खबरदार ! नाच्ने बाहानामा नाङगीन पाइदैन, तिम्रो बैशले माग्या हो भने…

अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा मलेसियामा आयोजित एक सांस्कृतिक कार्यक्रममा जहाँ उपस्थीत थिईन, एक नेपाली मोडल रिया श्रेष्ठ । ‘युनिक सांस्कृतिक धमाका–४ नाम दिइएको उक्त कार्यक्रममा ती महिलाले ‘ठमेल बजार’बोलको गीतमा आफ्नो प्रस्तुती दिइन् । सांस्कृतिक कार्यक्रमको नाममा ‘ठमेल बजार’ मलेसियामा मोडल नाङगिएको देख्दा लाग्छ उनले अन्तराष्ट्रिय स्तरमै नेपालीको इज्जत फालिन। उनको नृत्य जो कोहिले हेर्न सक्दैनथ्यो नै । नृत्यको बाहानमा उताउलो हर्कत प्रस्तुत गरिन ।

                        सम्झना पाैडेल

कलामा नग्नता पनि हुनसक्छ तर कथाले मागेको खण्डमा मात्रै । के रक्सी पिएर जवानिलाई तताउदै, कामुकता र अश्लिततामा पस्कनु नै नृत्य हो त ? जब कामुकताले सीमा पार गर्छ तब त्यो अश्लिल बन्न पुग्दछ । नाच्ने बाहानामा स्टेजमै उनि बौलाइन भन्दापनि फरक नपर्ला । गीतको तालमा आफ्नो अश्लिलता पस्किँदै लगाएको लुगा स्टेजमा नै फुकालनु कति सम्म बैसले पिरोलेको उनलाई। उनीसँगै हाँस्यकलाकार सुलेमान शंकर ‘इक्कु’ पनि नाचिरहेको देख्न सकिन्छ । उनले बिस्तारै आफूले लगाइरहेको लुगा खोल्छिन् र सुलेमान भने ती लुगालाई भुईंबाट झिकेर आफ्नो हातले घुमाउँछन् ।

यति सम्मकी दुबै नाच्दा नाच्दै स्टेजमा नै चुम्बन समेत गर्छन् ।सोनाम लोछार जस्तो तामाङहरुको ठूलो चाडमा यस्तो हर्कत गर्नुले कहाँ रहला संस्कार र संस्कृतिको पहिचान भन्ने हो भने सिधै सोनाम लोछार जस्तो पबित्र चाड माथि उनले धज्जि उडाइन , बदनाम गरीन ।अझ यो त दर्शकको अपमान मात्र नभएर समग्र कलाकारको अपमान हो । कला, सीप र इमान्दार भए नाङगो कम्मर लच्काइरहनु पर्दैन । कपडामै काफी हुन्छ । यदि यस्तै हो भने सांस्कृतिक धमाकाको आयोजकले अर्को कार्यक्रममा घाटाको ब्यापार बेहोर्नु पर्नेछ। लुगा फुकाल्नु भनेको पुरै नाङ्गीए बराबर नै हो ।

नेपालीको बदनाम गर्न कसैलाई छुट छैन । नाच्ने बाहानामा तिम्रो त्यो बिग्रेको अंग प्रर्दशन नगर । कुरितीको हैन सँस्कृतीको रुप प्रर्दशन गर, यदि तिम्रो बैशले नै मागेको छ भने २ /४ जना भुसतिघ्रे संग सम्पर्क गर तर नेपाली समाजलाई तिरस्कार हुने यस्ता हर्कत नगर (यो एक जना दाजुको भनाई फेसबुकबाट साभार गरे किनकि एकदम सहि लाग्यो ।)

riya-shresthaमेरो नजरमा यी विल्कुल गलत देखे किन यसरि भाईरस हरु उब्जिन्दै छन । खबरदार समाजमा विकृति फैलालाउन कसैलाई अधिकार छैन । सबै थोक किन्न पाइन्छ तर इज्जत लाखौं करोडौंमा नि किनेर पाइन्न । के नाङ्गो हुँदा सर्बाङै देखाउदा मात्रै यो मान्छे कलाकार हो भनेर चिनिन्छ, पैसामा बिक्ने लाई इज्जत को के मत्लब ? यस्ताले गर्दा दुनियाँ दिदी बहिनी बेइज्जत हुनु पर्छ । अब सारा महिलावादी संघसंस्थाले यस्को बिरोध गर्नैपर्छ । याे लेख नेपाल पार्टी डटकमबाट साभार गरीएकाे हाे । 

पौडेल नेपाल एफएम नेटवर्ककी समाचार वाचिका हुन ।

प्रतिक्रिया

सम्बन्धित