इटहरी काब्यबाटिकामा प्रेमका कविता वाचन

सुनसरी / के बृद्ध के युवा । न त युवालाई मात्र आउँछ प्रेम दिवस न त बृद्धलाई मात्र । एकदिन मात्र हैन प्रेम दिवस हरदिन आउँछ । हो यस्तै प्रमाणित भएको छ मंगलबार इटहरीको एक कार्यक्रममा । काब्यबाटिका युवा परिषद् नेपालको संयोजनमा भएको उन्मुक्त प्रेम कवितामा इटहरी धरान झुम्का लगायतका बिभिन्न स्थानका मानिसहरुको बाक्लो उपस्थििति रहेको थियो । जहाँ सोह्र बर्षे युवादेखि ८० बर्षे बृद्धसम्मका मानिसहरुले सृजना वाचन गरेका थिए । माहोल निकै प्रेमिल थियो माहोल ।
साँझ परोस् र नहुँ मदहोस् यो हुँनै सक्दैन,

मेटियोस् दर्द र नहोस् संन्तोष यो हुँनै सक्दैन ।
हो प्रिय म तिम्रै यादमा जलेर पिउँछु,
तर म पिउँ अनि तिमिलाई दोष यो हुँनै सक्दैन ।

यो मुक्तक बिशाल जि अनन्तले हलमा वाचन गर्दा वान्स् मोर वान्स् मोर आइरहेको थियो । उनि सहित तिन दर्जन बढि श्रष्ठाहरुले प्रेमिल गजल कविता वाचन गरेका थिए । गजलकार जिवि गजलले

 
कतै फूूल बनायो कतै तरबार बनायो ।
कतै झुपडी बनायो कतै दरबार बनायो ।
आखिरि भगवानले पनि त भेदभाव गर्दोरहेछ,
उनलाई अकार्की श्रीमति बनायो, मलाई गजलकार बनायो ।

यो मुक्तक वाचन गर्दा तालिले परर बज्यो हल । निकै स्तब्धजस्ता देखिन्थे उपस्थित साहित्यिक श्रष्ठाहरु । निकै प्रेमिलमय साहित्यिक कार्यक्रम भयो मंगलबार इटहरी नगरपालिका । बिचबिचमा कार्यक्रम सञ्चालन गर्दै बाटिकाका अध्यक्ष नबिन श्रेष्ठले भनेका गजलका टुक्राहरुले झन् मिठास थपेको थियो । कार्यक्रममा कविहरु देवान किराती,नवराज मैनाली,राज आशातित,प्रविण राई,कृष्ण राम अधिकारी,सिताराम सुचारु,किरण सिवा संघर्ष क्षेत्री,दुर्गा पराजुली बिराट अनुपम,निर्मला अधिकारी,हेमलता खनाल लगायत तिन दर्जन बढिले रचना वाचन गरेका थिए । कार्यक्रम खेमराज शर्माको प्रमुख आतिथ्यता तथा पुण्यप्रसाद प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित