यौनकर्मी महिला : छोडौँ बाँच्ने आधार छैन, रोजौँ मन खुशी छैन

सूर्यले थानकोटको उकालो चढ्दै छ । दिउँसो तितरवितर मान्छे विस्तारै बाक्लिैदै छन् । रत्पपार्कको पश्चिम वीर अस्पतालको अगाडी सडक पेटीमा ठेलम-ठेलको अवस्था छ । मंसिरको चिसो बढ्दैछ मान्छेहरु जीउ न्यानो पार्न घामसँगै सर्न खोजीरहेका छन् । त्यही भीडमा निलो कुर्ता सुरुवाल लगाएकी अन्दाजी २८ बर्षकी युवतिले भने छाता ओडेकी छन् । यस्तो जाडोमा छाता ? मलाई अचम्म लाग्यो । तीनको बारेमा जान्न मन लाग्यो । पहिलो प्रश्नमा नै थाहा भयो उनी यौनकर्मी रहिछन् ।

किन रोजिन यो पेशा उनकै शब्दमा ।

नाम मेरो रीना
घर सिन्धुपाल्चोक हो ।
बसाई ? बसाईको भने कुुनै ठेगान छैन ।

जसले जता लैजान्छ उतै हुुन्छ बसाई । भूकम्पमा बुवा आमा भाईसहित सबै परिवार गुमाए । म मामाघर काभ्रे आएकाले बाच्न सफल भए । जुनदिन म बाँचे त्यहीदिनबाट मरो दूूर्भाग्य भयो । घर फर्किए बाँच्ने मान्छेहरु भन्दा मर्ने मान्छेको संख्या बढी थियो । सबैजना गाउँ छाड्ने क्रममा थिए । म आफन्तको सहयोगले बाच्ने साहारा खोज्दै मामा घर काभ्रे फर्किए ।

मामाघरमा भूकम्पले कसैको ज्यान नलिएपनि घरभने क्षति भएको थियो । अस्थायी पालमा बसोबास थियो । सबै परिवार गुमाएकाले सुरुमा सान्त्वनाकी पात्र बनेकी ममाथि मामा माइजुुको दया नै थियो । तर विस्तारै अभाव, समस्याले म बोझ बन्न थालेपछि माइजुको तारो बने । रातदिनको गाली सहन नसकेपछि म खबरै नगरी काठमाडौं आइपुुगे । काठमाडौमा त आए जाने ठाउँ थिएन । रत्नपार्कको बसपार्कमा लगभग दिउँसो ४ बजे झरेपछि त्यही छेउमा उभिए ।

उनको संगतले केहीदिनमै म पनि उनकै पेशामा तानिए । कमाई त ठीकै हुन्छ दिनमा हजार १५ सय भइनै रहन्छ । तर, आफुले रोजेको बाटोप्रति आफै धिक्कार लाग्छ ।

सुरुमा त मान्छेको भीडभाड हेर्दा-हेदै समय वितिरहेको छ जब रात पर्न थाल्यो अनि भने मन आत्तियो । एक मनले साचे मामाघर नै फर्केर जान्छु । अर्को मनले कुनैकाम खोज्छुु र आजको रात बस्ने ब्यवस्था मिलाउछु भन्ने विचार गरे । त्यही क्रममा करिव ४५ बर्षको एक जना दिदीलाई आफ्नो बाध्यता सबै सुनाए । चिन्ता नलिन भन्दै ती दिदीले आफैसँगै राख्ने बताएपछि ढुुङ्गा खोज्दा देउता मिले झै भयो ।

मलाई छेउमा उभिन भन्दै ती दिदी केटामान्छेहरुसँग गफ गरिहन्थीन । कति धेरै मान्छेसँग चिनजान मलाई काम खोजेको होला भन्ने लागेको थियो । जब रातीको सात बज्यो दिदीले आफुसँगै जान भन्दै एउटा ट्याक्सीमा राखिन । सँगै एकजना अधवैसे केटा पनि थिए । त्यो केटा मान्छेले मेरो बारेमा निकै सोधी खोजी गरेपनि ती दिदीले आफ्नै बहिनी भएको र गाउँबाट आएको बताइन ।

राती एउटा होटलमा पुगियो । भोलिपल्ट मात्रै थाहा भयो त्यो ठाउँ गौशाला रहेछ । ती दिदी रातभर ती केटा मान्छेसँगै बसिन मलाई एक्लै राखिन । ती को हुन ? भनेर निकै सोधी खोजी गरेपछि ती दिदीले आफ्नो बाध्यता सुनाउँदै आशुुँ झारिन । साउदी अवरबाट दुुईबर्ष अघि नेपाल आएकी उनी  श्रीमानले सबै पैसा खाएर अर्की लिएर भारत छिरेपछि अलपत्र परेकी रहिछन् ।

एक छोरालाई होस्टेलमा राखेर आफुने त्यही यौनकर्मबाट आएको पैसाले उनको खर्च बेहोरेकी रहिछन् । उनको संगतले केहीदिनमै म पनि उनकै पेशामा तानिए । कमाई त ठीकै हुन्छ दिनमा हजार १५ सय भइनै रहन्छ । तर, आफुले रोजेको बाटोप्रति आफै धिक्कार लाग्छ । झण्डै एक बर्ष भयो हरेक दिन उही काम गरिरहेकी छु। छोडौ बाच्ने आधार छैन रोजौ मन खुसी छैन ।साभार – नेपालपाटीबाट

कुराकानीमा आधारित : नाम परिवर्तन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित