कविता ( साँझ )

चिसो बतासमा, चिसै दुबोमा बिताएको त्यो साँझ
समयले धेरै बसन्त पार गराए पनि मेरो मनबाट पुरानो हुन सकेको छैन
अनायसै बिझेको कँडा झिकि फुत्त फ्केझै
मेरो मनबाट त्यो साँझ  निस्कन सकेको छैन
तिम्रो ओठको दबाबले भीजेका ओठ अझै
आलैबनेर लिबिस्टिकको बास्ना आउछ
हो ,प्रिया तिमिलाई अंगालोमा बेरेका हात
अझै ताजा बनेर मेरो मन सजाउछ तिमिलाई
मैले बारम्बर सम्झन खेजेर हैन बिर्सन नसकेर
त्यो सँझको चित्र त्यै साँझ बनेर आईदिन्छ
स्र्णीम आन्दमा बिताएको त्यो साँझले
बरम्बार मलाई ताजकी दिन्छ
निस्पटक अध्यारोमा बिताएर होला
तिम्रो छातीमा छिर्के हानी काखमा
सुताएर होला या त तिम्रो औलाले मेरो
शरिर चलाएर किन किन त्यो साँझ
तस्बिर बनेर बारम्बार आउछ
त्यो साँझ के ग¥यौ र के नै गरिनौ
हामिले सारा जीवनका सपना सजायौ
सगै मर्ने सगै जीवने कसमले त्यो चिसो समय कटायौ
आझै ताजै छ तिम्रो गर्धनमा मेरा ओठ कुदेको
चिसो बतासलाई तिम्रो हत्केलाले मेरो छातिमा थुनेको
हो, प्रिया त्यहि साँझ एक्कासी तिम्रो ओठले मेरो छाति कुटेको
सानि बच्चिझै गरी जाडोले मरै काखमा बसेको
हो,त्यही साँझ आखै अगि तिम्रो सुन्दर तस्बिर
बनि आउछ राजमार्गमा कुदेको गाडीको चक्काझै
बारम्बार दोहोरीनछ हो प्रिया त्यो साँझ बारम्बार आउछ ।

प्रतिक्रिया

सम्बन्धित