सासुको खुट्टा नढोग्ने महिलाले श्रीमानको बिस्तारामा किन जाने ?

‘जब पर्खालले नछोपिने दृश्यहरु बिचारका धर्काहरुले छोपिदिन्छन तब मस्तिष्कहरु भ्रमित हुन्छन् ।’ त्यस्तै नेपालीको धर्म, कर्म र संस्कारलाई पाखा लगाएर आमा समानकी सासु आमालाई किन ढोग्ने भनेर आफुलाई अपमानित सोच्ने कलियुगका बुहारीहरु कुर्लन्छन तब सोच्नुस त्यहि नारी श्रीमानको बिस्तारामा किन जाने गर्छन ? केहि दिन अघि एक महिलाको आर्टिकल अनलाइनमा आयो मैले सासुको खुट्टा किन ढोग्नु भनेर जसले मलाई बडो अचम्मित तुल्यायो । त्यसकारण यहाँ मैले सर्वप्रथमत मैले अहिलेका उत्ताउला र उरनठाउला बुहारीहरुलाई नमस्कार गर्नु र ढोग्नुको परिभाषा बुझाउन उचित ठाँने ।

                                       सम्झना पाैडेल 

किनकि यहाँ ढोग्नु जस्तो एक नेपालीको संस्कार र परम्परालाई नै धज्जि उडाएको मैले पाए । हिन्दू मान्यताका अनुसार जब आफूभन्दा कुनै ठूलो आफन्त वा मानिसलाई भेट्छन्। आपसमा ढोगभेट गर्ने गर्छन् । जुन एक सासुलाई मात्रै नभए हामी आफुभन्दा ठुलालाई गर्ने गरेका छौं । हामिले हामा्रे संस्कार अनुसार बाल्यकालमै यो कुरा सिकेर आएका हुन्छौं । दशैमा पनि टिका लगाउदा छोरा बुहारीले आमाबाबुको खुट्टा ढोग्ने परम्परा रहेको छ । मैलेत ढोग गर्नुलाई गौरवको साथ हेरेकि छु ।

मलाई त ढोग्न पाउदा आत्मसम्मानको साथ आत्म गौरवको महशुस हुने गरको छ ।  मेरो मनमा आत्म गौरव र आत्माशान्ति मिल्दछ । आफुभन्दा ठुलाई ढोगेर आदर गर्ने हो अनि उहाँहरु बाट आशिर्वाद थाप्ने हाम्रो परम्परा हो । त्यस्तै हाम्रै संस्कार नमस्कार र ढोग गर्नुलाइ बैज्ञानिकहरुले मानिसको मष्तिष्कबाट निस्किने उर्जा हातमा तथा खुट्टाको अगाडिसम्म आइपुग्दा एक चक्कर लगाउँछ। यसले कस्मिक उर्जाको सञ्चार हुन्छ । जसमा दुई प्रकारको उर्जा आउँछ । एउटा सानोदेखि ठूलोको खुट्टामा र ठूलोको हातदेखि सानाको शीरमा उर्जा उत्पन्न हुन्छ । यसले एकअर्कामा भावनात्मक सम्बन्ध बनाउँछ ।

जब हिन्दू परम्परामा हामी कसैलाई हात जोडेर नमस्ते वा नमस्कार गर्छौ। यो पनि वैज्ञानिकहरुले उचित मानेका छन्।किनकी जब कुनै व्यक्ति दुई हात जोडेर नमस्कार गर्छ उसको औलाहरुको सम्पर्क एकअर्कासँग हुन्छ र आखाँ, कान तथा दिमागमा एकै पटक चाप पर्छ। जसले सधैभरी नमस्कार गर्ने व्यक्तिलाई सम्झिरहने क्षमताको विकास हुन्छ। हामी उक्त व्यक्तिलाई धेरै समयसम्म सम्झिरहन्छौ।जब कुनै संस्कारमा कुनै धार्मिक वा पारिवारिक अनुष्ठान हुन्छ।

अनिवार्य छैन सासु वा कसैको खुट्टा ढोग्न । तर सासु आमा सरह माननीय हो, पूज्यनीय हो । यसैले सासुलाइ आदर गर्नुहोस । आदर, गौरवमा श्रद्धा हुन्छ ।

त्यसमा भोजनको सुरुवात तीतोपिरो मसालेदारबाट हुन्छ भने अन्त्यमा गुलियो वा मिठो खाएर सकिन्छ। गाउँ र सहरको बीचमा फरक बिचार र चेतनाका धर्काहरु कोरिएका छन् । ति धर्काहरु मेट्न हामीले कहिल्यै आवाज उठाएनौ । हाम्रो समाजको चेतनास्तर कति छ हामी आफैले नाप्न सक्छौ । आखिर समस्या कहाँ छ ?सोचाइमा ?नितिमा या नियतमा ? चित्रमा या चरित्रमा यदि अब का महिलाहरुले आफुले चर्चा कमाउनकै लागि अनावश्यक टिक्का टिप्पणि गर्ने हो भने बिहे नै गरेर बच्चा किन जन्माउने ? किन लोग्ने नै चाहियो ? जो सगं मन लाग्यो उसै सगं बच्चा जन्माए भैगोनि ।

आफु भन्दा ठुलो लाई कसरी आदर गर्ने भन्ने बिचारलाई भष्म पार्ने सोच वास्तममै आप्पतिजनक छ । धन्दा मान्नु पर्दैन जस्तो फल रोप्नु हुन्छ त्यस्तै फल फल्छ । अझ रासायनीक मल परे पछी त अझ त्यो भन्दा नी उन्नत फल्छ । देखावटी ढोग मात्र हो सधै हृदय बाट ढोग कार्य राम्रो गर त्यो नै सबै भन्दा ठूलो ढोग र धर्म हो तपाईं पनि सासू बन्नु हुन्छ । अनिवार्य छैन सासु वा कसैको खुट्टा ढोग्न । तर सासु आमा सरह माननीय हो, पूज्यनीय हो । यसैले सासुलाइ आदर गर्नुहोस । आदर, गौरवमा श्रद्धा हुन्छ । बुद्ध शिक्षामा श्रद्धालाइ कुशल चित्त मानिन्छ । आफु भन्दा ठुला बड़ा बृद्ध हरुलाई ढोग्नु र आशिर्वाद लिनु राम्रै हो ।नेपालपार्टीकाे सहयाेगमा 

प्रतिक्रिया

सम्बन्धित