स्ववियुमा कस्तो उमेद्धवार हुनु पर्छ ?

 स्वतन्त्र बिधार्थी युनियन सबै बिधार्थीहरुको साझा संगठन भनेर चिनिने गरेको पाईन्छ । वास्तवमा सबै बिधार्थीको हक हित र अधिकारको सुनिश्चतााका लागि लडने एक स्वतन्त्र संगठननै स्वतन्त्र बिधार्थी संगठन हो । विगत वर्ष देखी चुनाव हुन नसकेको स्वतन्त्र बिधार्थी युनियनको चुनावले यो बेलासबै कलेजहरुमा चुनावी चहलपहल सुरु भईसकेको पाउन थालिएको छ । सबै कलेजका आ आफना संगठनमा आवद्ध बिधार्थीहरु को उमेद्धवार बन्ने , कसलाई उमेद्धवार बनाउने भनेर आ आफनो प्यानल सहित अंकगणितिय हिसाब किताबमा लागिपरेका छन । जो जो जुन जुन संगठनबाट उमेद्धवार बने पनि सबै बिधाथीहरुको मन मष्तिस्कमा बस्न सक्ने उमेद्धवार आजको आवाश्यकता रहेको छ ।

स्ववियुमा कस्तो उमेद्धवार हुने भन्ने आम बिधार्थीको चर्चाको विषय रहेको छ । वास्तवमा अबको उमेद्धवार सबै बिधार्थी संगठनलाई प्रभाव पार्न सक्ने क्षमता वा कला भएको नेतृत्वको आवाश्यता रहेको छ । उमेद्धवारमा प्रभाव पार्ने सक्ने क्षमता भएर मात्र पनि हुदैन यहा व्यातिmगत गुण, शारिरिक गुण, चातुर्य गुण, सामाजिक गुण, र उमेद्धवारको बिगतको अबस्था र सेरोफेरो राम्रो भएको उमेद्धवार आजको बिधार्थीको माग हो । यसैगरी भावि पुस्तालाई समेत सकारात्मक फाईदा पुरयाउन सक्ने, सबैलाई प्रभाव पार्ने सक्ने , सामान्जस्यता, समन्वय, समस्या समाधानमा विषेश ध्यान पुरयाउने, सबैलाई संगठित पार्ने सक्ने पनि आम बिधार्थीको माग रहेको पाईन्छ ।

                          प्रकाश गाउले

अबको समयमा नेता तथा उमेद्धवारमा कुशल नेतृत्वका साथसाथै क्याम्पस प्रशासनलाई बुझेको, बिधार्थीका कार्यक्रममा सहभागिता हुने, सबै संगठनलाई नियालेर बुझेको ,क्याम्पसको आन्तरिक तथा वाहय बातावरण बुझेको उमेद्धवार हुनु पर्ने हुन्छ । प्रत्येक बिधार्थीको ढुकढुकी बन्ने सक्ने , शिक्षामा आम परिवर्तन ल्याउन सक्ने, शिक्षामा परिमाण भन्दा पनि गुणस्तरमा विषेश ध्यान दिने, शिक्षामा आधुनिकीकरणको अभ्यास गर्ने सक्ने, आम भविष्यमा अनलाईन प्रणालिको शिक्षामा जोड दिन सक्ने व्यातिmको आवाश्यकता रहेका पाईनछ । शिक्षाको क्षेत्रमा आमुल परिवर्तन ल्याई सैदान्तिक शिक्षालाई त्याग्दै बढि व्याबहारबादी शिक्षाको लागि लडन र भिडन सक्ने सक्षम बिधार्थी नेताको खाचोको विषय बनेको छ ।

अबको स्ववियुको उमेद्धवार बिधार्थी केन्द्रिंत हुन पनि आवाश्यक छ किनभने बिधाथीहरुसंग सुमधुर संम्बन्ध राख्नुपर्ने , संगठनमा उनीहरुले कार्य गर्ने सक्ने वातावरण तयार पार्न सक्ने क्षमता भएको हुन पर्दछ भने अर्कोतिर उपलब्धिमुलक पनि हुन पर्दछ किनभने संगठनको लक्ष्य हासिल गर्ने पनि नेता तथा नेतृत्व सधै प्रयत्नशिल हुन पर्दछ । संगठनलाई चलायमान बनाउन तथा थप मजबुद बनाउनको लागि सबै बिधार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्ने सक्ने उमेद्धवारको खाचो आजको आवाश्यकता रहेको पाईन्छ । उमेद्धवार सधै लचकदार हुन र समय परिस्थितीमा आएको परिवर्तन अनुरुप आफनो नेतृत्व शैलीमा पनि परिवर्तन ल्याउन सक्ने उमेद्धवार हुनपर्दछ ।

अबको स्ववियुमा दुर दृष्टिगत भएको उमेद्धवारको पनि खाचो रहेको पाईन्छ । यस्तो नेतृत्वले आफनो संगठनमा हामी के गर्छै ? कति उपलब्धि गर्छै ? र भविष्यमा हामी कसरी अगाडी बढने भन्ने बलियो संभावना बोकेको नेता अगाडी बढाउनु पनि आजको आवाश्यकता रहेको छ । भविष्यमा आउन सक्ने जस्तो सुकै समस्यालाई पनि समाधान पार्ने सक्ने, दुरदृष्टी दर्शाउन सक्ने क्षमताहुनु पर्दछ । उमेद्धवारमा आजको चुनैती भनेको आर्कषक नेतृत्व, सहायकप्रती संवेदनशिलता, दुरदृष्टि , चातुर्यता, जोखिम बहन गने सक्ने, पृथक असल व्याबहार भएको, आत्म विश्वास भएको, सबैलाई प्रेरित व्याबहार गर्ने सक्ने उमेद्धवार तथा नेताको आवाश्यता रहेको छ ।

नेता तथा नेतृत्वमा केही समसामयकि समस्याहरु प्नि सिर्जना हुने गरेको पाईन्छ यहा नेतामा टोली नेतृत्वको पनि समस्या रहेको पाईनछ किनभने एकै संगठनमा बिभिन्न टोली रहने हुदा सबै टोलीले आफनो आफनो टोली निर्माण गरि अगि बढदा समस्या उत्पन्न हुन जान्छ भने विपरित सक्कृति नेतृत्वले पनि प्रभाव पार्ने गरेको पाईन्छ । यहा बिभिन्न श्रेत्रका बिधार्थीहरु अध्यन गर्नेृ हुदा बिभिन्न जात जाती धर्म, सस्कृतिमा आस्था बोकेका बिधार्थी साथीहरु ह्ुने हुदा पनि नेता तथा नेतृत्वमा समस्या आउने गरेको पाईन्छ । संगठनमा कस्तो उमेदवार बनाउने भन्ने विषयमा पनि कठिनाई उत्पन्न हुन सक्छ ।

यहा उमेर हदका कारण पनि बिभिन्न संगठनहरुमा बलियो उमेद्धवार नहुन र संगठनहरु बहिरी रिमोटबाट संचालन हुने र आफै निर्णय लिन नदिने कारणले पनि उमेदवार छनोटमा समस्या उत्पन्न हुने पक्का देखिन्छ । यसै गरि बिभिन्न संगठन पटक पटक परित्याग गर्दै अबसरबादको कारणले पनि संगठनमा विश्वास गर्ने वातावरण हुन नसस्क्नु कारणले पनि कठिनाई उत्पन्न हुने सम्भावना रहेको पाईन्छ । अन्तत बास्तवमा उमेद्धवार यस्तो होस कि सम्पुर्ण बिधार्थीको साहारा बन्न सकोस , कलेजलाई नजिकबाट नियालेको होस ,समग्र कलेज प्रशासनलाई बुझेको र कलेजको आन्तरिक तथा वाहय बावातारणीय व्याबस्थापन लाई समेत बुझेको होस र बिधार्थीको जवाफदेहितालाई बहन गर्ने सक्ने नेतृत्व होस ।

प्रतिक्रिया

सम्बन्धित