नेपाली कांग्रेसका राष्ट्रिय जिम्मेवारी र चुनौतिहरू

नेपालको इतिहासमा २००७ सालको जनक्रान्तिले प्रजातान्त्रिक राज्य व्यवस्थाको सुरुवात भयो । १०४ वर्षदेखिको  जहानिया राणा शासनबाट देशमुक्त भयो । सरकारमा जनाताका प्रतिनिधिहरुको सहभागिता भयो । राजनीतिक दल वा संघसंस्थाहरुको स्थापना भयो र तिनको क्रियाशिलताकोलागि जनतामा आधारसिला बन्याे । बिचार तथा प्रकाशन स्वतन्त्रता एवम राज्यका न्युनतम मुल्य मान्यताहरु सामान्यतया उपयोग गर्न पाईने भयो ।

आम जनताका सामाजिक एवम आर्थिक परिर्वतन र बिकासका अाकांक्षहरूलार्इ सम्बोधन गर्ने शासकिय प्रणालीमा सुधारआई संरचनात्मक आधारसिला स्थापना भयो । नेपाली समाज १६ औँ सताब्दीबाट २० औँ सताब्दीमा पुग्यो । शिद्धान्त  लोकतान्त्रिक प्रणालीको आरम्भ भयो तर राज्य व्यवस्थाका निकायहरुमा पुरातनवादी सामन्ति सस्कारको प्रभाव जस्ताको जस्तै थियो ।

शासन व्यवस्थामा रहिरहेको परम्परागत सामन्ति सस्कार र चिन्तनले आधुनिक लोकतान्त्रिक बिचार र मुल्य मान्यतालाई स्यीकार्न सकेको थिएन । हामी यस्तो इतिहासबाट पार गर्दे २५० वर्षे शाहिशासनको पञ्चायति शासन व्यवस्थालाई चिर्दै अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छौँ । देशमा थोरै समयमा धेरै राजनीतिक परिवर्तन भएका छन् यस्तो बिश्वकाे इतिहासमा कमै देखिन्छ । तर देशमा एतिका राजनीतिक परिवर्तन भएतापनि राजनीतिक प्रबृतिमा भने परिर्वतन हुन सकेको छैन । कतिपय राजनीतिक नेतृत्वमा हालसम्म पनि सचेतनाको कमि भएको अहिलेको समयले देखाउदै आएको छ ।

खेमराज दाहाल

नेपाली इतिहासमा एकै सताव्दीमा तिन ठुला राजनीतिक परिर्वनहरु भए जस्को नेतृत्व हरेक समय कालखण्डमा नेपाली कांग्रेसले त्यसको कार्यभार सम्हाली नेतृत्व गर्यो ।२००७ को जनक्रन्ति, २०४६-४७ सालको जनआन्दोलन र २०६२-६३ को जनआन्दोलन सबै सफल भए । यसरी जनताका साझा सवाल सबै स्थापितता भए तर  यसलाई संस्थागत गर्न चुग्दा धेरै पटक ईतिहासले दोहोरिनु परेको थियो । केही पुरातनबादि सामान्तिहरुले जहिल्यै प्राप्त उपलब्धीलाई निस्तेज पार्न ठुलै चलखेल गर्ने गर्छन् । अहिले पनि यस्तै अवश्था देखिन्दै छ । नेपाली राजनितिमा व्यवस्थापिका संसदको दोस्रो ठुलो शक्तिको रुपमा रहेको नेकपा एमाले ले अहिलेको राजनितिक परिर्वतनलाई बाहिृय रुपमा स्वीकारेको भएपनि व्यावहारीक रुपमा नस्वीकारेको स्पष्ट देखिन्छ । संघियतालाई बाख्राको टाउकोमा भईसिको सिंग र गणतन्त्रलाई बयल गाडामा अमेरिकाको यात्रा गर्ने अभिव्यक्ति दिने एमाले अध्यक्ष केपी ओलीकै कारण अहिले मुलुकमा सामाजीक, राजनितिक अस्थिरता र आतंक मचाउने प्रयास हुदैछन् ।

जनक्रान्ति अथवा जनआन्दोलन सफल हुनु भनेको बिधिको शासन आरम्भ हुनु हो, राजनीतिक स्थीरता  र देश बिकासमा जान चाहानु हो तर पुरातनबादीहरु यसलाई निस्क्रीय पार्न सधै तत्पर हुन्छन् । यस्तो अवस्थामा जनक्रान्त्ति अथवा जनआन्दोलनको नेतृत्व गर्ने नेतृत्वले सधै सवल, सक्रिय र जनचाहाना अनुरुप राजनिति गर्नु पर्छ । राजनितिमा बिपक्षी हरुले परिर्वतका पक्षधरहरु लाई सधै असफल बनाउन अग्रसर भई रहेका हुन्छन् ।मुलुक अहिले संक्रमणकालिन अवस्थामा छ । यस्तो अवस्थामा प्रतिगामी तत्वहरु सधै सकृय हुन्छन् । अहिले माओबादीको नेतृत्वमा नेपाली कांग्रेस सहित सरकारमा छन् यस सरकारलाई असफल पारे नेपाली कांग्रेसलाईनै असफल पारे सरह  हुन्छ भन्ने नियतले यस सरकारको बदनाम गर्ने बडो अन्धो राष्ट्रबादको नारा नेकपा एमालेले बोकेर हिडेको छ ।

जन क्रान्ति अथवा जन आन्दोलन ले ल्यायको परिवर्तन लाई सस्थागत नसके नेत्रित्व गर्ने पार्टी जनता को नजर बाट अबिश्वासिलो बन्दछ । एस्ले जनतामा राजनीति र नेता नेत्रित्व प्रती घिर्णा जागेर आउछ र उस्लाई इतिहाशले पनी पछी पार्ने छ र इतिहाशमा एस्ता अबसर हरू आइराख्दैनन ।  पहिलो संबिधान सभाले ५ औ बर्ष लगायर पनी संबिधान जारी गर्न नसकी मृत्य बरण गर्न परेको एथार्तता र अबधीमा नेपाली कांग्रेशले सरकार अथवा मुलुकको नेतृत्व नगरेको एथार्तता जिबित छ । दोस्रो संबिधान सभामा नेपाली कांग्रेश ले मुलुक सरकार को नेतृत्व गर्नसाथ देशले संबिधान पायो । यो एथार्तता लाई जनता कहाँ पुर्याई संबिधान कार्यन्वयन को पक्ष मा साथ दिन अपील गर्न जरुरी छ ।

 नेपाली जनताले बिगत देखी गर्दै आयका बलिदान लाई खेर जान दिन हुदैन । प्राप्त उपलब्धि हरूलाइ संस्थागत गर्न र कमी कमजोडी हरूलाइ सच्याउदै लैजान इतिहाश को नेतृत्व गर्ने नेतृत्वले मुलुकमा अभीभाबकिय भुमिका निर्बाह गर्नु पर्छ । समय, ब्याबस्था परिबर्तन हुदै गय पनी देशका धरोहर तथा इतिहाश हरूलाइ बिर्सन हुदैन ।बिभिन्न जात-जाती भाषा-भाषी भयको हाम्रो देशमा सबै जातजाती भाषाभाषी हरूको  आ- आफनै मूल्य मान्यता हरू छन । ती सबैलाई एकै पटक समेटेर लान सके मात्र देश र संबिधान प्रतिको अपनत्व बोध हुन्छ अनी मात्र देशमा एकता हुन सक्छ । जब देशमा एकता हुन्छ तब मात्र देश समृद्दी को बटोमा जान्छ ।नेपालको राजनीतिमा आज देखिएको जून बिकृति, बिसंगती र निराशा छ त्यसलाइ समाप्त गर्न आबश्यक छ । एस्को बिकल्पमा भरपर्दो ब्यबहारिक किसिमको राजनीतिक इच्छा शक्ती पेश भयन भने जनता निराश भयर जान्छन ।

परिबर्तित प्रगतिशील ब्याबस्थाको सम्पूर्ण पक्ष जनतामा देखियको निरासा , बिकृति र बिसंगती हरू लाई निरुत्साहित गर्दै लोकतान्त्रिक समाजबादी पार्टी भयकोले नेपाली कांग्रेशले एस्को नेतृत्व गर्न जरुरी छ । गौरबमय इतिहाश बोकेको नेपाली कांग्रेशपार्टीको प्रथम घोषणा पत्रमा उल्लेख गरीय जस्तै अबधारणा अहिलेको संबिधानमा लेखियको छ । आज भन्दा ६६ बर्ष पहिले नेपाली कांग्रेशका संस्थापक राष्ट्रीय जननेता बि. पी. कोईरालाले प्रत्युपादन गर्नु भयको थियो । एस अबधारणाले अहिले ६६ बर्ष पछी नेपाली कांग्रेशको नै नेतृत्वमा एथार्थतामा परिणत हुने अबसर पायेको छ  । संबिधान परिबर्तनशील दस्ताबेज भएको र देशको आबश्यकता अनुसार जनताक चाहना अनुरूप संसोधन हुदै जाने कुरा स्पश्ट बताइयको छ ।

संबिधान घोषणाले लामो समय देखिको संक्रमणकालिन अबस्थाको केही अन्त्य भयको बिश्वाश जनतामा परेको छ । केही असतुष्टी अप्ठ्याराहरू त कही न कही जहिले रहन्छन । एध्यपी नेपालको संबिधान २०७२ इतिहाशकै सबैभन्दा जनमुखी, समाबेशी र लोकतान्त्रीक रहेको छ । अब एस्को कार्यन्वयन गर्न सके देशमा राजनीतिक स्थिरता, शान्ती , बिकास र समृद्धिको आधारशिलाका रुपमा संबिधान ले राष्ट्रको सुन्दर भबिश्यको लागी मार्ग प्रशस्त गरेको छ ।नेपाली कांग्रेशको नेतृत्वले गरेका परिबर्तनहरूले अब राष्ट्रको चौतर्फी बिकासका लागी अन्तहीन संभाबना हरुको सफल ब्याबस्थापन गर्दै समृद्धिको मार्गमा अग्रसर हुन नेपाली जनतालाई सनौलो अबसर प्राप्त भयको छ ।

प्रतिक्रिया

सम्बन्धित