नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराईलाई खुल्ला पत्र

सम्माननिय नंया शक्ति नेपालका सम्योजक ज्यू
आज म तपाईंलाई खुल्ला पत्र लेख्न बाध्य भएको छु ।
आसा छ यसलाई अन्यथा लिनु हुन्न होला ।

मलाई थाहा छ म सानै छदा २०५२ सालमा जब माओवादी आन्दोलनको सुरुवात भयो त्यस पछिमात्र मैले बाबुराम भट्टराई भन्ने नाम मेरो कानमा परेको थियो । त्यो ताका म सानै भएता पनि को होलान त बाबुराम भन्ने मेरो मनमा खेलिरहेको थियो बिस्तारै बिस्तारै बुझदै बुझदै जादा बाबुराम भट्टराई त तत्कालिन युद्धकालिन अबस्थाका नेकपा माओबादीका जन परिषद संयोजक हुन रे भन्ने पनि सुन्र्दै गए अलि बुझने भएपछि बाबुरामको विगतको अबस्था पनि बुझदै जादा उनी त आर्चिटेक्चर पि एच डि सम्मको शैक्षिक योग्यता हासिल गरेका व्याक्ति पो रहेछन अनी मनमा प्रश्न उव्जिदै जान थाले किन यत्रो पि एच डि गरेको मान्छे यसरी दिन रात युद्ध लडदै हिडेको होला भनेर पनि प्रश्न मनमा खेल्दै जान थालो प्रश्नहरु जति उब्जिदै जान्छन उतmर पनि खोज्दै जान गए ।

प्रकाश गाउले

बाबुराम भट्टराई आफैमा एक सफल व्याक्ती हुन र विगतको ईतिहास हेर्दा पनि सपल भएको नै देख्न सकिन्छ । तर आज मेरो बिचारमा बाबुराम बाबुराम एकाएक असफल हुदै गईरहेका पो हुन कि भन्ने पनि मलाई लाग्दै आईरहेको छ । किनभने हिजोको त्यो दिन २० औ हजार शहिदको बलिदानीलाई बाबुरामले चटक्कै छाडेर आज बाटो बिराएको देख्दा बाबुराम शहिदको दिशा तिर असफल भईसकेको सबैले आखा अगाडी देखीसकेका छौ । कमरेड बाबराम आज भन्नै पर्ने भयो नभनै पनि कसरी तपाईलाई अब पुर्व प्रधानमन्त्रीको हैसियत नराख्दा पक्कै राम्रो हुने छ भन्ने मलाइृ लागेको छ । हिजोको दिनमा तपाईलाई कसले प्रधानमन्त्री बनायो होला ठण्डा दिमागले एकपटक सोच्नुहोस अनि तपाईको मनमा के कस्ता कुरा बाहिर निस्कन्छन ।

त्यो १० वर्षे जनयुद्ध अनि २० र्औ हजार शहिद हजारै हजार अपाङग, अङगभङग,वेपक्ता भएको तपाईको आखा अगाडीनै हुन पर्छ । तपाईलाई हिजोको दिनमा प्रधानमन्त्री र अर्थमन्त्री कसले बनायो र आज तपाई नयाँ शक्तिको सिनो बोकेर जताततै दुर्घन्धीत बनाउदै गईरहनु भएको छ बिचार गर्नूस कमरेड ति शहिदको रगतले कोरीएको ईतिहास आज कता लादै हुनहुन्छ र भोली कताको बाटो डोरयाउनु हुून्छ सम्झनुस । तपाई हिजोको दिनमा माओबादिको जगमा टेकेर हुनभएको प्रधानमन्त्रीको पद आज दुरुपयोग गर्दै अघि नजानु होला कि तपाई अब पुर्व प्रधानमन्त्री भन्ने ठाउमा हुनुहुन्न भन्ने मलाई लागेको छ । म के पनि भन्न चाहान्छु भने यदि तपाईलाई आर्थिक निकासनै चाहिएको थियो भने कि न २० वषर् पहिलेनै आर्थिक खाका तयार पार्न सक्नुभएन तपाईले हिजोको दिनमा आर्थिक बिकासको ऐजेण्डा बोकेको भए आज हेर्नुस हजारै शहिद, अपाङ र घाईते हुने थिएनन कि बाबुराम कमरेड यो पनि बुझन जरुरी छ ।

बाबुराम कमरेड तपाईलाई यो देशले एकपटक अर्थमन्त्री पनि बनाएकै हो किन त्योबेलाम अबको निकास आर्थिक निकास भन्न सक्नु भएन कमरेड आफु पदमा हुदा कुनै पनि ठोस निर्णय लिन नसक्ने अनि अहिले आएर माओबादीको जग छाडेर ति शहिदलाई लत्याउर आज कहाको नया शक्तिको कुरा गर्दै हिडनु हुन्छ । तपाईको नया शक्तिमा के छ नया मैले त केही पनि देखेको छैन किनभने माओबादीमा रहेर केही पनि गर्ने नसक्ने हरुको झुण्ड समुहलाई अगाडी सारेर तपाई के को नया शक्ति भन्दै हिडनु हुन्छ । नेपालमा भए नभएका अनेक साना साना राजनैतिक दललाई अघि सारेर दल मर्ज गर्दै किन हिडनु हुन्छ । को छ तपाईको पार्टीमा नया भन्ने म त पुरानै पुराना मात्र देख्छु मात्र नया बोटलमा पुरानो रक्सीपो हो की भन्ने पनि लाग्न थालेको छ ।

बाबुराम कमरेड अझै पनि माओबादी आन्दोलन सकिएको छैन शहिद, अपाङग , बेपक्ता घाईते भएका हरुको अझै टुङगो लागेको छैन बल्ल सस्थागत भएको गणत्रन्त्रलाई फुलाई फलाई लान अझै बाकीनै छ । बिचार गर्नुस कमरेड त्यो बेलामा हजारै आमाको सिउदो पुछिएको मैले देखेको छ ु हजारै सबैसाधारण माथी बम गोली चलेको पनि देखेको छु कमरेड त्यती मात्र हैन गरिबको झुपडिमाथी आगो बलेको पनि देखेको छु , बिचरा नेपाल आमाहरु रुदा रदै थकित भएर गलेको देखेको छु यस्तो हुदा हुदै पनि कमरेड यी यत्रा कुरा संस्थागत गर्ने बाकी रहदा रहदै तपाई कता हराउनु भएको होला पक्कै पनि एक दिन तपाईको यी विषयमा खोज हुनेछ तपाईलाई कसले बनायो जनपरिषद संयोजक, प्रधानमन्त्री, अर्थमन्त्री ः। अब पनि तपाई यी कुराहरुमा समिक्षा गर्दै अगि नबढने हो भने पक्कै पनि अबका दिनमा शहिद ,अपाङ, घाईते र बेपक्ता परिवारको सिदै आक्रमण तपाईमाथी हुनेछ अनि तपाई ढाड र करङ फलामको बनाएर बस्नु होला ।

कमरेड बाबुराम २०६१ मंसिर ७ गतेका दिन ७ राजनैतिक दल संग ७ बुदे सम्झैता भएर राजासंस्था बिरुद्धको आँन्दोलन गर्ने सम्झैता भए पनि माओबादीले गाउ गाउ बाट कार्यक्रता काठमाण्डौ लगी राजसस्था बिरुदमा आन्दोदन गर्दा तत्कादिन एमाले र काङग्रेसको सहमतिमा राजसस्थाको अन्तय गर्दै २०६२ साल फागुन ११ गतेका दिन नेपालमा लोकतन्त्रको घोषणा भएर १४ बुदे पुुर्ण शान्ति सम्झैता भए पछि तपाईलाई पनि नेपालले एक पटक प्रधानमन्त्रीको बनाएकै हो तर भन्नै पर्छ माओबादी आन्दोलनलाई समाप्त पार्ने गरि रचेको यो रणनितिले तपाई बाबुराम कमरेड आजका दिनमा पुर्व प्रधानमन्त्री रहनु भएन ।

यदि अब पनि प्रधानमन्त्रीको हैसियत खोज्ने हो भने फेरी जनतामाझ बाट चुनिएर प्रधानमन्त्री बन्ने प्रयास गर्नुहोला किनकी त्यो प्रधानमन्त्री तपाईलाई माओबादीको जगमा बसेर ति शहिदको रातो र तातो रगतले बनाएको हो हेक्का होस । अबका दिनमा जनता पहिलेका जस्ता लाटा पनि छैनन अबका दिनमा जनता नेता भन्दा माथी रहेका हुदा पनि थप बिचार गर्नु पर्ने देखिन्छ ।

                                            जनता बहुमुखी कलेज ईटहरी /अखिल क्रान्तीकारी सुनसरी जिल्ला सदस्य

प्रतिक्रिया

सम्बन्धित