डिआईजी जयबहादुर चन्दलाई खुल्ला पत्र

डिआईजी चन्द नमस्कार !
हुन त तपाईलाई मेरो यो खुल्ला पत्र पढ्ने समय पनि छैन होला । तपाई अहिले आईजीपी हुने दौडमा निकै ब्यस्त हुनुहुन्छ । आईजीपी चुनिने समय नजिकिदै गर्दा तपाई आफुलाई अब्वल मान्दै आफु निकट नेता तथा भारतीय अगुवालाई पनि भेटिसक्नु भयो भन्ने हल्ला अहिले बजारमा घिनलाग्दो तरीकावाट प्रचार भईरहेको छ । यदि तपाईले यो अर्कत गरेकै हो भने आम जनताले मात्र हैन नेपाल प्रहरीका निष्ठावान अधिकृतहरु पनि चिन्तित छन । तपाई अहिले के को आधारमा आईजीपी वन्न खोज्दै हुनुहुन्छ ? यो प्रश्न अहिले सर्वसाधरण जनता देखि माथिल्लो निकायका राजनितिक नेताहरु प्नि सोध्न चाहान्छन । डिआईजी सायव यसको उत्तर कसरी दिनु हुन्छ ? तपाई भन्दा अब्बल दुई नेपाल प्रहरीका हस्तीहरु वरियताको हिसावले निकै अगाडी देखिन्छन । अहिले सम्मको नेपाल प्रहरीको मुल्यङकनमा परेको स्वच्छ र एक नम्वरमा रहेका डिआईजी नवराज सिलवाल र दुई नम्वरमा रहेका प्रकाश अर्याललाई पछि पादै तपाईलाई के को आधारमा सरकार वा गृहमन्त्रालयले आईजीपी वनाउँनु पर्ने ? तपाईले दावी गरेको आईजीपी पदको लायक नै तपाई हुनुहुन्न कसरी तपाईले आईजीपी पद ताक्नु भयो ?

नेपाल प्रहरीको जागिर अवधीभर गृहमन्त्रालयले गरेको मुल्यकनले तपाई आईजीपीको असक्षम नेतृत्व हैन र ? हुन त यो संसार स्वार्थी भईसकेको छ । आफु मात्र मपाई हुने चलनको विकास अहिले निकै भएको महसुस मैले पनि गरेको छु । हो तपाई पनि आफुलाई मपाई भन्दै हिड्नु भएको छ । नवराज सिलवाल जस्तो प्रहरी संगठनको हिरोको वदनाम गराउँन तपाईले के कसुरपो छोड्नु भयो र ? आफ्नै संगठनको विरोधमा आफ्नै साथीहरुलाई वदनाम गराउँन तपाईले जस्तो सुकै हर्कत गरे पनि तपाई आईजीपीको लाईक हुनुहुन्न सर । वरियताको क्रममा डिआईजी नवराज सिलवाल पहिलो र प्रकाश अर्याल दोस्रो हुन तपाई त तेस्रो हैन र ? आफु तेस्रो स्थानमा भएको ब्यक्तिले कसरी पहिलो वनाईदे भन्दै हिड्नु सकेको तपाई ? तपाईलाई लाज लाग्नु पर्ने हैन ? दौडमा तेस्रो स्थान ओगट्ने अनि पहिलो वनाउ भन्दै निर्णायकलाई सोर्स लगाउँने खेलाडी त्यो निर्णायकको नजरमा पनि राम्रो हुदैन । सहि निर्णायक गुलियो र व्रिकेसमा विक्दैन होला भन्ने मेरो बुझाई हो ।

डिआईजी सायब तपाई आफुलाई आईजीपी वनाउँन गर्ने नहुने हर्कत सम्म थाल्नु भएको छ । हो तपाईले आफुलाई अब्बल सावित गर्ने आफ्नै संगठनका निष्ठावान कर्मचारीहरुको विरोध गर्नु कतिको जायज छ ? यसरी संगठन कसरी चल्ला सर । डिआईजी नवराज सिलवालको खेदो खनेर तपाई कदापी आईजीपी वन्नु हुन्न । अहिले सम्म प्रहरी संगठनको क्षमतावान ब्यक्तित्व नवराज सिलवाल प्रहरी संगठनको अहिलेका एक नम्वर हुन त्यो कुरा तपाईलाई थाहा हुदा हुदै राजनितिक चाकडीमा लागीरहदा तपाई मुनिका प्रहरी अधिकृतहरुको नजरमा तपाईले मुन्टो निहुराउँनु पर्ने अवस्था सिर्जना भएको हामीले अनुभव गरेका छौ । विहान वुलका नेताको चाकडीमा लागेर आईजीपी नै वनीहाल्नु भयो भने पनि तपाईलाई आफ्नै प्रहरी संगठनले तपाईको तस्विर प्रहरी कार्यलय भित्र राख्न हिचकिच्याउँने छन । हो यो यर्थाय हो डिआईजी चन्द आईजीपी पद नेताको मन जित्नको लागी दिईने पद हैन । तपाईलाई थाहा रहेनछ । राजनितिक खोल मुनि वसेर गुण्डागर्दी गर्ने र अबैध धन्दा गर्नेहरुलाई र सिंगो प्रहरी संगठन सुधारमा लाग्नु पर्ने आईजीपी पदलाई तपाईले अहिले भट्टी पसलहरुमा रक्सीको मात सँग साट्दै हिडेको कुरा पनि जनताले र प्रहरी संगठनले थाहा पाईसकेको कुरा तपाईलाई थाहा छ की छैन ? डिआईजी चन्द्र ! हो त्यस कारण तपाईले आफु भन्दा शक्तिशाली साथीहरुको जुम्रा खोजेर हिड्नु गलत छ । किन भने तपाईले आफ्नो आङमा हिडेको भैसी देख्नु भएको छैन सर ?

हामी त भन्छौ प्रहरी संगठन सुध्रियोस आगमी दिनमा प्रहरीको साख अझ् उच्च हुदै जाओस । प्रहरी भित्रको घुषखौरी वन्द होस । प्रहरीको आचरणमा सुधार आओस । आम जनताले प्रहरी संगठनको गुनगान गाउँन तर खै तपाईको भुमिका आफ्नो साथीभाईको विरोध गरे तपाई मात्र पानी माथीको ओभानो देखाउँनु चाहानु हुन्छ हैन । आफ्नो संगठन सुधार र संगठनमा चाही किन लोकप्रिय हुन सक्नु भएन ? त्यसको कारण चाही किन नखोज्नु भएको होला ? हो मेरो ब्यक्तिगत मात्र प्रश्न हैन आम जनता र प्रहरीका हुनहार योद्धाहरु तपाईलाई यो प्रश्न सोध्न चाहन्छन । चाकडी गरेर आईजीपी जस्तो महत्वपूर्ण पद हात पार्ने तम्सेको योजना सफल हुदैन होला नहोस पनि । तपाईको विरोध गरेर यो पत्र लेखेको तपाईको त्यो आफुलाई राम्रो मात्र देख्ने आँखाले यो पत्रलाई अवश्य पनि राम्रो नदेख्ला तर आम जनताले एक पटक यो पत्रलाई स्यावासी दिन्छन होला भन्ने मेरो बुझाई छ डिआईजी चन्द । होटल सांग्रिलामा रहेको क्यासिनोका संचालक राजेन्द्र वजगाईलाई गैर कानुनी रुपमा थुन्न मातहतका निकायलाई मध्यराती आदेश दिएको खुलासा देखि आईजीपी वन्न नेपालको महत्वपूर्ण कार्यक्रम छोडेर भारत दौड सम्मको कुराले पनि तपाई माथी नैतिकताको प्रश्न खडा भएको छ । यदी तपाई सँग नैतिकता छ भने भावी आईजीपी मै हुँ भन्दै हिड्नु हुन्न थियो होला हैन ?

प्रतिक्रिया

सम्बन्धित