म त बिहे गरेर दुलहालाई घरमा ल्याउने हो !

अझै पनि विवाहपछि घरपरिवारले दाइजो नल्याएको भन्दै महिलामाथि दुव्र्यवहार र कुटपिट हुने गरेको छ । माइतीबाट मोटरसाइकल, खेत र बाख्रा नदिएको भन्दै पतिद्वारा पत्नीलाई  घर निकाला गरेको समाचार बारम्बार आइरहन्छ ।  अझै पनि महिलामाथि हुने कैयन हिसाहरु विधमान छ । दाइजो नल्याएको निहुँमा नै  तराइ र पहाडी जिल्लाहरुमा घरपरिवारले कुटपिट गर्दै महिलालाई घर निकाल्ने समस्या पनि यथावत नै छ  । महिलालाई मागे अनुसार दाईजो नल्याएको भन्दै घरपरिवारले मानसिक तथा शारीरिक यातना दिइरहेका छन् ।

सम्झना पाैडेल

माइतिले दाइजो दिन नसकेपछि शारीरिक तथा मानसिक यातना सहेर बस्न बाध्य महिलालाई अपहरण गर्ने , धम्की दिने परिपार्टि पनि हावी छ ।  सासु ससुराले दाइजो स्वरुप माईतबाट गहना नल्याएको भन्दै यातना दिने ,लागुपदार्थ सेवन गरेर निरन्तर कुटपिट गर्ने गरेपनि अझैपनि  महिलाले न्याय  पाउन सकेका छैनन । महिला माथि भएको अन्याय अब कतिन्जेल सहेर बस्ने ? न्यायका लागि पहल गरिदिने निकाय किन मुक दर्शक बन्दैछ ? दाइजो नल्याएको भन्दै घर निकाला भएका महिलाको अवस्था हेर्नुहोस त कति दर्दनाक छ । महिलाको अस्मितामा खेल्दै  पति, सासू, ससुरा लगायतले अश्लील गाली, बेइज्जती गर्नुका साथै पटकपटक कुटपिट समेत गर्ने गरेका छन् ।

आफुहरुमाथि भएको यस्तो र्दुब्यवहार सहन नसकेपछि न्यायका लागि प्रशासन तथा मानवअधिकारसँग सम्बन्धित विभिन्न निकायको शरणमा  पुग्दा पनि ती महिलाहरुले न्याय पाउन सकेका छैनन् । कतिपयको त  मानसिक सन्तुलन नै बिग्रिएको  छ ।  हो यस्ता धेरै उहाहरण छन् महिला हिंसाका जुन सबै यहाँ बताउन सकिदैन । अब पति र घरपरिवारको हेलामा महिला कतिदिन बस्ने ?  समाजमा भएका यस्ता समस्या र घटनाहरुलाई हेर्दा कहिलेकाही यो समाजमा किन महिला बिवाह गरेर पुरषको घरमा जानुपर्ने भएको होला ?

बरु बाजेको पाला देखि नै महिलाले चाहि पुरुषलाई बिवाह गरेर आफ्नो घरमा ल्याउने भएको भए धेरै हदसम्म महिला माथि हुने हिंसा कम हुने थियो होला । समाजमा जरा गाडेर बसेका महिला हिंसा सम्बन्धि विद्यमान घटनाले गर्दा कहिलेकाँही त बिहे गर्नु नै हुन्न जस्तो लाग्छ त कहिले बिहे गरेपनि पुरुषलाई दुलहा बनाएर आफ्नै घरमा ल्याउझैं लाग्छ ।  जे जस्तो समाजको चलन हो त्यो मान्न तयार छु तर अह् कदापी म बिवाह गरेर पराइको घरमा जान्न हुनेवाला पतिलाई मेरो घरमा ल्याउने हो ।   श्राेत – साभार Nepalpati

 पौडेल नेपाल एफएम नेटर्वककी समाचार वाचिका हुन् । 

प्रतिक्रिया

सम्बन्धित