बजारमा सिद्धिकिको “मनसुन लभ”

माघ १९, दाङ / साहित्यकार साजिदा सिद्धिकिको बहुप्रतिक्षित साहित्यिक कृति “मनसुन लभ” बजारमा आएको छ । साहित्यानुरागी युवा बर्ग लक्षित औपन्यासिक कृति मनसुन लभ सुरुवातमै अत्यधिक रुचाईएको छ । प्रेम गर्नेहरु प्रति समर्पित सत्य कथामा आधारीत कृति मनसुन लभ लाई सीसा नेपालले प्रकासन गरेको हो । यस कृतिको बिक्रि बाट प्राप्त रकमको दश प्रतिसत रकम गरिब तथा जेहेन्दार एवं पिछडाबर्गका बालबालिकाहरुको शैक्षिक उन्नतिका लागि खर्च गरिने लेखिका साजिदा सिद्धिकिले बताउनु भयो । प्रथम संस्करण दुई हजार प्रति निकालिएकोमा औपचारीक लोकार्पण अगावै करीब पाँच सय प्रति बिक्रि भईसकेको सीसा नेपालले जनाएको छ ।

बाल्यकाल बाटै समाजसेवा, पिछडा बर्ग, अल्पसंख्यक,मुस्लिम बर्गको शसक्तिकरणको क्षेत्रमा बिशेषज्ञता हासिल गर्नुभएकि सिद्धिकिको यो पहिलो कृति हो । सिद्धिकिको दोश्रो औपन्यासिक कृति “क्यारेक्टरलेस” प्रकासोन्मूख रहेको छ । प्रतिभा अफसेट प्रेस घोराहीबाट प्रकासित सिद्धिकिको् औपन्यासिक कृति को मुल्य रु.१ सय पाँच तोकिएको बजार व्यवस्थापक बालकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

केहि समय पछि दाङमा बृहत् साहित्यिक जमघटगरी लोकार्पण गरिने कृति लाई समिक्षकहरुले अब्बल भनेका छन् । ५४ पेज रहेको मनसुन लभलाई सगुनको रुपमा साथिभाईहरुलाई उपहार दिन सकिने गरी आकर्षक डिजाईनमा तयार गरीएको बजार व्यवस्थापक बालकृष्ण लामिछाने ले बताउनुभयो । केहि समयमै मनसुन लभ अधिराज्य भरका पाठकहरु माझ पुर्याईने लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित