खुट्टा नकमाउँनुहोस गृहमन्त्री ज्यू ! वरियताको आधारमा आईजीपी वनाउँ

गृहमन्त्री विमलेन्द्र निधि ज्यू नमस्कार । हुन त तपाई अहिले असाध्यै ब्यस्त हुनुहुन्छ मेरो यो अनुरोध तपाईले पढ्न भ्याउँन हुन्न होला । मन्त्री ज्यू तपाईले अहिले आईजीपी नियुक्तीमा देखाएको कदम एकदमै सही छ । तपाईको् यो कदमले तपाईलाई नेपाली सचेत नागरीकले हेर्ने देष्टिकोण समेत परीर्वतन भएको खवर तपाईको कान सम्म पुगेको छैन पनि होला । हो मन्त्री ज्यू तपाईले आईजीपी नियुक्तीमा गरेको भुमिका साच्चै आम नेपाली जनताले मनपराएको छन । आफ्नै पार्टी सभापति शेरवहादुर देउवा सँग तपाईले गरेको कुराकानीले तपाईको मुल्याकन सम्म उच्च हुनु पुगेको छ । तर विहिवार साझ हावा झै फैलिएको आईजी नियुक्तीको वास्तवीक कुरा के हो ? के तपाईले सभापतिकै कुरा मानेको हो ? वा वाहिरी भम्र छर्ने ल्याईएको कुरा हो । वास्तवमा तपाईले आईजीमा वरियताको क्रममा रहेको ३ नम्बरको डिआईजी जयवहादुर चन्द्रलाई नियुक्ती गर्ने भन्ने देखाएको आदेश के साचो हो ? यदी यो साचो हो भने आम नेपाली जनतामा निराशा पैदा भएको छ । प्रहरी जस्तो संगठनमा भएको यो राजनितिक भागवण्डाले आम जनमानसमा खिन्नता छाएको छ । त्यस कारण तपाईले आईजीपी वनाउँने निर्णयमा अझै पनि गम्भिरता लिएर खुट्टा कमाउँनु हुन्न । आम जनताले तपाईलाई राम्रो नजरले हेर्द गर्दा हेर्ने नजरमा परिवर्तन नल्याउँनुहोस भन्ने जनताले चाहेका छन ।

हो गृहमन्त्री ज्यू नेपाल प्रहरीको संगठनमा भएको यो तल्लो स्तरको राजनिति अहिलेका सचेत नागरीकलाई पच्दैन । त्यस कारण तपाईले गृहसचिवलाई निर्देशन दिएकै हो भने पनि फिर्ता लिनुहोस ।आम जनताले रुचाएको डिआईजी नवराज सिलवाल अहिलेका प्रहरी संगठनको हिरो हुन । उहाँको कामको मुल्याकन सायद यो राष्ट्रको कुनै राजनितिक पार्टीले गर्ने सक्दैन होला । डिआईजी चन्दलाई सिफारिस गर्ने निर्णयले चिया पसल र भट्टी पसलहरु गुण्डा र गुण्डाको नाईकेहरु वहुला कुकुर झै कराउँन थालेका छन । सिफारिस गदै यो अवस्था आयो भने आईजीपी नै भए पछि देश गुण्डामय हुने पक्का छ त्यस कारण तपाईले अझै पनि विचारको निर्णय गर्नु हुने छ भन्ने विश्वास हामीले लिएको छौ । कामलाई भन्दा पनि चाकडीलाई प्रथामिकतामा राख्दै आएका डिआईजी चन्द्रले समग्र प्रहरीको छवि माथी प्रश्न चिन्ह खडा भएको छ ।

धनबहादुर पुरी

नेपाल प्रहरी भित्र भईरहेको राजनितिकरणको सिकार अहिले नेपाल प्रहरीकै केहि स्वाच्छ प्रहरीहरु चपेटामा परीरहेको छन । उनीहरुले सिर निहुराउँनु पर्ने दिनगन्ती सुरु भएको महसुस गरेका छन । गृहमन्त्री ज्यू डिआईजी सिलवाललाई आईजीपी वनाउँने निर्णयबाट पछि नहट्नुहोस जनता तपाईको साथमा छ । सलामीको लागी भारतको सम्म चाकडी गर्ने चन्द्रले प्रहरी संगठनको आँच गिराए । तर अर्यालपछि नेपाल प्रहरीको भावी आईजिपीमा वरियतामा एक नम्बरमा रहेका एक मात्र डिआईजी नवराज सिलवाल छन् । के प्रहरी प्रमुख चाकडीले पाउँने पद हो ? किन हुदैन कामको मुल्याकन ? यही कामको मुल्याकन हुन्छ भन एक प्रहरी अधिकृतले सिंगो प्रहरी संगठनलाई हेर्ने धारणामा परिवर्तन ल्याउन सफल डिआईजी सिलवाल जिउँदो प्रमाण हुन । सिलवाल आईजीपी बने प्रहरी संगठनको आत्मावल अझै उच्च हुने पक्का छ । संगठन भित्र भएको फोहोर पनि वडाल्नु पर्छ भन्ने मान्यता रहेको सिलवाल चाडै आईजीपी वन्नु पर्छ ।

प्रहरी संगठनमा निराशा

देशका अधिकांस जनता तथा नेपाल प्रहरीकै उच्च अधिकारीहरु पनि डिआईजी सिलवाललाई आईजीपी नवन्लानकी भनेर चिन्तित देखिएका छन । प्रहरीका केहि भष्ट अधिकृत बाहेक सबै प्रहरीको सिंगो फोर्सले सिलवाललाई रुचाउँछ । नेपाल प्रहरीको एक नम्वरमा रहेका डिआईजी सिलवाललाई आईजी वनाउँन कुनै राजनितिक दलहरुले हस्तक्षेप गर्ने मिल्दैन भन्दै उनीहरु ऋहिले आफ्नै संगठन भित्र तिब्र असन्तुष्ट देखिएको छन । आफ्नो निकट वनाउँन आईजीपी वनाउँने खेलमा भन्दा पनि कामको आधारमा आईजीपी वनाउँने परम्पराको विकास गर्नु पर्ने भन्दै अधिकांस प्रहरी अधिकृतहरु निरुत्साहित भएका छन ।

शान्ती सुरक्षा कायम गर्ने मूल जिम्मेवारी वहन गरिरहँदा नेपाल प्रहरीले अपराध अनुसन्धान , नियन्त्रण देखि थुप्रै कामहरु गरेर जनताको मन जित्न सफल सिलवाल आईजीपी हुनुको पर्ने समग्र प्रहरी संगठनको माग छ । प्रहरीकै आचरण सुधारमा समेत लागेका डिआईजी सिलवाललाई मन पराउँने प्रहरीहरु अत्याधिक छन । यस अर्थमा पनि सिलवाल एक निष्ठावान नेपाल प्रहरी कर्मचारी हुन । संगठनकै सुद्धिकरणमा खरो रुपमा लागेका सिलवाल देशभरी हाई हाई छन ।

प्रतिक्रिया

सम्बन्धित