दा बढ्ता लाग्दैन । त्यस्तै एक चिहान पढ्नेले लेखकको नाम हेरेन भने कतै म युधिर थापाका मनोरंजनका लागि लेखिएको उपन्यास त पढिरहेको छैन भन्ने ठान्न सक्छ । लक्ष्मीप्रसाद देवकोटाका निबन्ध पो गम्भीर हुन् मुनामदन त साधारण विषयवस्तु हो नि । पारिजातको शिरिषको पूmलबाट शंकर लामिछानेको भूमिका निकाल्नुस त्यो रद्दीको टोकरीमा प्mयाँके हुने कृति छ । आजको समाजमा यस्ता विचार बोकेका कृतिको के सार ? त्यसैले जनताले के रुचाउँछन् त्यो महान् हो । संसारभरि बेस्टसेलरको हावा त्यसै बगेको त होइन ।

अर्को कुरा महान प्रस्तुतिले पनि बनाउँछ । मेरा कृतिमा समाजप्रति गहिरो चिन्ता हुन्छ र तिनलाई पाठकले मन पराउनु पनि भएको छ । मेरो उपन्यास छापामार दलित र सर्वहारा वर्गका लागि हो भने आइमाई मान्छे शोषित र उत्पीडित नारीहरुका लागि हो, त्यस्तै मोक्षदा वेश्यावृतिमा लागेकी महिलाको सम्वेदनशिल पाटोलाई छोइएको छ जो अन्त्यमा मोक्षको यात्रामा निस्कन्छे । र, यी सबै बेस्टसेलर रहेका मात्र होइन बौद्धिक वर्गले पनि रुचाए । याद गर्नुपर्ने कुरा नेपालमा महान् लेखक जन्मन बाँकी छ ।

 तपाईका पछिल्ला कृतिहरु युद्धका डोबहरु, यस आइ क्यान र हजार आशाहरु असंभव केही छैन मानिसले आप्mनो औकातभन्दा ठूलो सपना देख्नु भन्छ, यो अलिक अव्यवहारिक कुरा भएन र ? संभव होला र यो कूरा ?

हाम्रो अवचेतनले पनि गुरुत्वाकर्षणको जस्तै नियमले काम गर्छ । हामी जुन कुरा पाउने छनोट गर्छौं, जे प्राप्तिको लक्ष्य राख्छौंं त्यो पाउन सक्छौ । केबाट कुनै फरक पर्दैन भने त्यो कुरा कति ठूलो छ । कुनै पनि कुरा चाहे जति नै ठूलो होस् तपाईं सोच्न सक्नुहुन्छ, सपना देख्ने हिम्मत गर्नु हुन्छ भने त्यसलाई पाउन पनि सक्नुहुन्छ । होप याने आशा र ड्रिम याने सपनाको जीवनमा कति शक्तिशाली भूमिका हुन्छ यो उपन्यासले शक्तिशाली रुपमा देखाउने छ । हजार असफलता हुन तर एउट सफलताको परिणामले के बताउँछ भने त्यो हुन सक्ने काम हो र यसैलाई आप्mनो विश्वास बनाउनस् कि तपाई पनि यो काम गर्न सक्नुहुन्छ । तपाईं जुन विचार र सिद्धान्त अपनाउन लागिरहनु भएको छ, जुन कार्य गर्न गइरहनु भएको छ त्यो लाखौ मानिसको जिन्दगी र अनुभवको निचोड हो ।

यसको मतलब के होइन भने तपाई अरु मानिसले आजसम्म नसोचेको कुराको कल्पना नै नगर्नुहोस् । सोच्नका लागि पनि ब्रह्माण्डले तपाईलाई स्वतन्त्रता दिएको छ । तपाईं कुनै कुरा सोच्नुहुन्न भने पाउनु हुन्न । नसोचेको कुरा पाउने तरिका मलाई थाहा छैन र सोचेको कुरा नपाउने तरिका पनि मलाई थाहा छैन । याद गर्नुहोस् तेन्जिङभन्दा पहिला धेरैले सगरमाथाको शिखर चुम्ने प्रयास गरे, तर सकेनन् किनकि उनीहरुमा त्यहाँ पुग्न सकिएला भन्ने पूर्ण विश्वास थिएन । तर, तेन्जिङले हिमाल चुचुरो टेकेपछि भटाभट मानिसहरु पुग्न थाले मानौं यो कुनै पराक्रमको कुरा नै होइन । यस्तो किन भयो ? किनकि तेन्जिङ चढेपछि मानिसलाई विश्वास भयो कि यो सकिने काम रहेछ । उनीहरुका अगाडि तेन्जिङको उदारण थियो । हुँदा हुँदै अब त सगरमाथा चढ्नु कति सजिलो भयो भने मानौं मानिसहरु आप्mना लालाबालाहरु लिएर मेला गइरहेछन् ।

 अहिले के लेख्दै हुनुहुन्छ ?

अब म केही लेख्छु भने पाठकमा उत्साह, प्रेरणा र आशाको सञ्चार गराउने उद्देश्यले मात्र लेख्छु । म अर्को उपन्यास “मायावी” लेख्दै छु । यो एक अद्भुत फेन्टासीको रुपमा आउनेछ । यसको पठनपछि पाठकले एक किसिमले नयाँ प्रेरणा र उर्जा महसुस गर्ने छन् । 

सपनाको किन यति महत्व छ

कोही गरिब किन छ ? किनकि उसले कहिल्यै धनी बन्ने सपना देखेन, कोही साधारण कार्यकर्ता किन छ किनकि उसले कहिल्यै महान् लिडर बन्ने सपना देखेन, कोही जीन्दगीभर साधारण खुद्रा व्यापारी किन छ ? किनकि उसले कहिल्यै सपिङ मल खोल्ने सपना देखेन, कोही कसैको साधारण कर्मचारी किन छ, किनकि उसले मेनेजर बन्ने सपना कहिल्यै देखेन । कुनै खेलाडीले किन ओलम्पिक जितेन ? किनकि उसले ओलम्पिक जित्ने त कुरै छोडौं ओलम्पिक पुग्नेसम्म सपना देखेन । त्यसकारण मानिसको पूरा भविष्य उसको सपनामा आधारित हुन्छ । त्यसैले सपनाको महत्व छ ।\

 अन्त्यमा.केही भन्न चाहनुहुन्छ ? 

कुनै पनि क्षेत्रमा विकास गर्नका लागि अध्ययन गर्नु आवश्यक छ । जसरी शरीरलाई पौष्टिकताको आवश्यकता पर्छ त्यसै गरी मस्तिष्कलाई पनि पौष्टिकताको आवश्यकता पर्छ । पुस्तक मस्तिष्कको पौष्टिकता हो । दिनमा एक घण्टा पढ्ने बानीको विकास गरौं । सफल मानिसहरुलाई पनि पढ्न अल्छी लाग्छ असफल मानिसलाई पनि पढ्न अल्छी लाग्छ तर सफल मानिसहरु अल्छी लागे पनि चिया कफी पिउँदै पढ्छन्, चिसो पानीले मुख धुधै पढ्छन् र सफल बन्छन् । दिनमा एक घण्टा पढ्नु भयो भने एक हप्तामा एउटा पुस्तक पढिन्छ र बर्षमा ५२ वटा पुस्तक ।

वर्षमा ५२ वटा पुस्तक पढ्नु भनेको ग्रेजुएट बराबर हुनु हो । अर्को वर्ष पनि यही नियम लगायो भने दोस्रो वर्ष तपाई डिग्री होल्डर बराबर हुनुहुन्छ । तेस्रो बर्षमा तपाई पिएचडी होल्डर बराबर बन्नु हुन्छ । र चार वर्ष नियमित दिनमा एक घण्टा पढ्नु भयो भने तपाई संसारको पाँच प्रतिशत मानिसमा पर्नुहुन्छ । कोहीसँग पनि आँखा जुधाएर बहस गर्न सक्नु हुन्छ । तपाईको कल्पनाशक्ति यसरी पैmलन्छ जुन काम शुरु गर्नुहुन्छ सफल बन्नु हुन्छ । एक घण्टा जसरी पनि पढौं भन्न चाहन्छु ।

                                                       प्रस्तुती – विवेक विवश रेग्मी

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…