कंक्रिट नै कंक्रिटले भरिएकाे पूर्वकाे मृत शहर (फाेटाे फिचर सहित)

मोरङ । हरियो वन नेपालको धन भन्ने पुरानो उखान परिवर्तन भएर हरियो बन तस्करको धन भएको लामो समय भईसक्यो । अधिकांश बन तस्करहरुले आफनो धन बनाईसकेका छन । बचेको जंगल क्षेत्रमा समेत बिभिन्न जाति र धर्मका नाममा निर्माण गरिएको कंक्रिट भवन र चिहानका कारण जंगल क्षेत्र मासिएर चिहानको शहरका रुपमा परिचित हुन थालेको छ ।

पुर्वी नेपालका झापा, मोरङ ,सुनसरी लगायतका क्षेत्रमा यस्ता कंक्रिट चिहानहरु बढी मात्रामा रहेका छन । महेन्द्र राजमार्ग आसपासको क्षेत्रमा त पुरै चिहानको शहर नै निर्माण भईसकेको छ । यो क्रम घटने भन्दा बढने भएसँगै कतै पुरै जंगल क्षेत्र एकदिन चिहानको शहर बन्ने त होईन भन्ने चिन्ता समेत उत्पन्न हुन थालेको छ । केही समयअघि सम्म घना जङ्गल रहेको क्षेत्रमा तीव्ररुपमा पक्की चिहान निर्माण भएपछि जङ्गल मासिने क्रम बढेकाे छ । झापा, मोरङ र सुनसरी जिल्लाको राजमार्गले छोएका जङ्गल प्राकृतिक रुपले हरियो देखिनुको सट्टा चिहानले सेतै देखिन थालेका छन् । झापाको सीतापुरी, केर्खा, धरमपुर, माइधार, झिलझिले, चारआली, धाइजन, मोरङको पथरीशनिश्चरे, बयरवन, डाँगीहाट, बेलबारी तथा सुनसरीको तरहरा, धरानसहितका ठाउँमा कंक्रिट चिहानघर तीव्ररुपमा निर्माण भएपछि जङ्गल मासिदै गएको छ ।

राई, लिम्बू, मगर, गुरुङ, तामाङ लगायतका जातजातिले मात्र निर्माण गर्दै आएको कंक्रिट चिहान अहिले अन्य जातिले समेत निर्माण गर्न थालेका छन् । झापा र मोरङमा भने भुटानी शरणार्थीले समेत जङ्गलमै चिहान बनाएका छन । एउटा चिहानले एकदेखि तीन धुरसम्म क्षेत्रफल ओगट्ने गर्दछ । सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्नेबारेमा जिल्ला वन कार्यालय नै अनभिज्ञ छ ।

राई, लिम्बू, मगर, गुरुङ, तामाङ लगायतका जातजातिले मात्र निर्माण गर्दै आएको कंक्रिट चिहान अहिले अन्य जातिले समेत निर्माण गर्न थालेका छन् । झापा र मोरङमा भने भुटानी शरणार्थीले समेत जङ्गलमै चिहान बनाएका छन । एउटा चिहानले एकदेखि तीन धुरसम्म क्षेत्रफल ओगट्ने गर्दछ । सुनसरी र झापामा चिहानले कति छेत्रफल ओगटेको छ भन्नेबारेमा जिल्ला वन कार्यालय नै अनभिज्ञ छ ।

मोरङ जिल्लामा राजमार्ग छेउको करिब ४० किमी लम्बाई र करिब २० हेक्टर क्षेत्रफल कंक्रिट चिहानले सखाप पारिसकेको छ । चिहान निर्माण तीव्र हुन थालेपछि यसलाई व्यवस्थित गर्न विभिन्न पक्षबाट पहल सुरु भएपनि प्रभावकारी हुन सकेको छैन । कतिपय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो क्षेत्रमा पक्की चिहान बनाउन रोक लगाएका छन् । वन उपभोक्ता समूहले विभिन्न स्थानमा सूचना पार्टी राखेर नै सचेत गराउन थालेपछि भने पक्की चिहान निर्माण नगरी समाधिस्थलमा बिरुवा रोप्न सुरु भएको छ ।

     

मोरङ केही नयाँ शुरुवात

नयाँ चिहान बनाउने कार्य रोकिए पनि पुराना चिहान हटाउन भने सकिएको छैन । कंक्रिटका कारण वन क्षेत्रमा नयाँ बिरुवा उम्रने उर्वराशक्ति ह्रास आउने भन्दै तामाङ समुदायले भने पथरी शनिश्चरेको जयचोकमा समाधिस्थल निर्माण गरी एकै ठाउँमा शव जलाउने गरेका छन् । यता मोरङकै बेलबारीमा पनि सबै समुदायले कंक्रिट चिहानको बिकल्पमा बिरुवा रोप्ने काम शुरु गरिसकेका छन ।

एक ब्यत्तिको मृत्यु भएपछि उसको समाधिस्थलमा ५ वटा बिरुवा रोप्ने र यस क्षेत्रमा भएका ५ वटा सामुदायिक वनहरुले हरेक बर्ष हजारौँ बिरुवा रोपेर बेलबारीलाई हरित नगरीका रुपमा बिकास गर्न शुरु गरिसकिएको बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेल बताउँछन । जसअनुसार गत बर्ष सो क्षेत्रमा ५ हजार बिरुवा रोपिएको छ ।

के गर्दैछ जिल्ला वन कार्यलय ?

पछिल्लो समय जिल्ला वन कार्यलय मोरङले पनि कंक्रिट भवन र चिहान हटाउनका लागी पटक पटक सम्बन्धित पक्षहरु सँग कुराकानी भईरहेको र कतिपय ठाँउमा त्यस्ता संरचना हटाएर हरियालीको बिस्तार गर्न थालिएको जिल्ला बन कार्यलय मोरङका प्रमुख डा. बिनोद देबकोटा बताउँछन । उनका अनुसार सबै सामुदायिक बनहरुलाई कंक्रिय चिहान निर्माण गर्नुको बिकल्पमा बिरुवा रोप्न लगाउने र सबै उपभोत्ताहरुलाई जागरुक गराएर बन जंगल क्षेत्रको संरक्षण शुरु गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित