हामी अष्ट्रेलीयाका प्राय सवै युनिभर्सिटीहरूसंग काम गर्दछाै

पछिल्लाे समय अध्यनका लागि बिदेशीने बिद्यार्थीहरूकाे संख्या दिनानुदिन बढ्दै गइरहेकाे छ । भारत , जापान , युकेचाइना, नर्वे, अमेरीका, अष्ट्रेलीया  लगायतका देशहरू  नेपाली बिद्यार्थीहरूकाे राेजाइमा पर्ने गरेकाे छ । पछिल्लाे समय नेपाली बिद्यार्थीहरूका लागि अष्ट्रेलीया मुख्य गन्तव्य रहदै अाइरहेकाे छ । यसै सन्दर्भमा अष्ट्रेलीया स्थित एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसका प्रतिनिधी एवं इटहरी शाखाका डाइरेक्टर प्रशन्न  दहालसंग अष्ट्रेलीयामा रहेका  बिद्यार्थीहरूकाे अवस्था, सेवा सुविधा, साथै त्यहाकाे बस्तुस्थिती समस्या र सामधानका विविध बिषयमा पूर्वेली कर्मीले गरेकाे छाेटाे कुराकानी ।

अाजभाेली केमा ब्यस्त हुनुहुन्छ ? 

पूर्वकाे केन्द्र इटहरीमा नयाँ शाखा स्थापना संगै विविध याेजनाहरू तयार गर्नुका साथै बिद्यालय तथा यस ठाँउकाे वस्तुस्थित संग परिचय गर्दै  छु ।

शाखा  पूर्वाञ्चलकाे अरू जिल्लाहरूमा पनि खाेल्न सकिन्थ्याे नी ? इटहरी चै किन राेज्नुभयाे ? 

यसमा के छ भने इटहरी हालकाे बिकशित शहर हाे । यसलार्इ पूर्वकाे केन्द्र भएर पनि यस क्षेत्रलार्इनै राेज्नुपरेकाे हाे ।

तपाइकाे संस्था एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिस काे मुख्य उद्येश्य चै के हाे ? 

यसकाे मुख्य उद्येश्य भनेकै बिद्यार्थीहरूलार्इ सक्षम बनाएर भिजा सर्भिस संगै शिक्षा प्रदान गर्ने हाे । यहाँका बिद्यार्थीहरू जाे बाहिर गएर अध्यन गर्ने सपना बाेकेका हुन्छन उनिहरूलार्इ दक्ष बनाएर अष्ट्रेलीया लैजाने अनी त्यहा शिक्षा संगसंगै अन्य सेवा सुविधा दिलाउनु हाे ।

बिद्यार्थीहरूलार्इ बाहिर लगेर पढाउने यस्ता संस्थाहरू पछिल्लाे समय च्याउसरी उम्रिएका छन यस विषयमा के भन्नुहुन्छ ?

यसमा के छ भने एक्सपर्ट हामिले अाफैले अाफैलार्इ नै ठुलाे र मेन लिडिङ कन्सलटेन्सीकाे रूपमा लिएका छाै ।अष्ट्रेलीयामा पनि यसले अाफ्नाे बेग्लै पहिचान बनाइसकेकाे अवस्था छ । साेझै भन्नुपर्दा याे अरूकाे देखासिखी गरेकाे भरमा सञ्चालन भएकाे संस्था हाेइन , बुझे र भाेगेर काम गर्दै अाएकाे संस्था हाे । याे अरू भन्दा फरक र पृथक छ ।

तर पछिल्लाे समय कन्सलटेन्सीहरूले बिद्यार्थीहरूलार्इ बाहिर देशमा पढाउने भन्दै अलपत्र पार्ने अनी रकम असुलेर ठगि गर्ने घटनाहरू सार्वजनिक भएका छन् नि ?

राम्रा नराम्रा मानिनसहरू त हरेक व्यवसायमा हुन्छन्र नी ? त्यही भएर बाहिर जानु अगाडी त्यस संथाकाे बारेमा बुझेर, बाहिर रहेकाे यूनिभरसिटी हरूका बारेमा जानकारी राखेर मात्र जादा राम्राे हुन्छ ।

नेपाली बिद्यार्थीहरूकाे लागि अमेरिका, अष्ट्रेलीया, जापान  र युके  बिशेष राेजाइमा पर्ने गरेकाे छ, यसका अलवा अष्ट्रेलीयामा अलिक बढी क्रेज छ नी ? यसमा तपार्इलाइ के लाग्छ ?

नेपाली बिद्यार्थीहरू बैदेशिक अध्यापन गर्न जाने देशहरूमध्ये बिश्वकाे तेश्राे ठुलाे देश हाे अष्ट्रेलीया । युके अमेरीका जापान त अली पछाडी नै छ । फेरी सबैभन्दा लेटेस्ट टेक्नाेलाेजी पनि अष्ट्रेलीयामै पाइन्छ । अाफ्नाे इच्छाकाे बिषयहरू त्यहा पढन पाइयाे । अर्काे कुरा बिश्वकै शान्ति मुलुकहरू मध्ये अष्टेलीयापनि पर्ने गरेकाे छ त्यसैले नेपाली बिद्यार्थीहरूलार्इ म चै अष्ट्रेलीया नै जानुपर्छ भनेर प्राेत्साहन गर्छु ।

बिद्यार्थीहरूकाेलागि अष्टेलीया नै किन, अरू देशहरूपनि त छन नी ?

धेरैजनाले एउटै सुप बनायाे भने बिग्रन्छ भन्ने उखान छ नी त्यस्तै हाे । धेरै थरीका देशहरूमा हात हाल्याे भने सबै डामाडाेल हुने गरेकाे हामिले पाएका छाै । हामि अष्ट्रेलीयाकाे बारेमा सम्पूर्ण कुराहरू जान्दछाै र अर्काे कुरा अष्ट्रेलीया एक शान्त र शुरक्षाकाे हिशाबले पनि बलियाे राष्ट्र हाे । त्यहा बिद्यार्थीहरूले अन्य देशकाे तुलानामा अध्यनसंगै सजिलै राेजगारपनि पाउने गरेका छन ।

अष्ट्रेलीया जान एक्सपर्ट नै  किन ?

हाम्राे संस्थाबाट पठाएका विध्यार्थीहरूलार्इ अष्ट्रेलीया  बित्तीकै एयरपाेर्टमा पिकअप गर्ने देखी लिएर खाना बस्न लगायत बैंक अकाउन्ट , बिमा एवम थुप्रै सेवा सुविधाहरू प्रदान गर्दै अाएका छाै । जाे अरू  संस्थाहरूले विरलै गर्ने गर्दछन् ।

तपाइ कुन कुन युनिभर्सिटीहरूसंग मिलेर काम गरिरहनुभएकाे छ ? 

हामी अष्ट्रेलीयाका  Macuary , Australian catholic , Fedearion , Flinders ,charles starues, TAFE, Kaplan Business school, Torrens University  लगायत प्राय सवै युनिभर्सिटीहरूसंग काम गर्ने गरेका छाै । 

तपाइहरूकाे संस्थाबाट हाल सम्म कती बिद्यार्थीहरू गएका छन् ?

हालसम्म लगभग १६ हजार बढी बिद्यार्थीहरू पुगेका छन् ।

पछिल्लाे समय पूर्वाञ्चल क्षेत्रमा कन्सलटेन्सीहरू चै च्याउसरी उम्रिएका छन् नी ? 

च्याउसरी उम्रिएका कन्सलटेन्सीहरूलार्इ म के भन्न चाहन्छु भने बिद्यार्थीहरूलार्इ सके सम्म सेवा दिनुस  भाेली बन्द हुनुभन्दा राम्ररी बुझेर जानेर मात्रै याे ब्यवसाय अंगालाै ।

अन्यमा के भन्न चहानुहुन्छ ? 

अभिभावक तथा बिद्यार्थीहरूलार्इ पनि म याे अनुराेध गर्न चाहन्छु की तपाइहरू पनि भरपर्दाे कन्सलटेन्सीकाे बिषयमा बुझेर मात्रै काम गर्नुहाेस । साथै  बाहिर जानु अगाडी त्यस संथाकाे बारेमा बुझेर, बाहिर रहेकाे यूनिभरसिटी हरूका बारेमा राम्राे जानकारी राखेर मात्र जान अनुराेध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…